मुलुकका आर्थिक सूचकहरू र सामाजिक क्षेत्रमा सन्तोषजनक प्रगति छ : अर्थमन्त्री
आर्थिक परिवेश

१३ जेठ, काठमाण्डौ । अर्थमन्त्री स्वर्णिम वाग्लेले मुलुकका आर्थिक सूचकहरूमा सुधार देखिएको र सामाजिक क्षेत्रमा सन्तोषजनक प्रगति भएको बताउनु भएको छ । संघीय संसदमा चालू आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै अर्थमन्त्री वाग्लेले विश्व अर्थतन्त्रमा देखिएको अनिश्चितता र क्षेत्रीय द्वन्द्वका बाबजुद नेपालको समष्टिगत आर्थिक सूचकहरूमा सुधार देखिएको बताउनु भएको हो । अर्थमन्त्रीले वाग्लले आर्थिक सर्वेक्षण प्रस्ततु गर्दै चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्र ३.८५ प्रतिशतले विस्तार हुने अनुमान गरिएको बताउनु भयो । यस बर्ष मुलुकको अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने र नेपालीको प्रतिव्यक्ति कुल राष्ट्रिय आय १,५३५ अमेरिकी डलर पुग्ने प्रक्षेपण आर्थिक सर्वेक्षणले गरेको छ । प्रदेशगत रूपमा वागमती…

बजेटमार्फत अनुत्पादक खर्च घटाई पुँजीगत खर्च बढाउन अर्थविद्हरूकाे सुझाव
आर्थिक परिवेश

०७ जेठ, काठमाण्डौ ।   अर्थविद्हरूले अर्थतन्त्र बलियो बनाउन अनुत्पादक खर्च घटाई पुँजीगत खर्च बढाउनु पर्ने सुझाव दिनुभएको छ । प्रतिनिधिसभाको अर्थ समितिको आज बसेको बैठकमा अर्थविद्हरूले अनुत्पादक परियोजनाहरू खारेज गरी अनावश्यक खर्च कटौती गर्नुपर्ने र बजेट विनियोजन गर्दा कार्यसम्पादनमा आधारित प्रणाली अपनाउनुपर्ने बताउनुभयो । आर्थिक वर्ष २०८३/८४ को बजेटमा समावेश गरिनुपर्ने नीतिगत सुधार सम्बन्धीे छलफलमा अर्थविद्हरूले मूल्य अभिवृद्धि कर (भ्याट) प्रणालीलाई प्रभावकारी बनाउन संरचनागत सुधार गर्नुपर्ने र बिचौलिया प्रवृत्ति तथा कालोबजारी नियन्त्रण गर्न कर प्रणालीलाई पारदर्शी बनाउनुपर्ने सुझाव पनि दिनुभयो । अर्थविद्हरूले सेवा क्षेत्र र उत्पादनमूलक उद्योग दुवै क्षेत्रको सँगसँगै प्रवर्द्धन गर्नुपर्ने र अर्थतन्त्रलाई अझै सढृद बनाउन नवप्रवर्तनमैत्री नीतिको आवश्यकता रहेकोमा…

कर्णालीलगायत क्षेत्रलाई बजेट विनियोजनलाई विशेष प्राथमिकता अर्थमन्त्री
विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता छलफल

५ जेठ, काठमाडौँ ।    अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सुदूरपश्चिम, कर्णालीलगायत बहिस्करणमा परेका क्षेत्रलाई बजेट विनियोजनलाई विशेष प्राथमिकतामा राखिने बताउनुभएको छ । आर्थिक वर्ष २०८३/८४ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) छलफलमा सांसदहरूले उठाउनुभएको प्रश्नको जवाफमा अर्थमन्त्रीले कमजोर वर्गलाई माथि उठाएर नै मध्यम वर्गको विस्तार गरिने उल्लेख गर्नुभयो । विकासको मार्गचित्र स्पष्ट भए मात्रै सहज रूपमा कार्यान्वयन हुने मान्यतामा आफू रहेको स्पष्ट पार्दै अर्थमन्त्रीले पहिलो पटक ‘मिसन मोड’लाई अभ्यासमा राखिएको बताउनुभयो । विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताले सरकारको दृष्टिकोण मात्रै प्रतिबिम्बित गर्दैन कार्यान्वयमा पनि इमान्दार प्रयत्न गर्नुपर्छ भन्नेमा पनि आफू स्पष्ट रहेको उहाँले उल्लेख गर्नुभयो । सभामुख…

डिजिटल अर्थतन्त्र निर्माणमा सरकारले विशेष ध्यान दिन्छ अर्थमन्त्री वाग्लेले
आर्थिक परिवेश

४ जेठ, काठमाडौं ।   अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले वर्तमान सरकारको मूल प्राथमिकता सुशासन, आर्थिक पुनर्संरचना र पूर्वाधार विस्तार रहेको बताउनु भएको छ । सोमवार काठमाडौंमा आयोजित नेपाल विजनेश समिटिलाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले सरकारले सुशासन,आर्थिक पुनर्संरचना,पूर्वाधार विस्तारलाई मूल प्राथमिकतामा राखेर काम गरिरहेको बताउनु भयो । अर्थमन्त्री वाग्लेले आगामी बजेट सुधारवादी बजेटको रुपमा आउने र सुशासन प्रर्वद्धनका लागि संस्थागत तथा कानूनी सुधार,दर्जनौँ ऐन संशोधन,सूचना प्रविधि र डिजिटाइजेसनको व्यापक प्रयोगलाई आगामी बजेटले जोड दिने उल्लेख गर्नु भयो । नेपालको अर्थतन्त्र विगत दुई दशकमा अत्यधिक रूपमा विप्रेषणमा आधारित भएको भन्दै अर्थमन्त्री वाग्लेले अब दिगो आर्थिक वृद्धिका स्रोत निर्माणमा जोड दिनुपर्छ भन्नु भयो । आगामी…

बजेट खर्च वार्षिक विनियोजनको करिब ६० प्रतिशत मात्र
आर्थिक परिवेश

  ०२ जेठ, काठमाडौँ   ।    चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा सरकारको बजेट खर्च वार्षिक विनियोजनको करिब ६० प्रतिशत मात्र भएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार बितेका दश महिनामा रु ११ खर्ब ७३ अर्ब ५२ करोड एक लाख बजेट खर्च भएको छ । चालु आर्थिक वर्षका लागि सरकारले कुल रु १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट ल्याएकामा हालसम्म वार्षिक विनियोजनको ५९ दशमलव ७५ प्रतिशत खर्च भएको छ । उक्त कार्यालयका अनुसार चालु आवका लागि चालुतर्फ रु ११ खर्ब ८० अर्ब ९८ करोड विनियोजन भएकोमा वैशाख मसान्तसम्ममा ६८ दशमलव ९८ प्रतिशतअर्थात्  आठ खर्ब १४ अर्ब ६५ करोड ५५…