नतिजामुखी कार्यसम्पादनका लागि कार्य तालिका बनाएर जुट्न सचिवहरूलाई प्रधानमन्त्रीकाे निर्देशन
आर्थिक परिवेश

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले  नतिजामुखी कार्यसम्पादनका लागि कार्य तालिका बनाएर जुट्न सचिवहरूलाई निर्देशन दिनु भएको छ प्रधानमन्त्री दाहालले सरकारका सचिवहरूलाई ३० बुँदे निर्देशन दिनु  हुँदै सेवा प्रवाहलाई सुलभ र सरल बनाउन आवश्यक नीतिगत समस्या भए समाधानको जिम्मा लिन आफु तयार रहेको भन्दै कामलाइ तिब्रता दिन निदेर्शन दिनु भएको हाे । साेमवार र मंगलवार  सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा विभिन्न मन्त्रालयका सचिवहरुको मन्त्रालयगत रिपोर्टिङ सुनेपछि प्रधानमन्त्री प्रचण्डले सचिवहरूलाई ३० बुँदे निर्देशन दिनुभएको हो । उहाँले विकास खर्च कम हुनुको कारणबारे चासो राख्दै नीतिगत तहमा समस्या भए सुधारका प्रस्ताव ल्याउन सचिवहरूलाई आग्रह गर्नु भएको छ । प्रधानमन्त्री प्रचण्डले सेवा प्रवाहलाई…

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणकाे काम छिट्टै सुरु हुन्छ : प्रधानमन्त्री दाहाल
आर्थिक परिवेश

पोखरा  । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणकाे काम छिट्टै सुरु गर्ने बताउनुभएको छ । अ।इतवार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गर्दै प्नधानमन्त्री  दाहालले नेपाल जस्तो भूपरिवेष्टित मुलुकको बाह्य नेक्टिभिटीका लागि हवाईमार्ग सबैभन्दा प्रभावकारी माध्यम भएको उल्लेख गर्दै निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आवश्यक रहेको बताउनुभयो । “मुलुकको तेस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा आजदेखि पोखरामा विमानस्थल सञ्चालनमा आएको छ”, उहाँले भन्नुभयो, “यो विमानस्थल सञ्चालनमा आएसँगै पोखरासँग अन्तर्राष्ट्रिय क्षेत्रसँगको सम्बन्ध स्थापित भएको छ ।” प्रधानमन्त्री दाहालले पोखरा विमानस्थल निर्माणका लागि चिनियाँ राजदूतावासमार्फत तथा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग प्रत्यक्ष भेटेर पनि छिटो निर्माणका लागि आफूले पहल गरेको बताउनुभयो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका परिकल्पनाकार…