विदेशी मुद्रा विनिमयदर उतारचढाव युराे र पाउण्ड बढयाे
आर्थिक परिवेश

१३ असार, काठमाणडाैं ।  नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, कुवेती दिनारसहित केही मुद्राको भाउ स्थिर रहँदा अस्ट्रेलियन डलर, युरो, पाउन्ड, बहराइन दिनासहित धेरैजसो विदेशी मुद्राको भाउ बढेको छ। विगत केही दिनदेखि लगातार घट्दै आएको अस्ट्रेलियन डलर, युरो, पाउन्ड, बहराइन दिनारको भाउ आज बढेको हो। आज अमेरिकी डलर १ को खरिददर १५० रुपैयाँ ७४ पैसा र बिक्रीदर १५१ रुपैयाँ ३४ पैसा निर्धारण भएको छ। हिजो पनि अमेरिकी डलरको विनिमयदर यही थियो। गएको जेठ ७ गते अमेरिकी डलर १ को खरिददर १५४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५५ रुपैयाँ २२ पैसा…

मौद्रिक नीतिलाई लगानीमैत्री बनाउन चेम्बरको सुझाव
आर्थिक परिवेश

११ असार,काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले आगामी मौद्रिक नीतिलाई लगानी, उत्पादन तथा निजी क्षेत्रमैत्री बनाउन नेपाल राष्ट्र बैंकलाई विभिन्न सुझाव दिएको छ । चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवालको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले बिहीबार नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलसँग भेट गरी बैंकिङ तथा वित्तीय क्षेत्रमा देखिएका समस्याको समाधान गर्दै व्यवसायीलाई सहज वातावरण सिर्जना गर्ने गरी मौद्रिक नीति ल्याउन आग्रह गरेको हो । प्रतिनिधिमण्डलले विशेषगरी ७ प्रतिशत को आर्थिक बृद्धिदर हासिल गर्नको लागि २० प्रतिशत भन्दा बढी कर्जा प्रवाह गर्ने गरी नीति ल्याउन आग्रह गरेको छ । मुलुकको अर्थतन्त्र विगत पाँच वर्षदेखि निरन्तर सुस्त अवस्थामा रहेको, उद्योग, व्यापार, निर्माण, पर्यटन…

ब्याजदर निर्धारण प्रणालीलाई आधुनिकीकरण गर्न परिसंघकाे सुझाव
आर्थिक परिवेश

११ असार,काठमाडाै ।    नेपाल उद्योग परिसंघले आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिका लागि नेपाल राष्ट्र बैंकलाई सुझाव दिएको छ। परिसंघकोतर्फबाट अध्यक्ष वीरेन्द्रराज पाण्डेले गभर्नर प्रा.डा. विश्वनाथ पौडेललाई आगामी मौद्रिक नीतिका लागि सुझाव हस्तान्तरण गर्नु भएकाे छ । परिसंघले बाह्य क्षेत्रका समष्टिगत सूचकहरू उत्साहजनक एवं बलियो रहेको तर आन्तरिक आर्थिक गतिविधिहरू भने लामो समयदेखि लयविमुख रहेको अवस्थालाई ध्यानमा राखेर मौद्रिक नीति ल्याउन सुझाव दिएको छ। परिसंघले आगामी मौद्रिक नीतिलाई तीनवटा पक्षमा केन्द्रित गर्न सुझाव दिएको छ । तत्कालको न्यून बजार माग उकास्ने गरी आर्थिक गतिविधि बढाउने, मौद्रिक नीतिगत अभ्यासमा सुधार गर्ने र राष्ट्र बैंकको पनि संरचनागत सुधारतर्फ बढ्ने विषयमा सुझाव…

विदेशी मुद्राकाे काराेवारमा उतार चढाव
आर्थिक परिवेश

१० असार,  काठमाडौँ ।   नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार यस दिनका लागि अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ २८ पैसा र बिक्रीदर १५१ रुपैयाँ ८८ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७२ रुपैयाँ ३९ पैसा र बिक्रीदर १७३ रुपैयाँ ०७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९९ रुपैयाँ ९४ पैसा र बिक्रीदर २०० रुपैयाँ ७३ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १८६ रुपैयाँ ८५ पैसा र बिक्रीदर १८७ रुपैयाँ ५९ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०५ रुपैयाँ ०३ पैसा र बिक्रीदर १०५ रुपैयाँ…

वाणिज्य बैंकहरूले असार महिनाका लागि नयाँ ब्याजदर तालिका सार्वजनिक
आर्थिक परिवेश

३१ जेठ, काठमाण्डौ ।   वाणिज्य बैंकहरूले असार महिनाका लागि आफ्नो नयाँ ब्याजदर तालिका सार्वजनिक गरेका छन । उपलब्ध तथ्याङ्क अनुसार, जेठको तुलनामा असार महिनामा निक्षेपको औषत ब्याजदर सामान्य अंकले घटेको छ । व्यक्तिगत निक्षेपतर्फको औषत अधिकतम ब्याजदर जेठको ४.३४३ प्रतिशत विन्दुबाट घटेर असारमा ४.२६५५ प्रतिशत विन्दु कायम भएको छ । त्यस्तै, संस्थागत निक्षेपको औषत दर पनि जेठको ३.२०४ प्रतिशत विन्दुबाट केही घटेर ३.१८ प्रतिशत विन्दुमा झरेको छ । समीक्षा अवधिमा लक्ष्मी सनराइज बैंक र एनआईसी एशिया बैंकले व्यक्तिगततर्फको ब्याजदरमा सबैभन्दा बढी ०.५ प्रतिशतविन्दुले कटौती गरेका छन । त्यसै गरी हिमालयन बैंकले ०.२५ प्रतिशतविन्दु, प्राइम कमर्सियल बैंकले ०.१५ प्रतिशतविन्दु र एनएमबि,…