चेम्बरले वार्षिक निर्यात क्षमता १० खर्व रुपैया बराबर पुरयाउने गरी योजना अघि सारयाे
आर्थिक परिवेश०६ जेठ काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले वार्षिक निर्यात क्षमता १० खर्व रुपैया पुरयाउने गरी योजना तर्जुमा गरेको छ । चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवाल नेतृत्वको नया कार्यसमितिले आगामी ३ वर्षमा व्यापार घाटा न्यूनीकरणका लागि निर्यात प्रर्वद्धन कार्ययोजना तयार गरेको हो । तुलनात्मक लाभ भएका कृषि, जलश्रोत, पर्यटन, तथा सूचनाप्रविधि क्षेत्रमा स्वदेशीसंगै विदेशी लगानी आर्कषित गरी उत्पादनदेखि बजारीकरणसम्म सहजीकरण गरिने चेम्बरले उल्लेख गरेको छ । रणनीतिक सुधार योजना, राजश्वमा नीतिगत सुधार, वित्तीय व्यवस्थापन र कृषिको उत्पादन वृद्धि एवं आत्मनिर्भर अर्थतन्त्रको निर्माणका लागि चेम्बरले ४९ बुँदाको कार्यक्रम कार्ययोजना तय गरेको हो । ‘विश्व व्यापार संगठनको सदस्य बनेयता नेपालले निरन्तर…
यस वर्ष धान रोप्नका लागि रासायनिक मलको अभाव हुँदैन : कृषि मन्त्रालय
आर्थिक परिवेश०६ जेठ, काठमाडौँ । यस वर्ष धान रोप्नका लागि रासायनिक मलको अभाव नहुने भएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले रोपाइँका बेला मल अभाव नहुने भएकाले ढुक्क भएर कृषि कर्म अघि बढाउन कृषक वर्गमा अनुरोध गरेको छ । धान रोप्नका लागि सुरुको चरणमा डिएपी मल बढी आवश्यक पर्छ । हाल कृषि सामग्री कम्पनी लिमिटेडमा युरिया ५२ हजार १८, साल्ट टेडिङ कम्पनी लिमिटेडमा २६ हजार ५० मेट्रिक टन गरी ७८ हजार १७९ मेट्रिक टन मौज्दात रहेको मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले जानकारी दिनुभयो । यसैगरी डिएपी मल कृषि सामग्री कम्पनीमा पाँच हजार चार सय ३४ र साल्ट टे«डिङ कम्पनीमा चार…
सहकारी ठगी प्रकरणमा संसदीय समिति बनाउन शीर्ष नेताहरुबीच सहमति
आर्थिक परिवेश०५ जेठ, काठमाडौँ । सहकारी ठगी प्रकरणमा संसदीय समिति बनाउन शीर्ष नेताहरुबीच सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिवार साँझ बसेकाे शीर्ष नेताहरूको बैठकमा सहकारी ठगी प्रकरणमा संसदीय समिति बनाउन सहमति भएको हो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा, उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने लगायतका शीर्ष नेताहरूको सहभागिता रहेको थियो । बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्नुहुँदै नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले मुख्य दलको शीर्ष नेताहरूको बैठकबाट संसदीय छानबिन समिति बनाएर जाने सहमति भएको जानकारी दिनुभयो। उहाँले संसदीय समितिको कार्यादेश बनाउन कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले…
मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा : सवारी कर्जाको जोखिमभार घट्याे
आर्थिक परिवेश०४ जेठ, काठमाढौ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०÷८१ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै सवारी कर्जाको जोखिमभार घटाएको छ भने घरजग्गा कर्जा केही सहज बनाएको छ । मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने विद्यमान एक सय २५ प्रतिशत जोखिमभार रहेका हायर पर्चेज प्रकृतिका कर्जाको जोखिमभार घटाई एक सय प्रतिशत कायम गरिएको छ । त्यसैगरी घर जग्गा खरिद प्रयोजनका लागि ऋण भुक्तानी आम्दानी अनुपात (डेब्ट सर्भिस टु ग्रस इनकम रेसियो) लाई सहजीकरण गरी कर चुक्त प्रमाण पेस गरेका आधारमा विद्यमान ५० प्रतिशतबाट ७० प्रतिशत कायम गरिने व्यवस्था ल्याइएको राष्ट्र बैंकले जनाएको…
सुन र चाँदीकाे मुल्यकाे नयाँ रेकर्ड सुन १ लाख ४० हजार
आर्थिक परिवेश३ जेठ, काठमाडौं । बिहिवार नेपाली बजारमा सुन र चाँदीकाे मुल्यले उच्च रेकर्ड बनेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि सुनको भाउ प्रतितोला १ लाख ४० हजार रुपैयाँ तय गरेको र साेही अनुसार काराेवार भएकाे छ । यो मूल्य अघिल्लो दिनको तुलनामा १ हजार ६ सय रूपैयाले बढी हो भने हालसम्मकै उच्च मुल्य हो । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै नेपाली बजारमा पनि प्रभाव परेको नेपाल सुन चाँदी व्यवसायी महासंङले जनाएकाे छ । वैशाख ९ गते त्यसअघिका सबै रेकर्ड तोडेर प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको सुन क्रमिक रुपमा घट्दै १९ गते १ लाख ३४ हजार…