सरकारले तयार गरयाे एआई नीति सुझाव दिन आग्रह
आर्थिक परिवेश

     २२ माघ, काठमाडौँ ।     सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले कृत्रिम बौद्धिकता (एआई) राष्ट्रिय नीतिका लागि आवश्यक सुझाव दिन सरोकारवालासँग आग्रह गरेको छ । मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्न आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रालयले कृत्रिम बौद्धिकता (एआई) राष्ट्रिय नीति तयार गरिरहेको जानकारी दिनुहुँदै त्यसका लागि सुझावहरू दिनुहुन आग्रह गर्नुभएको हो । मन्त्री गुरुङले सम्बन्धित क्षेत्रका विज्ञ एवं सरोकारवालबाट प्राप्त सुझावहरू समेटेर कृत्रिम बौद्धिकता (एआई) राष्ट्रिय नीति तथा रणनीति तयार गरिने बताउनुभयो । पत्रकार सम्मेलनमा सञ्चारमन्त्री गुरुङले दिनुभएको जानकारी अनुसार हिजो बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौँमा कार्यालय रहने गरी…

पुष सम्ममा विदेशी मुद्रा सञ्चिति १३.५ प्रतिशतले बढयाे
आर्थिक परिवेश

२० माघ, काठमाडौं ।  पुष महिना सम्ममा मुलुकमा विदेशी मुद्रा सञ्चिति २३ खर्ब १६ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पुस मसान्तसम्मको वित्तीय रिपोर्टअनुसार असार मसान्तयता विदेशी मुद्रा सञ्चिति १३.५ प्रतिशत बढेको हो । अमेरिकी डलरमा भने यस्तो सञ्चिति सोही अवधिमा १०.३ प्रतिशत बढेको छ । पुस मसान्तसम्म १६ अर्ब ८४ करोड अमेरिकी डलर बराबर विदेशी मुद्रा सञ्चिति छ । पुस मसान्तसम्मको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४.३ प्रतिशत रहेको छ । पछिल्लो आयातको तथ्यांकअनुसार हालको सञ्चिति रकमले १४.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने र १७.३ महिनाको वस्तु आयात…

निर्माण व्यवसायीको रकम भुक्तानी गर्न रोकि‌‌दैन : अर्थमन्त्री
आर्थिक परिवेश

 २० माघ  काठमाडौँ ।   उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले कानुनबमोजिम दाबी भएको निर्माण व्यवसायीको रकम भुक्तानी गर्न नरोकिने बताउनुभएको छ । महिला आर्थिक पत्रकार सङ्घ फेजाले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले अघिल्लो सरकारका पालामा बाँकी रहेको भुक्तानी दायित्व वर्तमान सरकारले निर्वाह गर्नुपर्दा असहज भएको बताउनुभएको हो । अर्थमन्त्री पौडेलले भन्नुभयो, “अब सरकार निर्माण व्यवसायीको कानुनबमोजिमको बिल भुक्तानी सहज रूपमा दिनसक्ने अवस्थामा पुगेका छौँ । सरकारले कानुनसम्मत रूपमा दाबी गरेको रकम भुक्तानी रोकेको छैन ।” उहाँले पुँजीगत खर्च बढाउनतर्फ सरकारले पहल गरिरहेको बताउनुभयो । “सार्वजनिक खरिद ऐन, वन ऐन, वातावरण ऐनलाई सुधार गरेर पुँजीगत खर्च बढाउनुपर्ने आवश्यक छ । त्यसका…

किसानसँग राष्ट्रिय वाणिज्य बैंक र एक प्रदेश एक विशेष कर्जा कार्यक्रम लागू
आर्थिक परिवेश

१० माघ,काठमाण्डौ ।    राष्ट्रिय वाणिज्य बैंकले चालु आर्थिक वर्षदेखि कृषि क्षेत्रमा कर्जा लगानी वृद्धि गरी आन्तरिक उत्पादन बढाउने तथा प्रत्येक प्रदेशको विशिष्ट उत्पादनलाई प्रवद्र्धन गर्ने भएको छ । त्यसका लागि बैकले ‘किसानसँग राष्ट्रिय वाणिज्य बैंक’ र ‘एक प्रदेश एक विशेष’ कर्जा कार्यक्रम लागु गर्न सुरुवात गरेको छ । वित्तीय सुधार कार्यक्रम कार्यान्वयनमा आएपछि निरन्तर मुनाफा हासिल गर्न सफल भएको बैँकले विज्ञप्तिमार्फत जनाइएको छ । विसं २०५८ मा लागू भएको वित्तीय क्षेत्र सुधार कार्यक्रमपश्चात् प्रमुख परिसूचकहरूमा उल्लेख्य सुधार गर्दै आइरहेको बैकले विज्ञप्तिमा उल्लेख गरेको छ । गत आव २०८०/८१ मा दुई अर्ब ५५ करोड खुद मुनाफा आर्जन गरेको बैंकको २०८१…

कृषि विकास बैंकले उद्देश्य पुरा गर्न सर्वोच्च प्राथमिकता दिनुपर्छ : अर्थमन्त्री
आर्थिक परिवेश

०७ माघ,काठमाण्डौ ।    उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कृषि विकास बैंक जुन उद्देश्यले स्थापना भएको हो त्यस काममा बैकले सर्वोच्च प्राथमिकता दिनुपर्ने बताउनु भएको छ । कृषि विकास बैंक लिमिटेडको ५८औँ वार्षिकोत्सवका अवसरमा सोमवार बैक प्राड.गणमा आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेलले कृषि विकास बैंकलाई थप व्यावसायिक र प्रतिस्पर्धी भएर काम गर्न निर्देशन दिनुभयो । त्यस अवसरमा अर्थमन्त्री पोडेलले बैंकहरुबाट कर्जा लगानी अपेक्षितरूपमा बढ्न नसक्नु चिन्ताको विषय भएको बताउनु भयो । बैंकहरूमा निक्षेप सङ्कलन राम्रो देखिए पनि कर्जा प्रवाह बढ्न नसक्नु गम्भीर विषय भएको अर्थ मनत्री पौडेलको भनाइ थियो । कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुलुकको आर्थिक तथा वित्तीय…