पीपीपी परियोजनालाई लगानी सम्भाव्य बनाउन इच्छुक प्रधानमन्त्री देउवा
आर्थिक परिवेश

काठमाडौँ । World Association of Public Private Partnerships Units and Professionals (WAPPP) का प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेको छ । उक्त भेटमा प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा पीपीपी अन्तर्गत स्वच्छ र नवीकरणीय उर्जा, दिगो एवं उत्थानशील पर्यटकीय एवं स्वास्थ्य, शिक्षा, सूचना–प्रविधि, सुरक्षित सहरी पूर्वाधार, विद्युतीय यातायात, सुरुङमार्ग, सडक, औद्योगिक उत्पादन, कृषि प्रशोधन लगायत विविध क्षेत्रमा लगानीको सम्भाव्यता रहेको बताउनुभयो । प्रधानमन्त्री देउवाले पीपीपी परियोजनालाई लगानी सम्भाव्य बनाउन WAPPPको विज्ञताको लाभ लिन इच्छुक रहेको बताउनुभयो। उहाँले नेपाल लगानीका लागि उदयमान गन्तव्य भएकाले त्यसको सन्देश लिएर सद्‍भावना दूतका रूपमा नेपालको समृद्धितर्फको यात्रामा साझेदार बन्न प्रतिनिधिमण्डललाई आग्रह गर्नुभयो । भेटमा WAPPP का…

विदेश भ्रमणमा जाने नेपालीले मनिचेञ्जरमार्फत  २०० डलर साट्न पाउने
आर्थिक परिवेश

  नेपाल राष्ट्र बैंकले विदेश भ्रमणमा जाने नेपालीले मनिचेञ्जरमार्फत  २०० डलर साट्न पाउने भएका छन्। केन्द्रिय बैंकले बुधबार एक सर्कुलर जारी गर्दै २०० डलरसम्मको मात्रै सटहि सुविधा उपलब्ध गराउने बताएको छ। केन्द्रिय बैंकले मनिचेञ्जरहरुलाई निर्देशन जारी गर्दै विदेश भ्रमणमा जाने नागरिकले राहदानी वापत २०० अमेरिकी डलरसम्मको मात्रै सटही सुविधा प्रदान गर्न सक्ने जनाएको छ। विदेशी मुद्रा सञ्चिति घट्दै गएको अवस्थामा विदेशी मुद्रा जोगाउन केन्द्रिय बैंकले यस्तो व्यवस्था गरेको हो। यस अघि बैंकहरुमार्फत १५०० सम्मको सुविधा पाइन्थ्यो।

गैरआवासीय नेपाली संघ र राष्ट्रिय प्रकृती संरक्षण कोषका प्रतिनिधिविच भेट
आर्थिक परिवेश

काठमाडौं । गैरआवासीय संघका अध्यक्ष डा बद्रि केसि र राष्ट्रिय प्रकृती संरक्षणकोषका सदस्य सचिव शरद चन्द्र अधिकारी लगायतका प्रतिनिधिहरु वीच खुमलटारमा रहेको कोषको कार्यलयमा भएको छ। कोषका सदस्य सचिवले स्वागत गर्दै कोषले स्थापनाकाल देखी गर्दै आएको गतिविधिहरुबारे जानकारी गराउनुभयो । साथै कोषले गरेका क्रियाकलापबारे प्रस्तुतीकरणा समेत गरिएको थियो । मुख्यतया प्रस्तुतीकरणमा कोषले झापा, चितवन, वर्दिया शुक्लाफाट लगायतका विभिन्न तराईका जिल्लाहरुमा समुदायमा आधारीत वन जन्तु संरक्षण, वातावरण संरक्षण लगायतका कार्यक्रमहरुको हाइलाईट गरिएको थियो । जको भेटघाटको मुख्य उद्देश्य संरक्षण कोषले विविध क्षेत्रमा संचालन गरिरहेका कार्यक्रममध्ये कुन क्षेत्रमा सहकार्य गर्न सकिन्छ बारेमा केन्द्रित रहेको थियो । कार्यक्रमको अन्त्यमा संघका अध्यक्ष डा केसिले…

‘एनआरएनलाई डलर खाता खोल्न दिने बारेमा छलफल जारी’
जनार्दन शर्मा

काठमाडौं । गैर आवसीय नेपाली (एनआरएन)लाई डलर खाता खोल्न दिने बारेमा छलफल भइरहेको अर्थमन्त्री जनार्दन शर्माले बताउनुभएको छ । मंगलबार राष्ट्र बैंक परिसरमा आयोजित वित्तीय क्षेत्रको समसामयिक अवस्था बारेको समीक्षात्मक कार्यक्रममा अर्थ मन्त्री शर्माले डलरको सञ्चितिको अवस्थालाई सन्तुलनमा राख्न त्यस सम्बन्धमा छलफल भएको जानकारी दिनुभयो । एनआरएनएहरुलाई डलरमा खाता खोल्न दिने र उनीहरूले यहाँ पैसा राख्न पाउने, ब्याज पाउने र उता लैजान पाउने सहज खालको वातावरण निर्माण गर्नेबारे छफफल भइरहेको पनि अर्थ मन्त्रीले बताउनुभयो । अर्थमन्त्री शर्माले पहिले पूर्ण रूपमा डिजिटल कारोबार लागू गर्ने वातावरण बनाएर मात्रै डिजिटल साक्षरता व्यपाक रुपमा विस्तार गरेर मात्र डिजिटल करेन्सीमा जान सकिने उल्लेख गर्नुभयो…

विश्व व्यापार संगठन मन्त्रिस्तरीय बैठक
आर्थिक परिवेश

विश्व व्यापार संगठन (डब्लुटिओ) को १२ औ मन्त्रिस्तरीय बैठक यही नोभेम्बर ३०देखि डिसेम्बर ३ सम्म स्वीटजरल्याण्डको जेनेभामा आयोजना हुने भएको छ । बैठकमा नेपाली विश्व व्यापार संगठन सहभागिता जनाउने गरी आवश्यक तयारी भएको उद्योग बाणिज्य तथा आपूर्ती मन्त्रालयले जनाएको छ । बैठकको क्रममा भूपरिवेष्ठित र अतिकम विकसित मुलुकहरुले विश्व व्यापारको क्रममा भोग्नु परेका साझा समस्या, कोरोना पछिको खोपको उपलब्धता, अतिकम विकसित मुलुकहरुको स्तरोन्त्ती तथा सदस्य मुलुकहरुले दिगो विकासका लक्ष्य प्राप्तीका सन्दर्भमा प्राप्त गरेका उपलब्धीहरुका वारेमा छलफल हुने मन्त्रालयले जनाएको छ । बैठकको क्रममा नेपालले प्रस्तुत गर्ने अवस्थापत्र (पोजिसन पेपर)को तयारीका लागि मन्त्रालयले सम्बन्धीत विषयमा सरोकार भएकाहरु संग छलफल समेत गरेको…