पुनःनिर्माण तथा पुनःस्थापनाको कार्य पूर्ण नतिजा नआएसम्म निरन्तर हुने
आर्थिक परिवेशकाठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले हाम्रो एकता र सामूहिक प्रयास बाट नै हामी यस सङ्कटलाई परास्त गर्न सफल हुनेमा आशा व्यक्त गर्नुभएको छ । आज सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट सृजित सङ्कट समाधानमा नेपाल सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिएको उल्लेख गर्नुभएको छ । प्रभावित प्रत्येक व्यक्तिसम्म राहत पुर्याउने र पुनःनिर्माण तथा पुनःस्थापनाको कार्यलाई पूर्ण नतिजा नआएसम्म निरन्तर जारी राख्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभएको छ । “विगत पाँच दिनदेखि हाम्रो देशले अकल्पनीय र हृदयविदारक प्राकृतिक विपद्को सामना गरिरहेको छ । रसुवाको भोटेकोशी नदीमा गएको भीषण बाढीले पुर्याएको जनधन तथा भौतिक क्षतिको पूर्ण विवरण सङ्कलन गर्न अझै…
अवरुद्ध काठमाडौं-मुग्लिन-नारायगण सडक खण्ड पुनः पूर्णरूपमा सञ्चालनमा
आर्थिक परिवेश१४ भदौ, काठमाडौं । आइतबार बिहान केहीबेर अवरुद्ध काठमाडौं-मुग्लिन-नारायगण सडक खण्ड पुनः पूर्णरूपमा सञ्चालनमा आएको छ । रसुवाको भोटेकोशी नदीमा बाढीको बहाब बढेको सूचनापछि नारायणगढबाट मुग्लिङ हुँदै पोखरा र काठमाडौँतर्फ जाने तथा आउने सबै प्रकारका सवारीसाधन चलाउन प्रहरीले रोक लगाएको थियो । भोटेकोशी बाढीको बहाब जोखिमपूर्ण नभएको सूचना जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले गराएपछि पुनः यातायात सञ्चालन गरिएको चितवन प्रहरीले जनाएको छ ।
बाढीमा परी बेपत्ता भएकामध्ये ६१६ जनाको शव फेला
आर्थिक परिवेश१३ भदौ, काठमाडौं । रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकामध्ये ६१६ जनाको शव फेला परेको छ । नेपाल प्रहरीका अनुसार शनिबार बिहान ७ बजेसम्म बेपत्तामध्ये ६१६ जनाको शव फेला परेको छ । जस अनुसार रसुवामा १३, नुवाकोटमा ४१, धादिङमा ४५, चितवनमा २३३, गोरखामा ४८,तनहुँमा ३१, नवलपरासी पूर्वमा १५८ र नवलपरासी पश्चिममा ४७ जनाको शव फेला परेको हो । प्रहरीका अनुसार विभिन्न स्थानबाट अहिलेसम्म २ हजार ३०१ जनाको उद्धार गरिएको छ । जसअनुसार रसुवाबाट ६७६,नुवाकोटबाट १ हजार ६२२ र धादिङबाट ३ जनाको उद्धार गरिएको छ ।
आइएफआरसीले १८ करोड ९६ लाख सहयोग गर्ने
आर्थिक परिवेश११ भदौ,काठमाडौँ । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तरराष्ट्रिय महासङ्घ (आइएफआरसी)ले तिब्बतबाट आएको बाढीसँगै भोटेकोशी नदीसहित त्रिशूली नदीमा आएको भीषण बाढी प्रभावितको खोज, उद्धार, पुनःस्थापनाका लागि तत्काल १८ करोड ९६ लाख २२ हजार (१२ लाख अमेरिकी डलर) सहयोग गर्ने भएको छ । रेडक्रसको स्वयंसेवक आपत्कालीन प्रतिकार्य टोलीमार्फत सक्रिय भएर प्रभावित क्षेत्रमा तत्काल खोज, उद्धार र राहत वितरण कार्यमा जुटिसकेका जनाउँदै आइएफआरसीले विपद् प्रतिकार्यमा निरन्तर जुट्न आग्रहसमेत गरेको छ । आइएफआरसीका महासचिव जगन चापगाईले भोटेकोशी बाढीको विपद् प्रतिकार्यलाई सुदृढ बनाउँदै तत्काल मानवीय सहायता पु¥याउन लागि आर्थिक सहयोग प्रदान गरिएको जानकारी दिनुभयो । आफ्नो सामाजिक सञ्जालमार्फत महासचिव चापागाईले भन्नुभएको छ, “आइएफआरसी नेपाल रेडक्रस…
भोटेकोशी नदीमा आएको बाढीका कारण हालसम्म १५७ जनाको मृत्यु
आर्थिक परिवेश११ भदाै, काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण हालसम्म १५७ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीले दिएको जानकारीअनुसार हालसम्म ३४ महिला, ६३ पुरुष, छ जना बालिका, सात जना बालक र ४७ जनाको पहिचान खुल्न सकेको छैन । प्रहरीका अनुसार रसुवामा तीन पुरुषको शव भेटिएको छ । साथै नुवाकोटमा छ महिला र सात पुरुष, धादिङमा १० महिला, १० पुरुष, एक बालिका तथा छ जना (पहिचान नखुलेको)को शव भेटिएको छ । गोरखामा दुई महिला, आठ पुरुष, एक बालक र पहिचान नखुलेका आठ जनाको शव भेटिएको छ । प्रहरीका अनुसार चितवनमा १३ महिला, १८ पुरुष, एक बालिका, चार बालक र…