शङ्कास्पद वित्तीय कारोबारमा १८ देखि २४ वर्ष उमेर समूहका विद्यार्थी बढी संलग्न
आर्थिक परिवेश०२ मसिर काठमाडौँ । नेपाल राष्ट्र बैङ्क वित्तीय जानकारी इकाइले ‘रणनीतिक विश्लेषण प्रतिवेदन २०२४’ (स्ट्राटेजिक एनालिसिस रिपोर्ट २०२४) सार्वजनिक गरेको छ । इकाइले यस वर्ष साइबर प्रविधिमा आधारित ठगी (साइबर इनेबल्ड फ्रड) का विषयमा तयार पारेको प्रतिवेदन सरकारसमक्ष पेस गरी आज सार्वजनिक गरिएको हो । सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा १० को खण्ड (क) मा सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानीसम्बन्धी कसुरको प्रकार कसुर गर्ने प्रविधि, पद्धति तथा प्रवृत्ति समेतका विवरण संलग्न गरी आफ्नो काम कारवाहीसम्बन्धी वार्षिक प्रतिवेदन राष्ट्र बैङ्कमार्फत नेपाल सरकारसमक्ष पेस गर्नुपर्ने व्यवस्था छ । प्रतिवेदनमा साइबर प्रविधिमा आधारित ठगीका विशेषता र यस्तो ठगीमार्फत…
इन्फोडेभलपर्स प्रा. लि. र सांग्रिला डेभलपमेन्ट बैंकबीच समझदारी
आर्थिक परिवेश३० कार्तिक, काठमाडाैं । इन्फोडेभलपर्स प्रा. लि. र सांग्रिला डेभलपमेन्ट बैंकबीच व्यवसायीक सेवाका लाग समझदारी भएको छ । इन्फोडेभलपर्सलेको “कम्प्रिहेन्सिभ रिकन्सिलेसन सिस्टक” (सीआरएस) प्रणाली सांग्रिला डेभलपमेन्ट बैंकमा लागू गर्नको लागि सम्झौता पत्रमा हस्ताक्षर भएको हो । बैंकले प्रवाह गर्ने सेवाहरू स्वचालिन र सरल बनाउनका लागि सीएसआर सफ्टवेयरले भूमिका खेल्ने भएको छ । यस सम्बन्धी सम्झौतामा इन्फोडेभलपर्स प्रा. लि.का निर्देशक अर्बिन प्रधान र सांग्रिला डेभलपमेन्ट बैंकका प्रमुख संचालन अधिकृत अपूर्व प्रसाद जोशीले हस्ताक्षर गरेका छन्। काठमाडौँस्थित बैंकको मुख्य कार्यालयमा आयोजित कार्यक्रमकाबीच सम्झौता सम्पन्न भएको हो । सो अवसरमा इन्फोडेभलपर्सको तर्फबाट कर्पोरेट म्यानेजर सुबास पौडेल, म्यानेजर दिलीप दवाडी तथा सांग्रिला डेभलपमेन्ट बैंकका सूचना…
सुनको मूल्य तोलामा दुई हजार रुपैयाले बढ्याे
आर्थिक परिवेश२३ कार्तिक काठमाडौँ । नेपाली बजारमा शुक्रवार छाप भएकाे बजारमा आज सुनको मूल्य तोलामा दुई हजार रुपैयाले बढेको छ । बिहिवार नेपाली बजारमा सुनकाे मुल्य ४ हजार रुपैयाले घटेकाे थियाे । बिहीबार प्रतितोला एक लाख ६४ हजार पाँच सयमा कारोबार भएको छाप भएकाे सुन शुक्रवार एक लाख ६६ हजार पाँच सय रुपैयामा काराेवार भएकाे छ । यस्तै, यस दिन चाँदीको मूल्य तोलामा २० रुपैयाले बढेको छ । बिहीबार प्रतितोला एक हजार नौ सय ६० मा कारोबार भएको चाँदी शुक्रवारका लागि भने एक हजार नौ सय ८० निर्धारण भइ काराेवार भएको छ ।
विदेशी मुद्रा डलरकाे भाउ बढ्दा युराे र पाउण्डकाे घट्याे
आर्थिक परिवेश१२ कार्तिक, काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैँया २४ पैसा र बिक्रीदर एक सय ३४ रुपैँया ८४ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४४ रुपैँया ९१ पैसा र बिक्रीदर एक सय ४५ रुपैँया ५६ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७४ रुपैँया १० र बिक्रीदर एक सय ७४ रुपैँया ७८ पैसा रहेकाे छ । त्यसै गरी स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५४ रुपैँया ८६ पैसा र बिक्रीदर एक सय ५५ रुपैँया ५५…
सुन र चाँदीको भाउले दिनदिनै नयाँ रेकर्ड बनाउदै
आर्थिक परिवेश६ कार्तिक, काठमाडौं । नेपाली बजारमा सुन र चाँदीको भाउले दिनदिनै नयाँ रेकर्ड बनाउने क्रम जारी राखेको छ । मंगलबार सुन तोलामा ३ सय रुपैयाँ बढेको छ । यो वृद्धिपछिसुन प्रतितोला १ लाख ६५ हजार ९ सय रुपैयाँमा किनबेच भएको छ । अघिल्लो दिन १ लाख ६५ हजार ६ सय रुपैयाँ थियो । चाँदीको भाउले पनि नयाँ रेकर्ड बनाइरहेको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला ५ रुपैयाँ बढेसँगै चाँदी २१०० रुपैयाँ पुगेको छ । अन्तर्राष्ट्रिय कमोडिटी बजारमा हुने माग र आपूर्तिले मूल्य तय हुने भएकाले विश्वका ठूला लगानीकर्ताको मनोभावनासँग यो जोडिएको विषय हो । मध्यपूर्वी युद्ध र अमेरिकी चुनावको नतिजापछि…