‘एनआरएनलाई डलर खाता खोल्न दिने बारेमा छलफल जारी’
जनार्दन शर्माकाठमाडौं । गैर आवसीय नेपाली (एनआरएन)लाई डलर खाता खोल्न दिने बारेमा छलफल भइरहेको अर्थमन्त्री जनार्दन शर्माले बताउनुभएको छ । मंगलबार राष्ट्र बैंक परिसरमा आयोजित वित्तीय क्षेत्रको समसामयिक अवस्था बारेको समीक्षात्मक कार्यक्रममा अर्थ मन्त्री शर्माले डलरको सञ्चितिको अवस्थालाई सन्तुलनमा राख्न त्यस सम्बन्धमा छलफल भएको जानकारी दिनुभयो । एनआरएनएहरुलाई डलरमा खाता खोल्न दिने र उनीहरूले यहाँ पैसा राख्न पाउने, ब्याज पाउने र उता लैजान पाउने सहज खालको वातावरण निर्माण गर्नेबारे छफफल भइरहेको पनि अर्थ मन्त्रीले बताउनुभयो । अर्थमन्त्री शर्माले पहिले पूर्ण रूपमा डिजिटल कारोबार लागू गर्ने वातावरण बनाएर मात्रै डिजिटल साक्षरता व्यपाक रुपमा विस्तार गरेर मात्र डिजिटल करेन्सीमा जान सकिने उल्लेख गर्नुभयो…
विश्व व्यापार संगठन मन्त्रिस्तरीय बैठक
आर्थिक परिवेशविश्व व्यापार संगठन (डब्लुटिओ) को १२ औ मन्त्रिस्तरीय बैठक यही नोभेम्बर ३०देखि डिसेम्बर ३ सम्म स्वीटजरल्याण्डको जेनेभामा आयोजना हुने भएको छ । बैठकमा नेपाली विश्व व्यापार संगठन सहभागिता जनाउने गरी आवश्यक तयारी भएको उद्योग बाणिज्य तथा आपूर्ती मन्त्रालयले जनाएको छ । बैठकको क्रममा भूपरिवेष्ठित र अतिकम विकसित मुलुकहरुले विश्व व्यापारको क्रममा भोग्नु परेका साझा समस्या, कोरोना पछिको खोपको उपलब्धता, अतिकम विकसित मुलुकहरुको स्तरोन्त्ती तथा सदस्य मुलुकहरुले दिगो विकासका लक्ष्य प्राप्तीका सन्दर्भमा प्राप्त गरेका उपलब्धीहरुका वारेमा छलफल हुने मन्त्रालयले जनाएको छ । बैठकको क्रममा नेपालले प्रस्तुत गर्ने अवस्थापत्र (पोजिसन पेपर)को तयारीका लागि मन्त्रालयले सम्बन्धीत विषयमा सरोकार भएकाहरु संग छलफल समेत गरेको…
खानी तथा ठूला विकास पूर्वाधार निर्माणका विषयमा चासो
आर्थिक परिवेशदुबईमा जारी विश्व प्रर्दशनी २०२० मा रहेको नेपालको कक्षमा विश्वका लगानीकर्ताहरुले नेपालको पर्यटन, जलविद्युत, कृषि, वन, खानी तथा ठूला विकास पूर्वाधार निर्माणका विषयमा चासो देखाएका छन् । अक्टोबर १ तारिकबाट शुरु भै आगामी ३१ मार्च २०२२ सम्म चल्ने मेलामा नेपालले झन्डै साढे दुई सय वर्ग मिटरमा नेपाल पेभिलियन निर्माण गरेको छ । नेपाल पेभिलियनको भ्रमणको क्रममा विश्वका लागनीकर्ताहरुले नेपालमा लगानीका लागि चासो देखाएका हुन । मंसिर ३ गतेसम्ममा नेपाली पेभिलियनमा २ लाख ५० हजार भन्दा बढीले भ्रमण गरी विभिन्न विषयमा चासो राखेको मेलामा नेपालको पेभिलियनको व्यवस्थापन गरेको इम्पिमेन्टिङ एक्सपर्ट ग्रुप (आइजि)ले जनाएको छ । विश्व प्रर्दशनी मेलामा विश्वका एक सय…
पहिलो पटक घरजग्गाको मूल्य मापन गर्ने सूचकाङ्क तयार
आर्थिक परिवेशकाठमाडौँ । नेपाल पहिलो पटक घरजग्गाको मूल्य मापन गर्ने सूचकाङ्क तयार भएको छ । करिब दुई वर्षको मेहनतपछि नेपाल राष्ट्र बैङ्कले तयार पारेको सूचकाङ्क शुक्रवार सार्वजनिक गरेको छ । अब हरेक तीन महिनामा सूचकाङ्क सार्वजनिक गरिने भएको छ । घरजग्गाको मूल्यमा आउने उतारचढाव मापन गर्ने उद्देश्यले नेपालमा पहिलो पटक घरजग्गा मूल्य सर्वेक्षण सम्पन्न गरी घरजग्गा मुद्रास्फीति मापन गर्न सूचकाङ्क तयार पारिएको हो । नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले शुक्रवार काठमाडौँमा एक विशेष कार्यक्रममा नयाँ सूचकाङ्क सार्वजनिक गर्नुभयो । राष्ट्र बैङ्कले सूचकाङ्क तयार पार्नका लागि देशव्यापी सर्वेक्षण गरेको थियो । सर्वेक्षण नतिजाअनुसार आर्थिक वर्ष २०७६–७७ मा वाणिज्य बैङ्कहरूबाट प्राप्त तथ्याङ्कको आधारमा…
लोकमार्गको काममा ढिलासुस्ती हुँदा विरोध
reporterबलेवा। राष्ट्रिय गौरवको आयोजना पुष्पलाल मध्यपहाडी लोकमार्गको बागलुङ–घोडाबाँधे खण्ड स्तरोन्नति तथा कालोपत्रे गर्न ढिलासुस्ती गरेको भन्दै स्थानीय युवाले विरोध गरेका छन् । काठेखोला गाउँपालिका वडा नं ५ र ६ बिहुँका युवाले कालो झण्डा र हातमा कालोपट्टी बाँधेर विरोध गरेका हुन् । सडकमा निस्किएका युवाले जनतालाई सास्ती दिने काम भएको भन्दै साङ्केतिक विरोध गरेका हुन् । दुई खण्डमा काम भइरहेको उक्त सडकको बिहुँ खण्ड तत्काल कालोपत्रे गर्नुपर्ने युवाको माग छ । निर्माण कम्पनीको लापर्बाहीका कारण ठेक्का सम्झौता भएको बर्षौं बितिसक्दा समेत कालोपत्रेको काम रोकिएको स्थानीय युवा दिवस कँडेलले बताउनुभयो । सडक विभाग जिम्मेवार हुनुपर्ने, काम नगर्ने ठेकेदार कम्पनीको लाइसेन्स खारेज गर्नुपर्ने,…