बजेट खर्चमा पुरानै पारा पूँजीगत खर्चकाे दयनीय अवस्था
आर्थिक परिवेश२६ असार, काठमाण्डाै । नेपालमा आर्थिक वर्षको अन्तिम समय असारमा आएर विकासे पैसा खर्च गर्ने परम्परालाइ वर्तमान सरकारले पनि निरन्तरता दिएको छ । चालु बजेट ३–३ जना अर्थमन्त्रीले खर्च गर्दा समेत चालु आर्थिक वर्ष २०८२–८३ बजेट हालसम्म जम्मा ७९.०४ प्रतिशत मात्र खर्च भएको छ । चालु अार्थिक बर्षका लागि तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले १९ खर्ब ६४ अर्ब ४१ करोड रुपैयाँको बजेट ल्याउनु भएकाे थियाे । जुन बजेट पूर्वअर्थ सचिव समेत रहनु भएका अर्थमन्त्री रामेश्वर खनालले र त्यसपछि अर्थमन्त्री बन्नु भएका अर्थ विज्ञ डा. स्वर्णिम वाग्लेले समेत बजेट खर्च गर्नु भएकाे छ । तर पनि यस अवधीमा बजेट खर्च भने १२…
प्रधानमन्त्री शाहले निजी क्षेत्रका प्रतिनिधिसँग छलफल
आर्थिक परिवेश२४ असार, काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले उद्योग व्यवसाय, लगानी वातावरण तथा आर्थिक सुधारसम्बन्धी विषयमा निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको छलफलमा प्रधानमन्त्री शाहले मुलुकको आर्थिक गतिविधिलाई चलायमान एवं सशक्त बनाउने, उद्योग व्यवसाय सञ्चालनलाई थप सहज बनाउने बताउनु भयाे । उहाँले लगानीमैत्री वातावरण निर्माण गर्ने, नीतिगत तथा प्रक्रियागत अवरोध हटाउने, निजी क्षेत्रको मनोबल अभिवृद्धि गर्ने तथा रोजगारी सृजना र उत्पादन वृद्धि गर्ने विषयमा विस्तृत छलफल गर्नुभएको हो । सो अवसरमा प्रधानमन्त्री शाहले देशको आर्थिक विकास, लगानी विस्तार, रोजगारी सृजना र उत्पादन वृद्धिमा निजी क्षेत्र सरकारको महत्वपूर्ण साझेदार रहेको उल्लेख गर्दै उद्योगी व्यवसायीले भोगिरहेका व्यावहारिक…
आर्थिक वृद्धिमा सघाउने गरी लचिलो मौद्रिक नीति
आर्थिक परिवेश२४असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्जा प्रवाह विस्तार गरी आर्थिक वृद्धिमा सघाउ पुर्याउने लक्ष्य सहित आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति सार्वजनिक गरेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले मंगलवार ६० औँ मौद्रिक नीति सार्वजनिक गर्नुहुँदै आर्थिक वृद्धिमा सघाउन लचिलो मौद्रिक नीतिलाई निरन्तरता दिएको बताउनुभयो । गभर्नर डा पौडेलले मौद्रिक नीतिको कार्यान्वयनले आगामी आर्थिक वर्षमा निजी क्षेत्रतर्फ ११ प्रतिशतको कर्जा विस्तार हुने र मुद्रास्फीति ५ दशमलव ५ प्रतिशतमा सीमित रहने बताउनुभयो । गभर्नर डा. पौडेलले सरकारले ल्याएको बजेटले आर्थिक गतिविधि सुधार हुने र तरलता खपत हुँदै जाने भए पनि रेमिट्यान्स, पर्यटन आय, सार्वजनिक खर्च आदिले…
कालोसूचीमा झर्ने उच्च जोखिमबाट माथि उठन सम्पत्ति शुद्धीकरण विधेयक : अर्थमन्त्री
आर्थिक परिवेश२० असार,काठमाण्डाैं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल खैरोसूचीबाट कालोसूचीमा झर्ने उच्च जोखिममा रहेको बताउनु भएकाे छ। शनिबार राष्ट्रिय सभाको बैठकमा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ माथि सांसदले उठाएका प्रश्नको उत्तर दिँदै अर्थमन्त्री वाग्लेले तत्काल आवश्यक सुधार गर्नु पर्ने अवस्था रहेको बताउनु भयाे । २०८१ फागुनदेखि नेपाल खैरोसूचीमा रहेको उल्लेख गर्दै अर्थमन्त्री वाग्लेले तदारुकताका साथ आवश्यक सुधार र सुशासनका कामलाई तिब्रता दिन नसके मुलुक सम्पत्ति शुद्धीकरणकाे कालाे सूचीमा पुग्न सक्ने बताउनु भयाे । ‘मुलुक २०८१ फागुनदेखि खैरो सूचीमा छ। अहिले तदारुकताका साथ हामीले काम गनै सकेनौँ भने हामी कालो सूचीतिर झर्दै छौँ र कालो सूचीमा झर्नु…
इन्धनको मूल्य अब छिट्टै घट्ने छ : अर्थमन्त्री
आर्थिक परिवेश१४ असार, काठमाण्डाै । डा स्वर्णिम वाग्लेले मध्यपूर्व द्वन्द्वका कारण बढेको डिजेल, पट्रोललगायतका इन्धनको मूल्य अब छिट्टै घट्ने बताउनु भएकाे छ। आइतबार प्रतिनिधि सभा बैठकमा आर्थिक विधेयक, २०८३ माथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उहाँले मध्यपूर्वको द्वन्द्व सहज भएकाले अब ती वस्तुहरुको मूल्य पनि घटने बताउनु भएकाे हाे । अर्थमन्त्री वाग्लेले अन्तराष्ट्रिय बजारमा उक्त बस्तुको मल्य घटेको भएपनि नेपालमा भारतीय आयल निगममार्फत उक्त इन्धन आउन बाँकी रहेकाले हालसम्म त्यसको मूल्य घटाउने अवस्था नरहेको जिकिर पनि गरे। केही समय लागेपनि पेट्रोलियम पदार्थको मूल्य अब घट्नेवाला अवस्थामा रहेको अर्थमन्त्री वाग्लेको भनाई थियो। उनले भने,‘मध्यपूर्वमा जुन समस्या देखियो। यसका कारण यो…