संखुवासभा र ताप्लेजुङ क्षेत्रमा ४.७ म्याग्निच्युडको भूकम्प
आर्थिक परिवेश

१५ फागुन, काठमाडौं ।   संखुवासभा र ताप्लेजुङको सीमा क्षेत्रमा आज बिहान भूकम्प गएको छ । विहान सबेरै गएकाे भुकम्पमा परेर मानविय क्षतिकाे भएकाे जानकारी अहिले सम्म प्नाप्त नभएकाे स्थानीय प्रशासनहरूले जनाएका छन् ।  त्यस क्षेत्रमा शुक्ववार  बिहान ३ बजेर १८ मिनेटमा ४.७ म्याग्निच्युडको भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार भूकम्पको केन्द्रविन्दु संखुवासभाको टोप्के गोला आसपास थियो । भूकम्पको धक्का संखुवासभा र ताप्लेजुङ जिल्लाका विभिन्न स्थानमा महसुस गरिएको थियो । बिहानीपखको मस्त निद्रामा रहेकाहरु भूकम्पको धक्का महसुस भएपछि आत्तिँदै घर बाहिर निस्किएका थिए । प्रारम्भिक सूचना अनुसार हालसम्म मानवीय तथा भौतिक क्षतिको कुनै कुनै जानकारी…

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक अधिकांश व्यवस्था यथावत
आर्थिक परिवेश

१३ फागुन, काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले क्षेत्रगत कर्जा सीमाको दायरा विस्तार गरी पर्यटन, सूचना प्रविधि र स्वदेशी कच्चा पदार्थमा आधारित निर्यातमूलक उद्योगलाई समेत समेटिने भएको छ । चालू आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैङ्कले ब्याजदर करिडोर, बैंकदर, अनिवार्य नगद मौज्दात र वैधानिक तरलता अनुपातसम्बन्धी विद्यमान व्यवस्थालाई यथावत् राखेको जनाएको छ । समीक्षामार्फत केन्द्रीय बैङ्कले उत्पादनमूलक क्षेत्रमा कर्जा प्रवाह विस्तार गर्ने नीति अघि सारेको छ । यसअन्तर्गत कृषि, ऊर्जा तथा लघु, घरेलु र साना उद्यममा लागू गरिएको क्षेत्रगत कर्जा सीमाको दायरा विस्तार गरी पर्यटन, सूचना प्रविधि र स्वदेशी कच्चा पदार्थमा आधारित निर्यातमूलक उद्योगलाई समेत…

शेयर बजारमा सुधार काराेवार भने घटेर ५ अर्ब मात्र
आर्थिक परिवेश

११ फागुन, काठमाडौं ।    एक महिनादेखि नेप्से निरन्तर घटिरहेको बजारमा सोमबार भने हरियाली छाएको छ।  माघ १२ गतेका दिन २७६९.०९ अंकमा रहेको नेप्से फागुन १२ गते २६१६. ९७ अंकमा आइपुगेको छ। एक महिनामा १५२.१२ अंकले घटेको बजारमा सोमबार भने सामान्यअंकको बृद्धि भएको हो। सोमबार २.४१ अंकले सूचक बढेर राताम्मे बनेको बजार अन्तिम कारोबार समयमा हरियाली बन्न पुग्यो। गतहप्ताभरी नै घटेको बजारले सोमबार भने सपोर्ट पाएको देखिन्छ। यो दिन सूचक बढेपनि लगानीकर्ताले भने कारोबारलाई प्राथामिकतामा राख्न सकेनन्। उनीहरूले दिनभर कुल ५ अर्ब १३ करोडको मात्रै कारोबार गरेका हुन्। जुन करिब ४७ दिनयताकै कम हो। कार्तिक २३ गते ५ अर्बको कारोबार भएकोमा…

तत्काल गर्ने ११ काम, ५ आधारभूत र समृद्धिका २५ स्तम्भलाई प्राथमिकता  एमाले घोषणापत्र
आर्थिक परिवेश

०७ फागुन, काठमाण्डाै ।   नेकपा एमालेले प्रतिनिधि सभा निर्वाचन २०८२ को लागि चुनावी घोषणापत्र बिहिवार सार्वजनिक गरेको छ । अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंमा सार्वजनिक गरेको घोषणापत्रमा एमालेले गरेको र गर्ने कामको फेहरिस्त प्रस्तुत गरिएको छ । लोडसेडिङ अन्त्य, अन्तर्राष्ट्रिय विमानस्थल निर्माण लगायतका काम आफूले गरेको दाबी एमाले गरेको छ । राजमार्ग, रेलमार्ग, जलमार्ग र विमानस्थललाई एकअर्कासँग आबद्ध गर्नेगरी ‘एकीकृत मल्टिमोडल ट्रान्सपोर्ट सिस्टम’को विकास गर्ने एमालेको प्रतिबद्धता छ ।  एमालेले तत्काल गर्ने ११ काम, ५ आधारभूत घोषणा र समृद्धिका २५ स्तम्भलाई नीतिगत प्राथमिकतामा राखेको छ । जेनजी आन्दोलनमा आगजनी भएका सिंहदरबार, सर्वोच्च अदालत लगायत राज्यका संरचनाहरु उठाउने काम समयसीमा तोकेरै…

माघसम्म सरकारको आम्दानी र खर्च दुवै कमजोर
आर्थिक परिवेश

१ फागुन  काठमाडौँ ।   चालु आर्थिक वर्ष २०८२/८३ को सात महिनामा सरकारको आम्दानी र खर्च दुवै कमजोर भएकाे देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार यो अवधिमा सरकारको आम्दानी वार्षिक लक्ष्यको ४४ र खर्च ४० प्रतिशतमा खुम्चिएको छ । चालु आवका लागि कूल  १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट विनियोजन गरिएकोमा माघ मसान्तसम्ममा  आठ खर्ब एक अर्ब ३७ करोड ४९ लाख खर्च भएको छ । यस वार्षिक विनियोजनको ४० दशमलव ८ प्रतिशत बराबर हो । चालुगत शीर्षकमा यस वर्ष  ११ खर्ब ८० अर्ब ९८ करोड विनियोजन भएकामा ४७ दशमलव ६२ प्रतिशत अर्थात्  पाँच खर्ब ६२ अर्ब ३७ करोड १५…