नेपाल धितोपत्र बाेर्डले ब्राेकर कमिसन घटायाे
आर्थिक परिवेश०१ जेठ, काठमाडौँ । नेपाल धितोपत्र बोर्डले मंगलवारलेखि लागू हुनेगरी धितोपत्र व्यवसायीको सेवाशूल्क (कमिसन) घटाएको छ । अर्थमन्त्रालयको स्वीकृतिपछि कमिसन घटाइएको नेपाल धिताेपत्र बाेर्डले जनाएको छ । “धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को नियम ४३ बमोजिम अनुसूची १४ मा रहेको धितोपत्र दलाली वापत लिनसक्ने सेवा शूल्क हेरफेरका लागि स्वीकृति प्रदान भई आएकोमा उक्त हेरफेर २०८१ जेठ १ गतेदेखि लागु हुने निर्णय भएको छ”, बोर्डले भनेको छ । यसअघि रु ५० हजारसम्मको कारोबारमा शून्य दशमलव ४० प्रतिशत सेवा शूल्क लिन पाउने व्यवस्था रहेकोमा त्यसलाई घटाएर शून्य दशमलव ३६ प्रतिशत कायम गरिएको छ । त्यस्तै, ५० हजारदेखि पाँच…
नेपाल सरकारकाे नीति तथा कार्यक्रम र १६ औँ पञ्चवर्षीय योजना पारित
आर्थिक परिवेश०१ जेठ,काठमाडौं। नेपाल सरकार मन्त्रिपरिषदले आगामी आर्थिक बर्ष २०८१। २०८२ काे नेपाल सरकारकाे नीति तथा कार्यक्रम पारित गरेको छ । मन्त्रिपरिषदको मंगलवार बसेको बैठकले राष्ट्रपति रामचन्द्र पौडेलबाट आजै संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत हुने नेपाल सरकारकाे नीति तथा कार्यक्रम पारित गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिनुभयो । त्यसैगरी, बैठकले १६ औँ पञ्चवर्षीय योजनालाई पारित समेत गरेको सञ्चारमन्त्री शर्माले जानकारी दिनुभयो ।
बजेटमार्फत उत्पादन वृद्धि तथा रोजगारी सिर्जना गर्ने विशेष कार्यक्रम घोषणा गरिन्छ : प्रधानमन्त्री
आर्थिक परिवेश३१ बैशाख, चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम र बजेटमार्फत उत्पादन वृद्धि तथा रोजगारी सिर्जना गर्ने विशेष कार्यक्रम घोषणा गरिने बताउनुभएको छ । नारायणी नदीमाथि निर्माण हुने ‘सिग्नेचर ब्रिज’को आज शिलान्यास गर्नुहुँदै प्रधानमन्त्री दाहालले रोजगारी र उत्पादनसँग सम्बन्धित भएर एकीकृत आयोजना सञ्चालन गर्ने तयारीका साथ सरकार अगाडि बढेको बताउनुभयो । “पूर्वाधार विकाससँगै ग्रामीण अर्थतन्त्रको सबलीकरण, उत्पादकत्व वृद्धि र रोजगारी सिर्जनासँग सम्बन्धित भएर एकीकृत ढाँचाको परियोजना सञ्चालन गर्नु आजको राष्ट्रिय आवश्यकता हो”, प्रधानमन्त्री दाहालले भन्नुभयो, । “यही यथार्थलाई दृष्टिगत गरी सरकारले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा उत्पादन र रोजगारीसम्बन्धी विशेष कार्यक्रम…
बजेट बनाउदा कसैको स्वार्थ हेर्दिन, मुलुकको स्वार्थ हेर्छु : अर्थमन्त्री पुन
आर्थिक परिवेश३० वैशाख,काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले मनोमानी रुपमा करका दर हेरफेर नहुने बताउनु भएकाे छ । राजधानीमा आइतबार आयोजित पूर्वबजेट छलफलमा मन्त्री पुनले आर्थिक शिथिलता अन्त्य गरेर अर्थतन्त्र चलायमान बनाउनुपर्ने अवस्था रहेको भन्दै कसैका स्वार्थ हेरर नभई मुलुक हेरेर करका दर हेरफेर गरिने प्रतिबद्धता जनाउनु भएकाे हाे । कोही चिनेका, कोही मेरो पार्टी निकटका, कोही सरकार निकटका व्यवसायीलाई हेरेर करका दरहरुमा आफूखुसी जे मन लाग्यो गर्दिन’, अर्थमन्त्रि पुनले भन्नु भयाे । पहिला के थियो, अहिले के छ र के कारणले हेरफेर भएको छ भन्ने कारणसहित तीन महले बनाएर प्रस्तुत गर्छु उहाँकाे भनाइ थियाे ।’ एउटा अर्थमन्त्रीको सनकमा व्यवसायीले वर्षौं…
आर्थिक सूचकहरू सकारात्मक, मुद्रास्फीति चार प्रतिशतमा , विनिमय सञ्चिति बढ्याे
आर्थिक परिवेश३० बैशाख, काठमाडौं । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा मुलुकको अधिकांश आर्थिक तथा वित्तीय सूचकहरू सकारात्मक देखिएका छन् । यस अवधिसम्ममा मुद्रास्फीति वाञ्छित सीमाभित्र रहेको छ भने शोधनान्तर स्थिति र विदेशी मुद्रा सञ्चिति उल्लेखनीय रूपमा बढेकाे छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को नौ महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार आर्थिक सूचकहरू सुधारोन्मुख देखिएका हुन् । राष्ट्र बैंकका अनुसार चैतमा वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति चार दशमलव ६१ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति सात दशमलव ७६ प्रतिशत रहेको थियो । चैतमा खाद्य तथा…