
०७ असाेज,काठमाडौँ । आगामी खेती यामका लागि आवश्यक रासायनिक मल खरिद गर्न अर्थ मन्त्रालयले १० अर्ब रूपैया बराबरको स्रोत सहमति दिएको छ।
कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले आगामी याममा किसानलाई आवश्यक रासायनिक मल सहज रूपमा आपूर्ति गर्न तयारी अघि बढाउनु भएको छ।
स्रोत सहमति प्राप्त भएसँगै उक्त रकमबाट आवश्यक मल खरिदका लागि टेन्डर आह्वान गर्ने प्रक्रिया अघि बढाउने तयारी गरिएको मन्त्री चौधरीको सचिवालयले जनाएको छ।
किसानले खेती गर्ने समयमा मल अभाव व्यहोर्न नपरोस् भन्ने उद्देश्यले समयमै मलको व्यवस्थापन, खरिद प्रक्रिया र आपूर्ति व्यवस्थापनलाई प्राथमिकताका साथ अघि बढाउन मन्त्री चौधरीले निर्देशन दिनुभएको छ।
मा प्रकाशित