आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक प्रतिनिधिसभाबाट पारित
आर्थिक परिवेश१४ असार, काठमाडौँ । आगामी आर्थिक वर्षको बजेटसंग सम्बन्धीत राष्ट्र ऋण उठाउने विधेयक, २०८२ तथा आर्थिक विधेयक, २०८२ प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ती विधेयकहरू पारित गरियोस् भनी प्रस्ताव पेस गर्नुभएको थियो । उक्त प्रस्तावमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पौडेलले उत्पादन, उत्पादकत्व वृद्धि र विकास तथा समृद्धिको आकाङ्क्षा पूरा गर्न ऋण लिन आवश्यक रहेको बताउनुभयो । साधारण खर्चका लागि ऋण लिने नभई पुँजीगत खर्चका लागि मात्रै लिनुपर्ने भनेर सदनबाट आएका सुझाव ग्रहण योग्य रहेकाे उहाँले उल्लेख गर्नुभयो । “उत्पादन र उत्पादकत्व वृद्धि गर्नका लागि ऋण लिने हो । चालु आर्थिक वर्षको…
गण्डकी प्रदेशकाे बजेट प्रदेश सभाबाट बहुमतले पारित
आर्थिक परिवेश१३ असार, कास्की । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२र०८३ का लागि ल्याएको वार्षिक बजेट शुक्रबार प्रदेश सभाबाट बहुमतले पारित भएको छ । सरकारले उक्त वर्षका लागि ३१ अर्ब ९७ करोड ९९ लाख ९९ हजारको बजेट यही असार १ गते सार्वजनिक गरेको थियो । आर्थिक मामिला मन्त्री डा।टकराज गुरुङले प्रदेश सभामा उक्त बजेट पेश गर्नु भएको थियो ।बजेटको पक्षमा काँग्रेस र एमालेका सांसदको समर्थन थियो । प्रतिपक्षी माओवादी विपक्षमा उभियो भने राप्रपा तटस्थ बस्यो । बजेट चालु आर्थिक वर्षको भन्दा ९९ करोड ८५ लाख ७६ हजारले कमी रहेको छ । चालु आवका लागि प्रदेश सरकारले ३२ अर्ब ९७ करोड…
स्वदेशी उद्योग समस्यामा नपर्ने गरी राजस्व नीति अवलम्बन गर्न सरकारको ध्यानाकर्षण
आर्थिक परिवेश११ असार, काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले आन्तरिक उत्पादन तथा स्वदेशी उद्योगहरू समस्यामा नपर्ने गरी राजस्व नीति अवलम्बन गर्न सरकारको ध्यानाकर्षण गराएको छ । केही उद्योगी व्यवसायीबाट सरकारको कर नीतिका कारण समस्यामा परेको भनी समितिमा निवेदन परेकाले यस विषयमा उचित निर्णय लिई स्वदेशी उद्योग प्रवर्द्धनमा जोड दिन सरकारको ध्यानाकर्षण गराउने आजको बैठकले निर्णय गरेको सभापति सन्तोष चालिसेले जानकारी दिनुभयो । सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ अव्यवहारिक रहेका र भन्दै सुनचाँदी व्यवसायी, आयुर्वेदिक औषधि व्यवसायी र फलाम तथा डण्डी उद्योगीहरूले अर्थ समितिसँग सहयोगका लागि आह्वान गरेका छन् । सुन, चाँदी, हिरालगायत वस्तुमा दुई प्रतिशत विलासिता शुल्क र…
६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य पुरा गर्ने गरी बजेट आएको : अर्थमन्त्री
आर्थिक परिवेश१० असार, काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले तीन करोडभन्दा साना आयोजनामा रकम विनियोजन नगर्ने नीति बजेटमा पालन गरिएको स्पष्ट पार्नु भएकाे छ । विनियोजन विधेयकमाथिको छलफलका क्रममा सांसदहरुले उठाएका मन्त्रालयगत विषयमा जवाफ दिँदै अर्थमन्त्री पाैडेलले तीन करोडभन्दा कम रकममा सम्पन्न हुने क्रमागत आयोजनाहरू, भुक्तानी दायित्व बाँकी रहेका, संघीय सरकारको मात्र एकल अधिकारका क्षेत्र रहेका विषय, विपद् पछिको पुनः निर्माण जस्ता आयोजनामा कम विनियोजन भएको हुन सक्ने बताउनुभयो । उहाँले तीन करोडभन्दा कमका आयोजनामा रकम विनियोजन भएको छ भने त्यस्तो आयोजनाहरूलाई सम्बन्धित मन्त्रालयले अख्तियारी प्रदान गरी प्रदेश र स्थानीय तहबाट कार्यान्वयन गर्ने स्पष्ट पार्नुभयो । अर्थमन्त्री पौडेलले…
आगामी आर्थिक वर्ष २०८२/०८३ को वार्षिक बजेट संघीय संसदबाट पारित
आर्थिक परिवेश१० असार, काठमाडौँ । संघीय प्रतिनिधि सभाबाट मंगलवार आगामी आर्थिक वर्ष २०८२/०८३ को वार्षिक बजेट पारित भएको छ । बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पेश गर्नुभएको विनियोजन विधेयक २०८२ पारित गरियोस् भन्ने वारेकाे प्रस्ताव बहुमतले पारित गरेकाे हाे । यस्तै बैठकमा अर्थमन्त्री पौडेलले पेश गर्नुभएको आर्थिक विधेयक २०८२ तथा राष्ट्र ऋण उठाउने विधेयक २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव समेत पारित भएको छ । बैठकमा यसअघि विनियोजन विधेयक २०८२ माथिको छलफलका क्रममा सांसदहरूले राख्नु भएको खर्च कटौतीका प्रस्तावहरू बहुमतले अस्वीकृत भएको थियो । बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको विनियोजन शीर्षकहरू माथिको छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री केपी शर्मा…