भैरहवा भन्सारकाे अर्थमन्त्रीबाट अबलाेकन, सर्मपित भएर काम गर्न निर्देशन
आर्थिक परिवेश

८ साउन,भैरहवा ।  अर्थमन्त्री डा. प्रकाशशरण महतले भन्सार कर्मचारीले कर्तव्यनिष्ठ र समर्पित भएर काम गर्न निर्देशन दिनुभएको छ । सोमबार भैरहवा भन्सार कार्यालयको निरीक्षण गर्दै मन्त्री डा. महतले भन्नुभयो, ‘अहिले राजस्व कम उठेको छ, यसका धेरै कारण छन् । केही समयअघि आयात रोकियो, त्यो कारणले पनि भन्सार उठ्ती कम भयो । आन्तरिक आर्थिक गतिविधिमा कमी भएपछि राजस्व कम उठ्यो । सँगसँगै नाका र नाकाबाहिर दुरुपयोग गर्ने तथा अन्य उपाय उपयोग गरेर सामान भित्र्याउने प्रवृत्ति विद्यमान छन् ।’ सुरक्षा निकायसहितको समन्वय समिति पनि छ । कुनै कारणबाट राजश्व उठाउने क्रममा हामीले दुरुपयोग या गैरकानुनी तरिकाबाट नाका र नाकाबाहिरबाट प्रवेशलाई सरकारले गम्भीरताका…

बजेट कार्यान्वयन गर्न अर्थमन्त्रालयबाट ८१ बुँदे मार्गदर्शन जारी
आर्थिक परिवेश

४ साउन, काठमाडौं ।  चालु आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेटको प्रभावकारी कार्यान्वयनका लागि अर्थमन्त्रालयले सबै मन्त्रालय, विभाग तथा निकायलाई ८१ बुँदे बजेट कार्यान्वयन मार्गदर्शन जारी गरेको छ । चालु आर्थिक वर्षको बजेटले लिएका लक्ष्य तथा उद्देश्य प्राप्त गर्नका लागि स्रोतको अधिकतम उपयोग, खर्चमा मितव्ययिता, प्रभावकारिता र दक्षता कायम गर्न मार्गदर्शनमा भनिएको छ । त्यस्तै समग्र वित्तीय अनुशासन कायम गर्दै विद्यमान ऐन नियमलगायत कानूनी व्यवस्थाको पालनाका लागि पनि मार्गदर्शनमार्फत् सरकारले निर्देशन दिएको छ । चालु आर्थिक वर्षको बजेटमा राखिएका वार्षिक योजना तथा कार्यक्रमको पूर्वतयारीका काम चाँडो सक्न अर्थ मन्त्रालयले निर्देशन दिएको हो । “वार्षिक स्वीकृत कार्यक्रममा समावेश भएको कार्यक्रम कार्यान्वयन…

आर्थिक वर्ष २०८०/८१ शुरु बजेट र करका दरहरुकाे कार्यान्वयन
आर्थिक परिवेश

१ साउन, काठमाडौं ।  आर्थिक वर्ष २०७९/८०आइतवार देखि सम्पन्न भै  साेमवारबाट आर्थिक वर्ष २०८०/८१ सुरु भएको छ । नयाँ आर्थिक वर्ष सुरु भएसँगै सरकारले घोषणा गरेकाे बजेट  र त्यसका विभिन्न कार्यकम र  करसँग सम्बन्धी विभिन्न व्यवस्थाहरुकाे कार्यान्वयन शुरु भएकाे छ । आयकर ऐन २०५८ मा सरकारले गरेको संशोधित व्यवस्था अनुसार  साउन १ गतेदेखि वार्षिक ५० लाख रुपैयाँभन्दा बढी कमाउनेलाई ३९ प्रतिशत आयकर लाग्ने छ । यसअघि वार्षिक २० लाख रुपैयाँभन्दा माथि कमाउनेहरुलाई ३६ प्रतिशत आयकर लाग्ने गरेको थियो । सरकारले पहिलोपटक सुरु गरेको विलासिता कर पनि आजैदेखि कार्यान्वयनमा आएको छ । सरकारले पाँचतारे वा सोभन्दा माथिका होटेल, रेस्टुरेन्ट तथा रिसोर्टहरुले…

बजेट सम्बन्धी तीन विधेयक प्रमाणीकरण
आर्थिक परिवेश

३१ असार,काठमाडौँ ।  राष्ट्रपति रामचन्द्र पौडेलले बजेट सम्बन्धी तीन वटा विधेयकलाई आइतवार प्रमाणीकरण गर्नुभएको छ । राष्ट्रपति पौडेलले विनियोजन विधेयक, २०८०, आर्थिक विधेयक २०८० र राष्ट्र ऋण उठाउने विधेयक २०८० प्रमाणीकरण गर्नुभएको हो । सङ्घीय संसद्बबाट पारित भई नेपालको संविधानअनुसार प्रमाणीकरणका लागि पेश भएका तीन वटा विधेयकलाई राष्ट्रपतिले प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले दिनुभयो ।

करका प्रस्ताव आवश्यकता अनुसार संशोधन गर्न सकिन्छ : अर्थमन्त्री
आर्थिक परिवेश

२९ असार,काठमाडौँ ।  अर्थमन्त्री डा प्रकाशशरण महतले सरकारले आर्थिक विधेयक, २०८० मार्फत गरेका करका प्रस्ताव आवश्यकता अनुसार संशोधन गर्न सकिने बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा आर्थिक विधेयक २०८० माथि दफावार छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै उहाँले करका दर प्रस्ताव गर्दा सकारात्मक र नकारात्मक पक्षको समीक्षा गरिने र सोहीअनुसार संशोधन गर्न सकिने बताउनुभएको हो । “करका विषयमा कहाँ के गर्दा ठिक हुन्छ भन्ने विषयमा हामी खुला छौँ । हामीले गरेका प्रस्ताव दायाँबायाँ हुँदैन भन्ने छैन । मोटामोटी आङ्कलन गरेर समग्रमा यसो गर्दा ठिक हुन्छ भन्ने भएर प्रस्ताव गरिएको हो”, अर्थमन्त्री महतले भन्नुभयो, “हामीले प्रस्ताव गरेका करका दरले कहाँ सकारात्मक र…