सुनको मुल्य  फेरि २ लाख ७० हजार नाघ्याे
आर्थिक परिवेश

२७ पुस, काठमाडौं ।  आइतवार  नेपाली बजारमा  सुनको   मुल्य  फेरि २ लाख ७० हजार नाघेर पुन उच्च  अ‌‌कमा पुगेकाे  छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आइतवार प्रतितोला २ हजार ८ सय रुपैयाँले सुन महँगिएको हो । महासंघले यस दिनका लागि सुन प्रतितोला २ लाख ७० हजार ६ सय रुपैयाँ तय गरेको छ । यसअघि पुस १३ गते पनि यही मूल्यमा सुनको कारोबार भएको थियो । यो मूल्य नै उच्च हो । अघिल्लो दिन सुन तोलामा २ लाख ६७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । चाँदी आज तोलामा…

विदेशी विनिमय सञ्चिति २१.७ महिनाको वस्तु आयात र १८.२ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त
आर्थिक परिवेश

२५ पुष, काठमाण्डौ । चालु आर्थिक बर्ष २०८२/०८३ को मङ्सिर मसान्त सम्ममा नेपालको विदेशी मुद्राको सञ्चिति ३२ खर्ब ०१ अर्ब ४७ करोड रुपैया बराबर पुगेको छ । नेपाल राष्ट्र बैकले शुक्रवार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी प्रतिवेदना अमेरिकी डलरमा यस्तो सञ्चिति २०८२ असार मसान्तमा १९ अर्ब ५० करोड रहेकोमा २०८२ मङ्सिर मसान्तमा १३.५ प्रतिशतले वृद्धि भई २२ अर्ब १३ करोड पुगेको जनाइएको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८२ असार मसान्तमा २४१४ अर्ब ६४ करोड रहेकोमा २०८२ मङ्सिर मसान्तमा १८.७ प्रतिशतले वृद्धि भई २८६६ अर्ब ४७ करोड रुपैया पुगेको छ ।…

अमेरिकी डलरको मूल्य बढेर उच्च बिन्दुमा
आर्थिक परिवेश

 २५ पुष, काठमाडौँ।   नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य बढेर उच्च बिन्दुमा पुगेको छ । आज (शुक्रबार) अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ७४ पैसा र बिक्रीदर १४४ रुपैयाँ ३४ पैसा तोकिएको छ । विहीबार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ५२ पैसा र बिक्रीदर १४४ रुपैयाँ १२ पैसा थियो । आज युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ८५ पैसा र बिक्रीदर १६८ रुपैयाँ ५५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ २७ पैसा र बिक्रीदर १९४ रुपैयाँ ०८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८० रुपैयाँ २९ पैसा र बिक्रीदर १८१ रुपैयाँ ०५…

सुनकाे मुल्य एकै दिन २ हजार ९ सय रुपैयाँले बढ्याे
आर्थिक परिवेश

१८ पुस, काठमाडौं ।   तीन दिन लगातार ओरालो लागेको सुनचाँदीको मूल्य शुक्रबार उकालो लागेको छ । शुक्रबार सुनको मूल्य प्रतितोला २ हजार ९ सय रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा २ लाख ५९ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन शुक्रबार २ लाख ६२ हजार ५ सय रुपैयाँ कायम भएको छ । यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । बिहीबार तोलामा ४ हजार ४ सय १५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार ४ हजार ५ सय २५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

जेनजी आन्दोलनमा भएको क्षतिको ५ अर्ब ४८ करोड २५ लाख बीमा भुक्तानी
आर्थिक परिवेश

१७ पुष, काठमाडौँ ।   नेपाल बीमा प्राधिकरणले हालसम्म निर्जीवन बीमा कम्पनीले जेनजी आन्दोलनका क्रममा भएको क्षतिमा परेको कुल दाबीमा ५ अर्ब ४८ करोड २५ लाख रुपैयाँ भुक्तानी गरेको जनाएको छ । जेन–जी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको निर्जीवन बीमा कम्पनीहरूमा कुल ३ हजार ३१६ वटा बीमा दाबी परेको थियो । जुन करिब २३ अर्ब ४७ करोड रकम बराबरको थियो । प्राधिकरणमा १४ वटा निर्जीवन बीमा कम्पनी र ४ वटा लघु निर्जीवन बीमा कम्पनीहरूबाट प्राप्त अद्यावधिक तथ्याङ्क अनुसार, कम्पनीहरूबाट अग्रिम भुक्तानी समेत गरेकाे छ । भुक्तानी भएको कूल दाबी रकममध्ये सम्पत्ति बीमातर्फ कूल ७१२ वटा बीमा दाबीको दाबी रकम…