अर्थमन्त्री वाग्ले र एडिवि अध्यक्ष बीच भेट वार्ता
आर्थिक परिवेश

२२ असार, काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्ले र एसियाली विकास बैङ्क (एडिबी) का अध्यक्ष मासातो कान्डाबीच सहकार्यका विविध क्षेत्र र बैंकले उपलब्ध गराइरहेको सहयोगलगायतका विषयमा छलफल भएको छ । सिंहदरबारस्थित अर्थ मन्त्रालयमा आज भएको भेटमा अर्थमन्त्री डा वाग्लेले नेपालको विकासका लागि बैंकका तर्फबाट प्राप्त सहयोग र लगानी परिचालनका लागि अध्यक्ष कान्डालाई धन्यवाद दिनुभयो । उहाँले आगामी दिनमा समेत निरन्तर सहयोगका लागि आग्रह गर्नुभएको थियो । अर्थमन्त्री डा वाग्लेसँगको भेटमा अध्यक्ष कान्डाले नेपालको विकासका लागि बैङ्कको तर्फबाट उच्च प्राथमिकताका साथ सहयोग उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गर्नुभएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ ।

सामाजिक सञ्जाल प्रतिबन्धको उल्लङ्घन गर्नेलाई रोक्न दोब्बर बढी आर्थिक जरिवाना
आर्थिक परिवेश

१३ असार, सिड्नी अष्ट्रेलिया  ।   अष्ट्रेलिया सरकारले विश्वमा नै पहिलो पटक १६ वर्षमुनिका किशोर किशोरीहरूका लागि लागू गरेको सामाजिक सञ्जाल प्रतिबन्धको उल्लङ्घन गर्नेलाई रोक्न प्लेटफर्महरूलाई पहिलेको भन्दा दोब्बर बढी आर्थिक जरिवाना लगाउने घोषणा गरेको छ । अष्ट्रेलिया सरकारले शनिबार त्यसताे विषयमा  जानकारी दिएको हो। नयाँ कानुनले प्रणालीगत उल्लङ्घनमा अधिकतम जरिवाना अस्ट्रेलियन डलर ९९ मिलियन (६८ मिलियन अमेरिकी डलर) पुर्‍याउने छ । अनलाइन नियामक निकाय इ–सेफ्टीलाई प्लेटफर्महरूलाई नियमन गर्न  थप सशक्त बनाउनेछ । सरकारले जारी गरेको विज्ञप्तिमा स्वतन्त्र नियामकले फेसबुक, इन्स्टाग्राम, स्न्यापच्याट, टिकटक र युट्युबको सम्भावित गैर–अनुपालनको ‘सक्रिय अनुसन्धान’ गरिरहेको जनाएको छ। यसैसम्बन्धमा प्रधानमन्त्री एन्थोनी अल्बानीजले भन्नुभयो, “ठूला प्रविधि कम्पनीहरूले कानुन…

जर्मनीले नेपाललाई ३ करोड ७६ लाख युरो बराबरको सहयाेग गर्ने
आर्थिक परिवेश

०३ असार, काठमाडौँ।   सङ्घीय गणतन्त्र जर्मनीले नेपालसँगको विकास साझेदारीलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्दै आगामी दुई वर्षका लागि ३ करोड ७६ लाख युरो बराबरको प्राविधिक तथा वित्तीय सहयोग गर्ने जनाएको छ । मङ्गलबार यहाँ सम्पन्न नेपाल–जर्मनी विकास सहकार्यसम्बन्धी द्विपक्षीय वार्तामा उक्त रकम प्रदान गर्ने घोषणा भएको हो । दुवै देशले ऊर्जा, दिगो आर्थिक विकास तथा स्वास्थ्य क्षेत्रलाई आगामी सहकार्यका प्रमुख प्राथमिकताका रूपमा अघि बढाउने सहमति गरेका यहाँस्थित जर्मनीको राजदूतावासले जनाएको छ । वार्तामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका प्रमुख धनीराम शर्माले गर्नुभएको थियो । जर्मन प्रतिनिधिमण्डलको नेतृत्व जर्मनीको आर्थिक सहयोग तथा विकाससम्बन्धी सङ्घीय मन्त्रालय…

परराष्ट्रमन्त्री खनाल चीनको चार दिवसीय भ्रमणमा
आर्थिक परिवेश

 ३१ जेठ,काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीनको चार दिवसीय भ्रमणमा आज बेइजिङतर्फ प्रस्थान गर्नुभएको छ । परराष्ट्र मन्त्रालयका अनुसार चीनमा रहँदा मन्त्री खनालले आफ्ना समकक्षी वाङसँग नेपाल–चीन सम्बन्ध अझ सुदृढ बनाउने तथा आपसी सहकार्यलाई अझ सबल बनाउने सम्बन्धमा द्विपक्षीय वार्ता गर्नुहुने छ । साथै उहाँले चीनका उच्च अधिकारीहरूसँग पनि बेग्लाबेग्लै भेटवार्ता गर्नुहुनेछ । मुलुकमा वैदेशिक लगानी भित्र्याउने उद्देश्यले बेइजिङस्थित नेपाली दूतावासद्वारा आयोजना हुने लगानी सम्मेलनमा मन्त्री खनाल सहभागी हुनाका साथै चिनियाँ उद्यमी व्यवसायीसँग पनि उहाँले छलफल गर्नुहुने कार्यक्रम छ । परराष्ट्रमन्त्री खनालको सम्मानमा उक्त दूतावासले एक स्वागत समारोह आयोजना गर्नेछ । समारोहमा उहाँले नेपाली समुदायसँग अन्तरक्रिया…

समृद्ध बिम्स्टेक क्षेत्र निर्माणका लागि सहकार्य गर्न नेपाल सदैव प्रतिबद्ध  : प्रधानमन्त्री शाह
आर्थिक परिवेश

२३ जेठ, काठमाडौँ  ।   प्रधानमन्त्री वालेन्द्र शाहले ‘बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास’ (बिम्स्टेक) लाई क्षेत्रीय सहयोगका लागि एक गतिशील मञ्चका रूपमा उल्लेख गर्दै यसले क्षेत्रको विविधता, जीवन्तता र साझा सम्भावनालाई प्रतिबिम्बित गर्ने बताउनु भएकाे छ। बिम्स्टेकको २९औँ वार्षिकोत्सवका अवसरमा आज जारी सन्देशमा उनले यातायात, व्यापार तथा डिजिटल सञ्जालमा सम्पर्क सुदृढ गरी अर्थतन्त्रहरूको अझ गहिरो एकीकरणलाई प्रवर्द्धन गर्नुपर्ने आवश्यकतामा जोड दिनु भयाे । बिम्स्टेकको दीर्घकालीन शक्ति यसको जनतामा निहित रहेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले पर्यटन प्रवर्द्धन, युवा तथा उद्यमीहरूका लागि अवसर सिर्जना तथा जलवायु परिवर्तन र प्राकृतिक विपद्बाट उत्पन्न जोखिमप्रति प्रतिरोध क्षमता अभिवृद्धिका लागि थप प्रयास गर्न…