गत आर्थिक वर्ष मुलुकको अर्थतन्त्रका सूचकहरू सकारात्मक देखिए
आर्थिक परिवेश

०२ भदाै काठमाडौँ ।     गत आर्थिक वर्षमा मुलुकको अर्थतन्त्रका बाह्य सूचकहरू बलियो देखिएका छन् । नेपाल राष्ट्र बैङ्कले आज सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०/८१ को वार्षिक तथ्याङ्कमा आधारित देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार विप्रेषण आप्रवाह अघिल्लो आवको भन्दा बढेको छ । विदेशी मुद्रा सञ्चिति सन्तोषजनक अवस्थामा छ भने शोधनान्तर स्थिति पाँच खर्ब रूपैयाँभन्दा बढीले बचतमा छ । आयात र निर्यात दुवै घट्दा वैदेशिक व्यापार घाटा अघिल्लो आवको तुलनामा घटेको छ । नेपाल राष्ट्र बैङ्कका अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा विप्रेषण आप्रवाह १६ दशमलव पाँच प्रतिशतले वृद्धि भई १४ खर्ब ४५ अर्ब ३२ करोड रूपैयाँ पुगेको छ…

साउनमा सरकारी बजेट खर्चभन्दा राजस्व सङ्कलन दोब्बर
आर्थिक परिवेश

०१ भदौ काठमाडौ ।   चालु आर्थिक वर्षको पहिलो महिना सरकारी बजेट खर्चभन्दा राजस्व सङ्कलन दोब्बर भएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार गत साउन महिनामा ४० अर्ब २० करोड ७६ लाख बराबर बजेट खर्च हुँदा ९६ अर्ब ९५ करोड ७१ लाख बराबर राजस्व उठेको छ । चालु आवको पहिलो महिनाको सरकारी खर्च वार्षिक लक्ष्यको दुई दशमलव १६ प्रतिशत र आम्दानी छ दशमलव ५९ प्रतिशत बराबर भएको छ । एक महिनामा चालुतर्फ १२ अर्ब ३८ करोड २२ लाख अर्थात् वार्षिक लक्ष्यको एक दशमलव ०९ प्रतिशत र पुँजीगततर्फ आठ अर्ब ५५ करोड ४८ लाख अर्थात् वार्षिक लक्ष्यको दुई दशमलव ४३ प्रतिशत बराबर…

उपयुक्त जग्गामा सामूहिक खेती प्रणालीमा जान प्नधानमन्त्रीकाे सुझाव
आर्थिक परिवेश

३२ साउन, काठमाडौँ ।   प्रधानमन्त्री केपी शर्मा ओलीले किसानलाई समयमा रासायनिक मल उपलब्ध गराउने र व्यावसायिक उत्पादनमा लगाउने विषयमा चासो दिनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज कृषि क्षेत्रका विद्यमान अवस्था, चुनौती र सुधारका विषयबारे कृषि तथा पशुपक्षी मन्त्री रामनाथ अधिकारी र उच्चाधिकारीसहितको छलफलमा प्रधानमन्त्री ओलीले आगामी मङ्सिरमा कति मल चाहिने हो त्यसको आँकलन गरेर अहिलेदेखि नै खरिद प्रक्रिया थाल्न निर्देश गर्नुभयो । सो मन्त्रालयको कूल बजेटको ५६ प्रतिशत बजेट रासायनिक मल अनुदानमा रहेको छ । किसानले किन्ने रासायनिक मलमा ६७ प्रतिशतसम्म अनुदान दिँदै मन्त्रालयले खरिद प्रक्रियालाई सरलीकरण बनाउन प्रधानमन्त्री ओलीसँग आग्रह गर्नु भएको थियो । प्रधानमन्त्री ओलीले…

अर्थतन्त्र सुधारको लागि सरकारले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठन गर्ने
आर्थिक परिवेश

३२ साउन,काठमाडौँ । अर्थ मन्त्रालयले आगामी एकसय दिनमा सम्पादन गर्ने कार्यहरूको कार्ययोजना तयार पारेको छ । कार्य योजनाले मुलुकको समग्र अर्थतन्त्र सुधारको लागि उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठन गर्ने, दोस्रो वित्तीय क्षेत्र विकास रणनीति तयार गर्ने, राजस्व चुहावट नियन्त्रण गर्न केन्द्रीय द्रुत गस्ती टोली गठन गरी परिचालन गर्ने कार्यक्रम अघि सारेको छ  । बिहीबारको प्रधानमन्त्री तथा मन्त्री परिवदको कार्यालयमा आयोजित बैठकमा प्रधानमन्त्री केपी शर्मा आलीले सबै मन्त्रालयहरूलाई १०० दिनको कार्ययोजना निर्माण गरेर काम अघि बढाउन निर्देशन दिनु भएको थियो । अर्थ मन्त्रालयले तयार पारेको १०० दिने कार्य योजनाले आन्तरिक राजस्व परिचालन रणनीति २०८१ कार्यान्वयन सुरु गर्ने, भन्सार मूल्याङ्कनलाई कारोबार…

विश्व बैंकले नेपाललाई प्रदान गर्ने बजेटरी सहायता वृद्धि गर्ने
आर्थिक परिवेश

३१ साउन, काठमाडाै ।  विश्व बैंकले नेपाललाई प्रदान गर्ने बजेटरी सहायतामा वृद्धि गर्ने भएको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भएको भर्चुअल बैठकमा विश्व बैंकका दक्षिण एसिया क्षेत्रका लागि उपाध्यक्ष मार्टिन रेजरले बजेटरी सहयता वृद्धि गर्ने जानकारी दिनु भएको हो । उपाध्यक्ष रेजरले लगानीको वातावरण, आर्थिक सुधार, रोजगारी वुद्धि लगायतका क्षेत्रमा सुधारका लागि सुझाव दिनु भएको छ । विश्व बैंकबाट गत आर्थिक वर्ष बजेटरी सहायताका रुपमा नेपाललाई २०५ मिलियन अमेरिकी डलर प्राप्त भएको थियो । अर्थमन्त्री पौडेलले नेपालमा स्थीर सरकार गठन भएकाले थप लगानीका लागि वातावरण तयार भएको उल्लेख गर्दै आयोजनाहरु समयमा सम्पन्न गर्न आवश्यक सहकार्य गर्दै अघि बढ्ने…