अमेरिका र इरानबीच उच्चस्तरीय वार्ता शनिबारदेखि पाकिस्तानमा सुरु हुँदै
आर्थिक परिवेश

२८ चैत, इस्लामाबाद ।    मध्यपूर्वमा चर्किएको द्वन्द्वलाई नियन्त्रणमा ल्याउने प्रयासस्वरूप अमेरिका र इरानबीच उच्चस्तरीय वार्ता शनिबारदेखि पाकिस्तानमा सुरु हुने भएको छ । एक महिनाअघि सुरु भएको युद्धपछि पहिलोपटक दुवै पक्ष आमनेसामने हुन लागेका हुन् । यसलाई सम्भावित दीर्घकालीन शान्तितर्फको प्रारम्भिक कदमका रूपमा हेरिएको छ । अमेरिकी उपराष्ट्रपति जेडी भान्सको नेतृत्वमा रहेको प्रतिनिधिमण्डल यस वार्तामा सहभागी हुन इस्लामाबाद पुग्दैछ । यसअघि नै इरानी टोली संसद्का अध्यक्ष मोहम्मद बाघेर कालिबाफको नेतृत्वमा त्यहाँ आइपुगेको छ । उहाँले लेबनानमा इजरायलसँगको युद्धविराम सुनिश्चित भएमा मात्र अवरुद्ध इरानी सम्पत्तिको रिहाइ बारे छलफल हुने सङ्केत गर्नुभएको छ । यद्यपि, वार्ता सुरु हुनुअघि नै चुनौतीहरू स्पष्ट देखिएका…

नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने : विश्व बैंक
आर्थिक परिवेश

२६ चैत, काठमाडौं ।    चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने प्रक्षेपण विश्व बैंकले गरेको छ । विश्व बैंक नेपाल कार्यालयले आफ्नो अर्धवार्षिक अनुमान ‘नेपाल डेभलपमेन्ट अपडेट अप्रिल २०२६’ सार्वजनिक गर्दै यस्तो बताएको हो । खासगरी कृषि उत्पादनमा आएको कमी र खाडी मुलुकमा चर्किएको युद्धको असरले नेपालको अर्थतन्त्रमा समेत असर पारेको विश्व बैंकको भनाइ छ । तरपनि  नयाँ सरकार गठन हुनु र आर्थिक सुधारका पक्षमा काम हुँदै जाँदा यो अवस्थामा अझ सुधार हुन सक्ने समेत विश्व बैंकका अधिकारीहरूले बताएका छन् । मध्यपूर्वमा जारी द्वन्द्व र भदौमा भएको आन्दोलनको प्रभाव अर्थतन्त्रमा देखिने समेत विश्व बैंकले…

बहुराष्ट्रिय ठूला कम्पनी वा त्यसको लगानी भित्र्याउन अर्थमन्त्रीकाे आग्रह
आर्थिक परिवेश

१७ चैत, काठमाडौं ।    नेपाल उद्योग परिसंघ (सीएनआई) ले अर्थमन्त्री डा. स्वर्णीम वाग्लेसँग मुलुकको अर्थतन्त्रका विषयमा छलफल गरेको छ । अध्यक्ष वीरेन्द्रराज पाण्डे नेतृत्वको सीएनआई टोलीले सोमबार साँझ बधाई तथा शुभकामना दिँदै अर्थतन्त्रका विद्यमान समस्या एवम् समाधानका उपायका विषयमा छलफल गरेको हो । सो अवसरमा परिसंघका अध्यक्ष पाण्डेले आम नेपाली जनताले चाहेको सुशासन तथा उच्च आर्थिक वृद्धिको अपेक्षा हासिल गर्न तत्कालीन, मध्यकालीन र दीर्घकालीन रुपमा सरकारले विशेष ध्यान दिनुपर्ने विषयमा सुझाव दिनु भएकाे छ । उहाँले अर्थमन्त्रीको कार्यभार सम्हाल्ने क्रममा मन्त्री वाग्लेले दोस्रो चरणको आर्थिक सुधार, असान्दर्भिक तथा धेरै पुराना ऐन खारेज गर्ने प्रतिबद्धताको स्वागत गर्नु भयाे  । साथै…

वैदेशिक रोजगारीमा जानेले सरकारी अस्पतालबाट स्वास्थ्य परीक्षण गर्न सक्ने
आर्थिक परिवेश

१७चैत काठमाडौँ ।    श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण सरकारी मान्यता प्राप्त जुनसुकै अस्पतालबाट परीक्षण गर्न पाउने व्यवस्था गरेको छ । मन्त्री दिपककुमार साहको नेतृत्वमा आज बसेको मन्त्रिस्तरीय बैठकले वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्न चाहने स्वास्थ्य संस्थाका लागि सूचीकरण खुला गर्ने र स्वास्थ्य संस्था सूचीकरण, नवीकरण तथा अनुगमनसम्बन्धी कार्यविधि, २०७२ को दफा ३ को व्यवस्थाबमोजिम आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय पनि गरेको छ । नेपाल मेडिकल व्यवसायी सङ्घका महासचिव कृष्णप्रसाद  बजगाईँले सरकारले कार्यविधिमा भएको व्यवस्था लागू गराउनु सकारात्मक देखिए पनि निजी क्षेत्रका स्वास्थ्य संस्था र व्यवसायीलाई व्यवस्थापन गर्नुपर्ने बताउनुभयो । श्रम…

गैरआवासीय नेपाली संघ निर्वाचन सबै पदमा सर्वसम्मत
आर्थिक परिवेश

०४ चैत्र, काठमाण्डौ ।   गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशनबाट नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ । महाधिवेशनले संघको अध्यक्षमा डा. हेमराज शर्मा बेलायतलाई सर्वसम्मत रूपमा निर्वाचित गरेको छ । त्यस्तै वरिष्ठ उपाध्यक्षमा रोबिनप्रसाद शेरचन (जापान) निर्विरोध निर्वाचित हुनु भएको छ । त्यसै गरी उपाध्यक्ष पदमा रोशन थापा (जाम्बिया),बुद्धि सुबेदी (अमेरिका), चिन्तामणि सापकोटा (स्पेन), ददिवाल खड्का (जापान), दिनेश पोखरेल (अष्ट्रेलिया), गोपीकृष्ण काफ्ले (क्यानडा) निर्विरोध निर्वाचित हुनु भएको छ ।   त्यसै गरी डा. ज्ञानेन्द्र रेग्मी (अष्ट्रेलिया), जुनु गुरुङ (दक्षिण कोरिया), कमल मणि गुरागाईं (कतार), खगेन्द्र न्यौपाने (मलेसिया), लोक प्रसाद दाहाल (बेल्जियम), महेन्द्र ओली (अष्ट्रेलिया), मनोजकुमार श्रेष्ठ (यूएई), प्रबिन…