संसदीय दलको नेतामा बालेन्द्र शाह चयन
आर्थिक परिवेश१२ चैत काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको नेतामा बालेन्द्र शाह चयन हुनुभएको छ । रास्वपाको आज बसेको केन्द्रीय समितिको बैठकले उहाँलाई संसदीय दलको नेता चयन गरेको हो । बैठकमा सभापति रवि लामिछानेले पार्टी वरिष्ठ नेता शाहलाई संसदीय नेताका रूपमा चयन गर्न गरेको प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको प्रवक्ता मनिष झाले जानकारी दिनुभयो । बैठकले संसदीय दलका नेतामा शाहलाई चयन गरेलगतै दलको बैठक पार्टीको केन्द्रीय कार्यालय चमतीमा सुरु भएको हो । पार्टीका प्रवक्ता झाले बैठकमा केन्द्रीय समिति सदस्यहरूलाई पनि सहभागी गराइएको जानकारी दिनुभयो । संसदीय दल गठनसम्बन्धी केन्द्रीय समितिबाट पारित प्रस्ताव सभापति रवि लामिछानेले संसदीय दलमा प्रस्तुत…
नवनिर्वाचित सांसदहरुले लिए गोपनीयताको शपथ
आर्थिक परिवेश१२ चैत काठमाण्डाै । प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरुले बिहिवार पद तथा गोपनीयताको शपथ लिनु भएकाे छ। बिहीबार प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सांसदलाई पद तथा गोपनीयताको शपथ गराउनु भएकाे हाे । उहाँहरूले सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद्को बहुउद्देश्यीय हलमा शपथ लिनु भएकाे हाे । यसअघि बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले ज्येष्ठ सदस्य केसीलाई सांसदको शपथ गराउनु भएकाे थियाे । राष्ट्रपतिबाट शपथ लिएकाे ज्येष्ठ सदस्यले नै बाँकी सांसदलाई शपथ गराउने व्यवस्था रहेको छ। ससदकाे बैठकमा नेपाली काँगंेस नेपाली कम्युनिष्ट पार्टी र नेकपा एमालेलाइ एकै राेमा बसने व्यव्सथा गरिएकाे छ ।
अनुदान लिन प्रदेश र स्थानीय तहबाट करिब ३ हजार ५०० प्रस्ताव याेजना आयोगमा
आर्थिक परिवेश१० चैत,काठमाडौँ । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सङ्घीय सरकारबाट समपूरक र विशेष अनुदान लिन प्रदेश र स्थानीय तहबाट करिब तीन हजार ५०० आयोजनाको प्रस्ताव परेको छ । राष्ट्रिय योजना आयोगका अनुसार स्थानीय तहबाट तीन हजार ३५८ र प्रदेशबाट १४० आयोजना तथा कार्यक्रमको प्रस्ताव परेको हो । आयोगले आगामी आवका लागि सङ्घीय समपूरक र विशेष अनुदानअन्तर्गत कार्यान्वयन हुने योजना तथा कार्यक्रमका लागि गत माघ मसान्तभित्र प्रस्ताव पेस गरिसक्न भनेको थियो । आयोगका सहायक प्रवक्ता डा दिवाकर लुइँटेलका अनुसार हाल आयोगमा प्राप्त योजना तथा कार्यक्रमको लागत अनुमान तथा विश्लेषण र छनोट भइरहेको छ । “समपूरक र विशेषअनुदानका लागि प्राप्त बजेट…
चैत्र १५ भित्र बजेटमा राख्नुपर्ने योजना तथा कार्यक्रम अनिवार्य बजेट सूचना प्रणालीमा पेश गर्नुस
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट०९ चैत, काठमाण्डौ । अर्थ मन्त्रालयले सबै विषयगत मन्त्रालयहरू लाई यही चैत १५ गतेभित्र आफ्ना योजना तथा कार्यक्रम प्रस्ताव गरिसक्न भनेको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तर्जुमा कार्यतालिका (बजेट क्यालेन्डर) अनुसार चैत १५ भित्र सबै मन्त्रालयले आगामी आवको बजेटमा राख्नुपर्ने योजना तथा कार्यक्रम अनिवार्य रूपमा मन्त्रालयगत बजेट सूचना प्रणाली (एलएमबिआइएस)मा राखिसक्नु पर्ने व्यवस्था गरेको छ । अर्थ मन्त्रालयका प्रवक्ता टङ्कप्रसाद पाण्डेयले सबै मन्त्रालयलाई आगामी आर्थिक वर्षको बजेट सीमा (सिलिङ) उपलब्ध गराई सोहीअनुसार चैत १५ भित्र आफ्ना योजना तथा कार्यक्रम एलएमबिआइएसमा प्रविष्ट गरिसक्न भनिएको बताउनु भयो । आगामी आव २०८३/८४ को बजेट बनाउने काम भने गत पुसबाटै…
पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल अनियमितता विशेष अदालतमा मुद्दा दायर
आर्थिक परिवेश८ चैत, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आगोगले पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलमा अनियमितता प्रकरणमा विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले तत्कालीन पर्यटन सचिव केदारबहादुर अधिकारीसहित २१ जना र दुई कम्पनीलाई प्रतिवादी बनाउँदै मुद्दा दायर गरेको अदालतका सहप्रवक्ता यज्ञराज रेग्मीलेले जानकारी दिनुभयो । प्रतिवदीहरुमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन सचिव केदारबहादुर अधिकारी, नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशकद्वय सञ्जीव गौतम र राजन पोखरेल रहनुभएको छ । त्यसतै प्राधिकरणका तत्कालीन उपमहानिर्देशक महेन्द्रसिंह रावल, प्राधिकरणका तत्कालीन निर्देशक स्व ध्रुवदास भोछिभोया, राष्ट्रिय गौरव आयोजनाका तत्कालीन आयोजना निर्देशक प्रदीप अधिकारी रहनुभएको छ । त्यसतै गरी राष्ट्रिय गौरव आयोजनाका तत्कालीन आयोजना निर्देशक…