उखु किसानहरुलाई प्रोत्सहान अनुदान रकम निकासा
आर्थिक परिवेश

११ भदाै काठमाडौँ।   सरकारले उखु किसानहरुलाई प्रोत्सहान, अनुदान वापतको रकम निकासा गरेको छ । अर्थ मन्त्रालयले यसका लागि  ७५ करोड ४९ लाख ३८ हजार २४० निकासा गरेको हो । निकासा गरिएको रकम जिल्लास्थित कोष तथा लेखा नियन्त्रकको कार्यालयमार्फत किसानको बैंक खातामा भुक्तानी हुने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ  । मन्त्रिपरिषद्को बैठकले यसपटक उखु किसानलाई प्रतिक्विन्टल  ३५ अनुदान उपलब्ध गराउने निर्णय गरे पनि प्राविधिक कारण जनाउँदै अर्थ मन्त्रालयले निकासा गर्न ढिलाइ गरेको थियो । यो रकम प्राप्त हुन नसक्दा उखु किसानले काठमाडौँ केन्द्रित आन्दोलन गर्दै आएका छन् । यसअघि उखु किसानहरुले प्रतिक्विन्टल  ७० प्रोत्साहन स्वरुप पाउँदै आएका थिए ।…

कृषि क्षेत्रलाई व्यावसायिक आत्मनिर्भर तथा औद्योगिकृत गर्ने सरकारकाे रणनीतिक याेजना
आर्थिक परिवेश

 ०३ भदाै,  काठमाडौँ ।   सरकारले कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउने र थप व्यवस्थित गर्ने लक्ष्यका साथ पाँचवर्षे खाद्यप्रणाली रुपान्तरणको रणनीतिक योजना अघि सारेकाे छ । राष्ट्रिय योजना आयोगले तयार पारेको पाँचवर्षे खाद्यप्रणाली रुपान्तरणको रणनीतिक योजनामा कृषि क्षेत्रलाई व्यावसायिक बनाउने, आत्मनिर्भर हुने र औद्योगिकीकरण गर्ने विषयलाई प्रमुख प्राथमिकतामा राखिएको छ । उक्त रणनीतिको सोच समतामूलक, उत्थानशील र दिगो खाद्य प्रणालीको विकास गर्ने रहेको छ । सबैका लागि स्वच्छ तथा पोषणयुक्त खाद्य पहुँच सुनिश्चित गर्ने, दिगो उपभोग पद्धति अवलम्बन गर्ने, प्रकृतिमैत्री उत्पादन प्रणाली अनुशरण गर्ने, समन्यायिक जीविकोपार्जनको अवस्थामा बढोत्तरी गर्ने रणनीतिकाे  लक्षय रहेकाे छ । त्यसै गरी   विपद् तथा जोखिमविरुद्ध उत्थानशील खाद्यप्रणाली निर्माण…

देशभर भदौ १ सम्म ९४.१५ प्रतिशत धान रोपाइँ सम्पन्न
आर्थिक परिवेश

०१ भदौ, काठमाडौ ।  यही  भदाै  १ गते सम्म मुलुकभर ९४ प्रतिशतभन्दा बढी क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको छ । यो परिमाण गत वर्षको सोही अवधिको दाँजोमा ४ प्रतिशतभन्दा कम हो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उपलब्ध गराएको तथ्यांक अनुसार भदौ १ गतेसम्म ९४.१५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । गत बर्ष भदौ २ सम्ममा ९८.४४ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो । मन्त्रालयका अनुसार धान रोपाइँ हुने क्षेत्रफलमध्ये भदौ १ गते सम्म १२ लाख ९५ हजार ८ सय ८७ हेक्टरमा धान रोपाइँ भएको छ । प्रदेशगतरुपमा हेर्दा कोशीमा साउन २५ सम्म ९४.४२ प्रतिशत रोपाइँ भएको छ । कोशीमा…

गत वर्ष नेपालमा फूलको आयात घट्याे निर्यात वृद्धि
आर्थिक परिवेश

२७ साउन, काठमाण्डौ ।    गत आर्थिक वर्षमा नेपालमा हुने फूलको आयातमा कमी भएको छ । आर्थिक वर्ष २०८०/८१ मा २७ करोड ६९ लाख बराबरको आयात गरिएको फूल गत आर्थिक वर्ष २०८१/८२ मा १२ करोड ६० लाखको मात्र आयात भएको फ्लोरिकल्चर एसोसिएसन जनाएको छ । नेपाल फ्लोरिकल्चर एसोसिएसनका अध्यक्ष राजेशभक्त श्रेष्ठले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा फुलको १५ करोडले आयातमा कमी आएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक बर्षमा फूलकाे  निर्यात भने बढेको छ । अघिल्लो आर्थिक वर्षमा एक करोड दुई लाख बराबरको फूल विभिन्न देशमा निर्यात भएको थियो भने गत आर्थिक वर्षमा दुई करोड १३ लाखको…

रासायनिक मलको आपूर्ति व्यवस्था र उत्पादन वृद्धिबारे तीन दिनभित्र ठोस योजना ल्याउन प्रधानमन्त्रीको निर्देशन
आर्थिक परिवेश

२७ साउन, काठमाण्डौ ।    प्रधानमन्त्री केपी शर्मा ओलीले कृषि मल व्यवस्थापन र उत्पादन वृद्धि गर्ने ठोस योजना ल्याउन  सम्वद्ध पदाधिकारीहरुलाइ निर्देशन दिनुभएको छ । सिंहदरबारमा मंगलवार कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारी र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसहित सम्बन्ध अधिकारीसँग छलफलपछि प्रधानमन्त्री ओलीले तीन दिनभित्र सम्पादन गर्ने गरी तीन बुँदे निर्देशन दिनुभएको हो । प्रधानमन्त्री ओलीले रासायनिक मल आपूर्तिको व्यवस्था चुस्त दुरुस्त गराउन नयाँ ढाँचासहितको ठोस योजना ल्याउन निर्देशन दिनुभएको हाे  । त्यसैगरी कम्पोष्ट र अर्गानिक मलको उत्पादन र प्रयोगका लागि राष्ट्रिय अभियान सञ्चालन तथा यसमा अनुदान नीतिको प्रस्ताव ल्याउन र माटोको उर्बरता बचाउने खालको रासयनिक मल कारखाना…