मुलुकको सर्वोपरि हितका निम्ति आफूले काम गरेर प्रमाणित गर्ने प्रतिबद्धता
आर्थिक परिवेश

०८ असाेज, विराटनगर । अर्थमन्त्री रामेश्वर खनालले मुलुकको स्वार्थ रक्षा गर्न आफू प्रतिबद्ध रहेको बताउनुभएको छ । मोरङ उद्योग व्यापार सङ्घ विराटनगरमा आज आयोजित कार्यक्रममा उहाँले मुलुकको सर्वोपरि हितका निम्ति आफूले काम गरेर प्रमाणित गर्ने प्रतिबद्धता जनाउनुभयो । भ्रष्टाचार न्यूनीकरण गर्नका लागि निजी क्षेत्रले पनि सहयोगीको भूमिका निर्वाह गरेको उल्लेख गर्दै अर्थमन्त्री खनालले निजी क्षेत्रकै सल्लाह र सुझावबाट स्वकीयसहित अन्य कर्मचारीलाई हटाउने सरकारले निर्णय गरेको जानकारी दिनुभयो । अर्थमन्त्री खनालले निजी क्षेत्रले नाफा आर्जनसँगै राष्ट्रिय हितमा पनि उभिनुपर्ने बताउँदै दीर्घकालीन परिवर्तनका निम्ति आफूले दत्तचित भएर काम गर्ने विश्वास दिलाउनुभयो । नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय अध्यक्ष चन्द्र ढकालले आयात निर्यात हुने…

सरकारी खर्चमा मितव्ययिता कायम गर्न कार्यालयहरूलाई विशेष निर्देशन
आर्थिक परिवेश

०८ असोज, काठमाण्डौ ।   सरकारले सरकारी खर्चमा मितव्ययिता कायम गर्न सबै मन्त्रालय,विभाग,आयोग, निकाय तथा कार्यालयहरूलाई विशेष निर्देशन जारी गरेको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा चालु आर्थिक वर्षको बजेट खर्च गर्दा प्राथमिकता र आवश्यकता अनुसार मात्रै स्रोत प्रयोग गर्न आग्रह गरिएको छ । राज्यका सीमित स्रोतलाई प्रभावकारी र उत्तरदायी ढङ्गले प्रयोग गर्न अनावश्यक खर्च कटौती गर्नु अपरिहार्य भएको विज्ञप्तिमा उल्लेख गरिएको छ । अर्थ मन्त्रालयले सरकारी कार्यालयहरूमा हुने फजुल खर्च नियन्त्रण गर्न र वित्तीय अनुशासन कायम राख्न तत्काल आयोजनाहरुको प्राथमिकीकरण र पूँजीगत खर्च व्यवस्थापन गर्न तथा खर्च मितव्ययिता तथा स्रोत परिचालनका क्षेत्रहहरु र चालु खर्च व्यवस्थापन प्रभावकारी रुपमा…

राहत र पुनर्निर्माणको कामलाई व्यवस्थित र प्रभावकारी बनाउन अर्थमन्त्रीकाे अध्यक्षतामा समिति गठन
आर्थिक परिवेश

 ०८ असाेज काठमाडौं ।   सरकारले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनबाट क्षति भएका सार्वजनिक तथा सरकारी भौतिक संरचनाको पुनर्निर्माणको कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउनको लागि भौतिक पूर्वाधार पुनर्निर्माण समिति गठन गरेको छ । आन्दोलनबाट क्षति भएका सार्वजनिक तथा सरकारी भौतिक संरचनाको पुनर्निर्माणको लागि आवश्यक आर्थिक स्रोतको व्यवस्था गरी पुनर्निर्माण तथा मर्मत, आर्थिक पुनरुत्थान, राहत र पुनस्र्थापना सम्बन्धी कार्यलाई तत्काल व्यवस्थित र प्रभावकारी बनाउन लागि अर्थमन्त्री रामेश्वर खनालको अध्यक्षतामा समिति गठन भएको हो । समितिमा अर्थमन्त्री अध्यक्ष, गृह मन्त्री ओम प्रकास अर्याल, शहरी विकास मन्त्री कुलमान घिसिङ र  नेपाल सरकारको मुख्य सचिव एकनारायणअर्याल सदस्य रहेका छन । शहरी…

विदेशी मुद्राकाे सञ्चिति २८ खर्ब ६ अर्ब ४ करोड पुग्याे
आर्थिक परिवेश

०१ असाेज, काठमाण्डाै ।   चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना साउनमा नेपालको विदेशी मुद्रा सञ्चिति बढेको छ। असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ४.८प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ। उक्त वृद्धिसँगै साउनमा कुल सञ्चिति २८ खर्ब ६ अर्ब ४ करोड पुगेको छ। अमेरिकी डलरमा यस्तो सञ्चिति २०८२ असार मसान्तमा १९ अर्ब ५० करोड रहेकोमा २०८२ साउन मसान्तमा २.७ प्रतिशतले वृद्धि भई २० अर्ब ३ करोड पुगेको छ। कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८२ असार मसान्तमा २४ खर्ब १४ अर्ब ६४ करोड रहेकोमा २० खर्ब ८२ साउन मसान्तमा ४.०…

अर्थमन्त्री रामेश्वर खनालबाट पदभार ग्रहण
आर्थिक परिवेश

काठमाडौँ, ३० भदौ ।  नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले पदभार ग्रहण गर्नुभएको छ । पदभार ग्रहण गर्दै उहाँले बजेट कार्यान्वयनका लागि आयोजना प्राथमिकिकरणका लागि तीन सदस्यीय कार्यदल गठन गर्नुभएको छ । आज शितल निवासमा पद तथा गोपनीयताको सपथ ग्रहणपछि सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गर्दै उहाँले बजेटको कार्यान्वयन गर्न आयोजना प्रथामिकिकरणका लागि बजेट महाशाखा प्रमुखको संयोजकत्वमा कार्यदल गठन गर्नुभएको हो । उहाँले बजेटमा समावेश भए पनि पूर्वतयारी नभएका र टुक्रे आयोजना कार्यान्वयन नगर्ने निर्णय गर्नुभएको छ । आवधिक योजनाअनुसार आयोजना बजेटमा परे नपरेको यकिन गर्ने र प्राथमिकतामा नपरेका टुक्रे आयोजना पहिचान गरी खर्च कटौती गर्ने समेत उल्लेख गर्नुभयो । “अब निर्वाचन गर्नुपर्नेछ,…