संयुक्त राष्ट संघमा थापाले पेश गर्नु भयाे ओहोदाको प्रमाणपत्र
आर्थिक परिवेश१६ भदाै, न्युयाेर्क । संयुक्त राष्ट संघका लागि नेपाली राजदुत महामहिम लाेकबहादुर थापाले महासचिव एन्टाेनियाे गुटेरस समक्ष ओहोदाको प्रमाणपत्र पेश गर्नु भएकाे छ । न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालय शुक्रवार आयोजित विशेष समारोहमा महामहिम थापाले, संयुक्त राष्ट्र संघका लागि नेपालका स्थायी प्रतिनिधिकाे रूपमा संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेर्रेसलाई आफ्नो ओहोदाको प्रमाणपत्र बुझाउनु भएकाे छ । प्रमाणपत्र पेश गरे पछि राजदूत थापाले महासचिव गुटेरेससँग शिष्टाचार भेट समेत गर्नु भएकाे छ । भेटकाे अवसरमा महासचिवले राजदूत थापालाई बधाई तथा स्वागत गर्नु भएकाे थियाे । महासचिवले राजदूत थापालाई संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी प्रतिनिधिको हैसियतमा कर्तव्य निर्वाह गर्न र नेपाल-संयुक्त राष्ट्र सम्बन्धलाई अझ…
तातोपानी नाकाबाट सर्वसाधारणकाे आवतजावत खुल्ने
आर्थिक परिवेश१४ भदाै,सिन्धुपाल्चोक । महाभूकम्प २०७२ पछि पहिलो पटक मानव आवतजावतका लागि तातोपानी नाका खुला हुने भएको छ । तिब्बतस्थित नेपाली महावाणिज्य दूतावासकाअनुसार चिनियाँ अधिकारीहरुसँगको बैठकले ८ वर्षपछि सो नाका भएर मानव आवतजावत खुला गर्ने निर्णय गरेको हो । लामो समय आवतजावत बन्द गरेको उक्त नाकामा चीनले शुक्रवारबाट आवतजावत खुला गर्न लागेको हो । गत मङ्गलवार तिब्बतको ल्हासामा चिनियाँ अधिकारी र नेपाली अधिकारीहरू बीच भएको बैठकले नाकाबाट स्थानीय सर्वसाधारण आवतजावत गर्न पाउने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले नाका खुलाउन नेपालकाे तर्फबाट गरिने तयारी सबै गरेकाे जानकारी दिनु भयाे । २०७२ सालको भूकम्पयता तातोपानी नाका बन्द हुँदै आएकोमा…
स्पष्ट परराष्ट्र नीतिले आर्थिक क्षमता वृद्धि हुन्छ : अर्थमन्त्री डा. महत
आर्थिक परिवेश१४ भदाै,काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले परराष्ट्र सम्बन्धलाई सशक्त ढंगले प्रस्तुत गर्ने क्षमता नेपालले विकसित गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । बिहीबार इन्स्टिच्युट फर स्टाटेजी एन्ड सोसियो इकोनोमिक रिसर्चले आयोजना गरेको साना राज्यको क्षमतासम्बन्धी गोष्ठीमा नेपालमा नेभिगेटिङ प्रतिस्पर्धा र परराष्ट्र नीतिका प्राथमिकताहरुबारे सम्बोधन गर्दै मन्त्री डा. महतले राज्यको क्षमता, राष्ट्रिय संरचनाको क्षमता, आर्थिक, सामाजिक नीतिलाई सशक्त ढंगबाट कार्यान्वयन गर्ने क्षमताकाे विकासमा पिन जाेड दिनु भयाे । अर्थमन्त्रीले ‘प्रतिस्पर्धाको बीचमा हामीले कसरी हाम्रो प्राथमिकता सेट गर्नुभन्दा अगाडि क्षमता वृद्धि गर्नुपर्ने आवश्यक भएकाेमा जाेड दिनु भयाे । ‘सानो वा ठूलो देशले आफ्नो देशलाई केन्द्रविन्दूमा राखेर परराष्ट्र नीति सञ्चालन गरेका हुन्छन् ।…
चीनले प्रकाशित गरेकाे नयाँ नक्शाकाे विराेध गर्दाै बालेनकाे चीन भ्रमण स्थगित
आर्थिक परिवेश१४ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफ्नो निर्धारित चीन भ्रमण रद्द गर्नु भएकाे छ । चीन सरकारको निमन्त्रणामा पर्यटन प्रवर्द्धन तथा संस्कृति आदानप्रदानका लागि बिहीबार दिउँसो बालेनको बेइजिङतर्फ जाने तय भएको थियो । तर चीन सरकारले हालै आफ्नो नक्सा सार्वजनिक गर्दा नेपालको नयाँ नक्सा अनुसारको भूभाग नदेखाएको र नेपाली भूभाग भारततिर देखाएको भन्दै उनले चीन भ्रमण रद्द गर्नु भएकाे हाे । ‘नेपाली भूभागलाई चीनले नेपाललाई नै नसोधी भारतको देखाउनु हाम्रो संवेदनशीलतामाथि चालेको गलत कदम मानेका छौं । त्यसैले आज मेरो चीनको निमन्त्रणामा हुँदै गरेको ५ दिने भ्रमण नैतिकताको आधारमा नजाने निर्णय गरेको छु’, सामाजिक सञ्जालमा बालेनले लेखेकाे…
एमसीसी परियोजनाको कार्यान्वयन शुरु ५ बर्षमा सम्पन्न गर्ने पदाधिकारीहरुको प्रतिवद्धता
आर्थिक परिवेश१३ भदौ, काठमाडौ । अमेरिकाको सहयोगमा संचालन हुने मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) अर्न्तगतकाे एमसिसि कम्प्याक्ट परियोजना आज भदौ १३ गते बुधबारदेखि कार्यान्वयन शुरु भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महत र एमसीसीका कम्प्याक्ट सञ्चालन सम्बन्धी उपाध्यक्ष क्यामेरोन अल्फोर्डले बुधबार अर्थ मन्त्रालयमा एमसीसी नेपाल कम्प्याक्ट कार्यान्वयन चरणमा प्रवेश सम्बन्धी पत्र आदानप्रदान गर्नु भयो । यो सँगै पाँच वर्षको समय तोकिएको एमसीसी परियोजना कार्यान्वयनमा आएको हो । कार्यक्रममा अर्थमन्त्री डा. प्रकाशशरण महतले परियोजना अन्र्तगत नेपालमा प्रमुख दुई पूर्वाधारहरु निर्माण गरिने भएकोले त्यसले नेपालको आर्थिक तथा पूर्वाधार क्षेत्रको विकासमा महत्वपूर्ण सहयोग पुग्ने बताउनु भयो । उहाँले एमसीसी कम्प्याक्ट नेपाल आयोजना मार्फत भरपर्दो सडक…