सिचुआन एयरलाइन्सले मंगलवारदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा  व्यावसायिक चार्टर उडान गर्ने
आर्थिक परिवेश

०३ चैत्र,  काठमाडौँ ।   नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुगेको अवसरमा चीनको छेन्दुबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा  व्यावसायिक चार्टर उडान हुने भएको छ । सिचुआन प्रान्तको सहयोगमा सिचुआन एयरलाइन्सले मङ्गलबार चैत्र ५ गतेदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक नियमित व्यावसायिक चार्टर उडान गर्ने भएको हो । यस उडानले नेपाल र चीनबीचको हवाई सम्पर्कलाई अझ प्रभावकारी बनाउँदै पर्यटन प्रवर्द्धन, सांस्कृतिक आदान–प्रदान र व्यावसायिक सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउने नेपाल पर्यटन बोर्डको विश्वास छ । “पोखरा–छेन्दु उडानले मध्य र पश्चिम नेपालका यात्रुका लागि कम खर्चमा हवाई सेवामा सहज पहुँचका साथै चिनियाँ पर्यटकलाई सुन्दर सहर पोखराको अवलोकनको अवसर प्रदान गर्नेछ”, बोर्डले आज जारी गरेको…

विदेशी विनिमय सञ्चिति १६.१ प्रतिशतले बढ्याे १४.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त
आर्थिक परिवेश

२६ फागुन, काठमाडौ ।    चालु आर्थिक बर्षको ७ महिना सम्ममा नेपालको विदेशी मुद्रा सञ्चिति १६.१ प्रतिशतले बढेको छ । राष्ट्र बैंकका अनुसार कुल विदेशी विनिमय सञ्चिति १६.१ प्रतिशतले बढेर माघसम्म २३ खर्ब ६९ अर्ब ८ करोड पुगेको छ । गत असार मसान्तमा यस्तो सञ्चिति २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँबराबर रहेको थियो । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८१ असार मसान्तमा १८ खर्ब ४८ अर्ब ५५ करोड रहेकोमा माघ सकिँदा १३.९ प्रतिशतले वृद्धि भई २१ खर्ब ५ अर्ब १४ करोड पुगेको छ। बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति…

हिमालय एयरलाइन्सले चैत १८ गतेदेखि चीनको ल्हासामा उडान गर्ने
आर्थिक परिवेश

२० फागुन, काठमाण्डौ । हिमालय एयरलाइन्सले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यावसायिक उडान सुरु गर्ने भएको छ । हिमालयले एयरलाइन्सले आगामी चैत १८ गतेदेखि चीनको ल्हासामा उडान गर्न लागेको जनाएको हो । हिमालय एयरलाइन्सले हाल काठमाडौँबाट ल्हासासम्म सातामा पाँच उडान गरिरहेको छ । काठमाडौँ–ल्हासा–पोखरा–ल्हासा–काठमाडौँ जोड्ने गरी उडान गर्न लागेको हिमालय एयरलाइन्सले जनाएको छ । पोखरालाई ल्हासासँग जोड्न सातामा एक उडान गर्नेगरी उडान तालिका निर्धारण गरिएको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । ल्हासा उडानका लागि हिमा लय एयरलाइन्सले नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) सँग उडान अनुमति लिइसकेको छ । हिमालय एयरलाइन्सले ल्हासामा पहिलो ‘सेडुअल फ्लाइट’ गर्नेगरी उडान अनुमति मागेको र ल्हासा उडान…

भारी हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
आर्थिक परिवेश

१६ फागुन, रुकुमपूर्व । भारी हिमपातका कारण मध्यपहाडी लोकमार्गको लुकुम–पातीहाल्ना सडकखण्ड अवरुद्ध भएको छ । गएराति देखि परेको हिमपातका कारण उक्त सडक खण्ड अवरुद्ध भएको हो । अहिले सडकमा बाक्लो हिउँ जमेको कारण यातायात  सञ्चालनमा समस्या  भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुकुम पूर्वका प्रमुख राम औंतार चौधरीले जानकारी दिनुभएको छ । ट्राफिक प्रहरी प्रमुख चौधरीका अनुसार बिहान हिउँ  पन्छाउँदै यातायात सञ्चालन गर्दै आए पनि  हिउँ परिरहेकाले अहिले सवारीसाधन रोकिएका छन् । हरेक वर्षको यही समयमा हिउँले मध्यपहाडी लोकमार्गको लकुम–पातीहाल्ना खण्ड अवरुद्ध हुँदा यात्रुले समस्या झेल्दै आइरहेका छन्

सुदूरपश्चिम औद्योगिक व्यापार मेला उत्तराखण्डका पर्यटन मन्त्री सतपाल सिंह रावत दाैरा सुरुवालमा
आर्थिक परिवेश

१२ फाल्गुन , कञ्चनपुर ।   कञ्चनपुरको महेन्द्रनगरस्थित खुला मञ्चमा आइतवारदेखि सुदूरपश्चिम प्रदेशस्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव सुरु भएको छ । कञ्चनपुर उद्योग वाणिज्य सङ्घको आयोजनामा १० दिनसम्म सञ्चालन हुने यो महोत्सवको मुख्य नारा ‘कृषि, उत्पादन र स्वरोजगार: आर्थिक समृद्धिको आधार’ रहेको छ । सुदूरपश्चिमका विभिन्न समुदायका सांस्कृतिक झाँकीसहित शुभारम्भ गरिएको उद्घाटन समारोहमा नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, भारतको उत्तराखण्ड प्रदेशका संस्कृति, पर्यटन मन्त्री सतपाल सिंह रावत (सतपालजी महाराज)लगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको कञ्चनपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष पीताम्बर जोशीले बताउनुभयो । उहाँका अनुसार, महोत्सवले स्थानीय उत्पादन र सेवाको बजारीकरण गर्ने उद्देश्य राखेको छ…