उखु किसानलाई एक अर्ब ६० करोड अनुदान दिन माग
आर्थिक परिवेश

०१ असार  काठमाडौँ ।   नेपाल किसान महासङ्घ र अखिल नेपाल किसान महासङ्घले उखु उत्पादक किसानलाई रु एक अर्ब ६० करोड अनुदान उपलब्ध गराउन माग गरेका छन् । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा महासङ्घले उखु उत्पादक किसानलाई दिइँदै आएको अनुदानलाई निरन्तरता दिँदै चालु आर्थिक वर्षको अनुदान करिब एक अर्ब ६० करोड किसानलाई यथाशीघ्र भुक्तानी गर्नुपर्ने माग गरेका हुन् । उनीहरु दुग्ध उत्पादक किसानहरुको वक्यौता रकम यथाशीघ्र भुक्तानी गर्नुपर्ने, धान र मकैका लागि अति आवश्यक रहेको रासायनिक मलको पर्याप्त उपलब्धताको सुनिश्चितता गर्नुपर्ने समेत माग गरेका हुन् । “राष्ट्रियसभा दिगो विकास तथा सुशासन समितिले, विसं २०७९ साउन १६ गते अर्थमन्त्रालय र उद्योग तथा…

नेपालका रैथाने बाली जोगाउन तथा संरक्षणमा जाेड
आर्थिक परिवेश

 १२ जेठ,   चितवन ।      नेपालमा उत्पादन हुँदै आएको रैथाने बाली जोगाउन तथा संरक्षण गर्न सरोकारवालाले जोड दिएका छन् । रैथाने बालीको संरक्षण र उत्पादनमा आदिवासी जनजातिको प्रमुख भूमिका रहेको भन्दै  प्रोत्साहन गर्नुपर्नेमा जोड दिइएको हो । फुड एण्ड एग्रीकल्चर अर्गानाईजेसन( एफएओ)को आयोजनामा सौराहामा आयोजित ‘आदिवासी जनजाति विधिमा आधारित जैविक पुरस्थापना र खाद्य प्रणालीहरूको परिचयात्मक पद्धति’ विषयक कार्यशाला गोष्ठीका वक्ताहरूले रैथाने बाली लोप हुँदै गएकोमा चिन्ता व्यक्त गरेका थिए । कार्यशालाको उद्घाटन सत्रमा बोल्दै वाग्मती प्रदेशका वनमन्त्री कृष्ण सिलवालले यहाँका आदिवासीले जङ्गली जनावर र औलो सँग लड्दै रैथाने बाली स्थापना गर्न सहयोग पुर्याएको बताए । ‘यहाँका जल जमिन जङ्गल…

२५ हजार टन रासानिक मल वीरगन्ज भित्रियाे
आर्थिक परिवेश

०४ बैशाख, वीरगन्ज ।   आगामी वर्षे धानबाली लाई लक्षित गर्दै वीरगन्ज नाकाबाट एक महिनाको अवधिमा कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले ग्लोबल टेन्डरमार्फत आयात गरेको १५ हजार टन डीएपी र १० हजार टन युरिया गरी २५ हजार टन मल वीरगन्ज भित्रिएको छ । कृषि सामग्री कम्पनी वीरगन्ज प्रादेशिक कार्यालयका प्रमुख दुर्गाप्रसाद पाण्डेका अनुसार, भारतको कोलकाताबाट मल बोकेर रेल्वे र्‍याक वीरगन्ज आइपुगेका छन् । एउटा रेल्वे र्‍याकले सामान्यतया २ हजार ५ सय टन मल बोक्छ । कुल ६ र्‍याक मल मध्ये  सीमापारि भारतीय रेल्वे स्टेसन रक्सौलमा ३ र सिर्सिया सुक्खा बन्दरगाह हुँदै कम्पनीको गोदाममा मा ३ र्‍याक मल आइपुगेको…

कूटनीतिक प्रतिनिधिहरुलाई इलामको भ्रमण गराइयाे
आर्थिक परिवेश

०३ बैशाख काठमाडाै  ।   नेपालमा रहेका विभिन्न मुलुकका कूटनीतिक प्रतिनिधिहरुलाई नेपालको पर्यटकीय गन्तव्य इलामको भ्रमण गराइ पर्यटन प्रवर्द्धन गरिएको छ । नेपालको पूर्वी पहाडी गन्तव्य इलामको प्राकृतिक,संस्कृतिक सौन्दर्य, संस्कृति र पर्यटन सम्भावनाको प्रवर्द्धन गरिएको हो । परराष्ट्र मन्त्रालयको समन्वयमा नेपाल पर्यटन बोर्डले आयोजना गरेको उक्त भ्रमणले इलामको पर्यटन गन्तव्यका रूपमा प्रवर्द्धन गर्न सहयोग पुर्याएको बोर्डले विज्ञप्तिमार्फत जनाएको छ । परराष्ट्रमन्त्री आरजु राणाको नेतृत्वमा सहभागी राजदूत तथा अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधिहरूले इलामको शान्त वातावरण, पहाडी जीवनशैली, प्राकृतिक र सांस्कृतिक विविधता अनुभव गरेका छन् । भ्रमणले स्थानिय संस्कृति र पर्यटन सम्भावनालाई अन्तर्राष्ट्रिय प्रतिनिधिहरूसाम प्रस्तुत गर्ने अवसर प्रदान गरेको बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज…

प्रहरी टोलीले नलगाड नगरपालिकामा अबैध रूपमा लगाइएको अफिम खेती नष्ट
आर्थिक परिवेश

 २६ चैत्र,  जाजरकोट । ईलाका प्रहरी कार्यालय नलगाड दल्लीबाट खटिएको प्रहरी टोलीले नलगाड नगरपालिका-१ खौलागाउँमा अबैध रूपमा लगाइएको अफिम खेती नष्ट गरेको छ। प्रहरी निरीक्षक सन्तोष चन्दका अनुसार, खौलागाउँका विभिन्न स्थानमा लगाइएको ६५ रोपनी जग्गामा गैरकानूनी रूपमा उमारिएका अफिमका बोटहरू पूर्ण रूपमा नष्ट गरिएको जानकारी दिएका छन्। प्रहरी टोलीले फूल फुलेका अफिमका बोटहरू नष्ट गरेका छन्। प्रहरी नायव निरीक्षक अर्जुन खडकाको नेतृत्वमा रहेको २० जनाको टोलीले अफिम नष्ट गरेको हो। अफिम खेती प्रायः गहुँखेतीको बीचमा र पाखो बारीमा गरिएको थियो। जाजरकोट प्रहरीले विभिन्न समयमा अवैध अफिम खेतीको फडानी गर्दै आएको जानकारी दिएको छ। तथापि, स्थानीयहरूले प्रहरीको चेतावनीलाई बेवास्ता गर्दै अफिम खेती…