बाढी र पहिरोका कारण १७ अर्ब बराबरको क्षति भएको प्रारम्भिक विवरण
आर्थिक परिवेश१६ असाेज, काठमाडौँ । प्राकृतिक विपत्तिले कसरी पिरोल्छ र दुःख दिँदो रहेछ भन्ने उदाहरण बनेको छ, यही असोज ११ र १२ गतेको अविरल वर्षापछि आएको बाढी र पहिरो । किसानको पाक्न लागेको धान बाली नष्ट भयो । वर्षभरि खाने तरकारी नष्ट भयो । सहजै यात्रा गर्ने राजमार्गहरु क्षतिग्रस्त भए । बस्ती बगे । थातथलो बग्यो । पशुचौपायाले अकालमा ज्यान गुमाए । बाढीकै कारण कैयौँको लगानी क्षणभरमा नष्ट भयो । नेपाली समाजमा एउटा भनाइ लोकप्रिय छ, “विपत्ति बाजा बजाएर आउँदैन । तर यस पटकको अविरल वर्षापछिको बाढीपहिरो नेपालीका लागि बाजा बजाएर आएभन्दा पनि चर्को भयो । चाडबाडको मुखमै क्षतिग्रस्त भएको विपी…
दीर्घकालीन रुपमा सबल हुने गरी सरकारले संरचना निर्माणकाे काम गर्छ : प्रधानमन्त्री ओली
आर्थिक परिवेश१५ असाेज, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले यही असोज ११ र १२ गतेको अविरल वर्षा पछिको बाढी, पहिरो र डुबानका कारण उत्पन्न विपद् सबै नेपालीको साझा विपत्ति भएको उल्लेख गर्नुहुँदै सरकार यसप्रति चनाखो भई काम गरिरहेको बताउनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले विगतका समयमा पनि विपद्का बेला नेपालीहरू एकसाथ अगाडि बढ्छन् भन्ने अनुभव रहेको उल्लेख गर्नुहुँदै विपत्तिको यस घडीमा पनि मिलेर काम गर्न सबैलाई आह्वान गर्नुभयो । प्रधानमन्त्री ओलीले हामी सबै विपद्का घटनाबाट दुःखी रहेको उल्लेख गर्नुहुँदै कतिपय संरचनागत त्रुटिका कारण पनि बढी क्षतिहरू भएका कारण आगामी दिनमा संरचना निर्माण…
राष्ट्रिय वाणिज्य बैङ्कले दैवी प्रकोप उद्धार कोषमा दुई करोड सहयाेग गरयाे
आर्थिक परिवेश१५ असाेज काठमाडौँ । राष्ट्रिय वाणिज्य बैङ्कले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दुई करोड सहयाेग हस्तान्तरण गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सो बैङ्कको सञ्चालक समितिका अध्यक्ष दिलीपकुमार ढुङ्गानाले आज सो रकमको चेक हस्तान्तरण गर्नुभएको हो । प्रधानमन्त्री ओलीले बैङ्कप्रति धन्यवाद दिनुहुँदै बाढी, पहिरो र डुबानले जनता अप्ठ्यारोमा परेका बेला यस प्रकारका सहयोग र ऐक्यबद्धताले राहत मिल्ने बताउनुभयो । बैङ्कका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग गरिएको अवगत गराउनुभयो । मन्त्रिपरिषद्को सोमबारको बैठकले उक्त कोषमा प्रारम्भिकरुपमा रु एक अर्ब जम्मा गर्ने निर्णय गरेको थियो ।
बाढी पहिराेमा परी काठमाडौँ उपत्यका र बागमती प्रदेशमा सबैभन्दा बढी जनधनको क्षति
आर्थिक परिवेश१४ असाेज, काठमाडौँ । केही दिनअघि मुलुकभर परेको अविरल वर्षापछिको बाढीपहिरामा परी काठमाडौँ उपत्यका र बागमती प्रदेशमा सबैभन्दा बढी जनधनको क्षति भएको छ । विपदबाट साेमवमर अपराह्नसम्म काठमाडौँ उपत्यकामा मात्रै ८२ जना र उपत्यकाबाहेक बागमती प्रदेशमा ९४ जनाको मृत्यु भएको छ । सशस्त्र प्रहरी बल नेपालको तथ्याङ्कअनुसार काठमाडौँमा ५२, ललितपुरमा २५ र भक्तपुरमा पाँच जनाको मृत्यु भएको छ । बाढीपहिराका घटनामा परी काठमाडौँमा दुई, भक्तपुरमा एक र ललितपुरमा १२ जना बेपत्ता भएका छन् । बेपत्ताको खोजी जारी छ । विपद्का घटनाबाट काठमाडौँमा १५ र ललितपुरमा दुई जना घाइते भएका छन् । बागमती प्रदेशका काभ्रेपलाञ्चोकमा ५९, सिन्धुपाल्चोकमा १३, मकवानपुर र दोलखामा…
संस्थापक गर्भनरको सम्झनामा राष्ट्र बैकले गरयो प्रवचन कार्यक्रम
आर्थिक परिवेश०८असोज, काठमाडौंं । नेपालको पहिलो गर्भनर हिमालय शमशेर राणाको स्मृतीमा नेपाल राष्ट्र बैककले हिमालय शमशेर स्मृती प्रवचन कार्यक्रम मंगलवारबाट शुरु गरेको छ । नेपाल राष्ट्र बैकका संस्थापक गर्भनरले नेपालको मौद्रिक तथा आर्थिक विकासमा पुरयाउनु भएको योगदानको स्मरण गर्दै नेपाल राष्ट्र बैकले शुरु गरेको चरणवद्ध प्रवचन कार्यक्रम अन्र्तगत संचालन भएको यो पहिलो प्रवचन कार्यक्रम हो । कार्यक्रममा भारतको रिर्जव बैक अफ इन्डियाका गर्भनर शशीकान्त दासले एकाइशौं शताब्दीमा केन्द्रीय बैकिड.बदलिदो स्वरुप विषयमा प्रवचन प्रदान गर्नु भएको थियो । प्रवचन प्रदान गर्र्दै भारतीय गर्भनर दासले विश्वमा विकसित भएको प्रविधिको प्रयोग संगै केन्दीय बैकिडमा आएका चुनौतीहरु सामाना गर्दै अघि बढनु आवश्यक भएको बताउनु भयो…