लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) प्रदेश संसदीय दलका नेता लिला गिरी नियुक्त
आर्थिक परिवेशरुपन्देही । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) प्रदेश संसदीय दलका नेता लिला गिरी नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानकाे धारा १६८ को उपधारा (२) बमोजिम एमाले संसदीय दलका नेता गिरीलाई लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । यसअघि, लुम्बिनी प्रदेशमा सरकारको नेतृत्वका लागि सत्तारुढ गठबन्धन दलको समर्थनमा नेता गिरीले मुख्यमन्त्रीमा दाबी पेस गर्नुभएको थियो । गिरीलाई एमालेका २९, नेकपा (माओवादी केन्द्र) का १०, राप्रपाका चार, नागरिक उन्मुक्ति पार्टीका चार, जनता समाजवादी पार्टीका तीन, स्वतन्त्र दुई, जनमत पार्टीका तीन र लोकतान्त्रिक समाजवादी पार्टीका तीन गरी ५८ प्रदेशसभा सदस्यको समर्थन रहेको छ ।
वर्ष २०२२/२३ मा नेपालको आर्थिक वृद्धि दर ५.१ प्रतिशत रहन्छ : विश्व बैंक
आर्थिक परिवेशकाठमाडाै । काठमाडौं । नेपालको आर्थिक वृद्धिदर आर्थिक वर्ष सन् २०२२–०२३ मा पाँच दशमलव एक र २०२३–०२४ मा चार दशमलव नौ प्रतिशत रहने प्रक्षेपण सार्वजनिक भएको छ । विश्व बैंकले मङ्गलबार ‘ग्लोबल इकोनोमिक प्रस्पेक्ट’ प्रतिवेदन सार्वजनिक गर्दै यस्तो प्रक्षेपण गरेको हो । आव २०२१–०२२ मा नेपालले पाँच दशमलव आठ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने अनुमान रहेको पनि विश्व बैंकले जनाएको छ । विश्व बैंकको अघिल्लो प्रक्षेपणको तुलनामा नयाँ प्रक्षेपणले नेपालको मात्र नभई विश्व आर्थिक वृद्धिदरमा समेत सङ्कुचन आउने देखाएको छ । नयाँ प्रक्षेपणअनुसार सन् २०२३ मा विश्व आर्थिक वृद्धिदर एक दशमलव सात प्रतिशतमा खुम्चने छ । जुन अघिल्लो अनुमानभन्दा एक दशमलव…
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रतिनिधिसभाबाट प्रचण्ड बहुमतकाे विश्वास प्राप्त
आर्थिक परिवेशकाठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट दुई तिहाइ बढी विश्वासको मत प्राप्त गर्नुभएको छ । प्रतिनिधिसभामा आज भएको विश्वासको प्रस्तावको मतदानमा उहाँको पक्षमा २६८ र विपक्षमा दुई मत परेको थियो । बैठकमा पाँच जना सांसद अनुपस्थित हुनुहुन्थ्यो भने बैठकमा कूल २७० सांसद उपस्थित हुनुहुन्थ्यो । सभाका ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले उक्त मत विभाजनको मतपरिणात सार्वजनिक गर्दै सो जानकारी दिनुभयो । राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहाललाई यही पुस १० गते प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो । प्रतिनिधिसभा सदस्यको यही मङ्सिर ४ गते भएको निर्वाचनमा ३२ सिटसहित माओवादी केन्द्र तेस्रो ठूलो दलका रुपमा सदनमा छ । उहाँले नेपालको संविधानको…
प्रतिनिधिसभामा विश्वासकाे मत माग्दै प्रधानमन्त्री दाहालले पहुँचकाे होइन, विधिको शासन शुरू गर्ने प्रतिबद्धता
आर्थिक परिवेशकाठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाको आजको बैठकमा विश्वासको मत माग्नु भएको छ । सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आफु निषेध, अपमान र प्रतिशोध नभई सहकार्य र आपसी विश्वासको राजनीतिलाई अघि बढाउन प्रतिबद्ध रहेको बताउनु भयो । प्रधानमन्त्री प्रचण्डले देश अहिले पनि सङ्कटमा नै रहेको भन्दै आर्थिक सूचकाङ्कहरू सकारात्मक नरहेको र निरपेक्ष गरिबीमा रहेको पचास लाख नेपालीलाई त्यहाँबाट निकाल्न वामपन्थी र लोकतान्त्रिक शक्तिहरू मिल्नै पर्ने अवस्था रहेको बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले लाखौँ युवालाई विदेशबाट फर्काएर स्वदेशमै आत्मसम्मानको जीवन दिन पनि सबैबीच सहकार्य आवश्यक रहेको औँल्याउनु भयो । अब पहुँच होइन, विधिको शासन सुरु गर्नु पर्छ भन्दै प्रधानमन्त्री प्रचण्डले देशको…
सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक, ६० वर्षभन्दा माथिकालाई सामाजिक सुरक्षा प्रदान
आर्थिक परिवेशकाठमाडौँ । वर्तमान सरकारले सम्पादन गर्ने कार्यक्रम समेटिएको २१ बुँदे ‘न्यूनतम साझा कार्यक्रम’ सार्वजनिक गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा साेमवार आयोजित कार्यक्रममा न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उपस्थितिमा सत्ता साझेदार दलहरूका तर्फबाट नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम सार्वजनिक भएको हो । सत्ता साझेदार दलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा कार्यदल नै बनाएर न्यूनतम तयार पारेको थियो । न्यूनतम साझा कार्यक्रममा खर्च कटौती गर्दै जनताका न्यूनतम आवश्यकता पूरा गर्ने उल्लेख छ । ६० वर्षभन्दा माथिकालाई सामाजिक सुरक्षा प्रदान गर्ने, रोडमा बस्नुपर्ने बाध्यता हटाउने उल्लेख गरिएको छ। सामाजिक सुरक्षाअन्तर्गत ६० वर्षभन्दा माथिका…