धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन
आर्थिक परिवेश४ माघ, काठमाडौं । सरकारले धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन गरेको छ । मन्त्रिपरिषद्काे बुधवार बसेको बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेकाे भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले जानकारी दिनु भयाे । समितिका सदस्यहरुमा अर्थ मन्त्रालयका सचिव डा. कृष्णहरि पुष्कर र व्यवस्थापनका प्राध्यापक उदय निरौला रहनु भएकाे छ। २० पुसमा तत्कालीन अध्यक्ष रमेश हमालको पदावधि सकिएपछि बोर्ड अहिले अध्यक्षविहीन छ । धितोपत्रबजारको नियमन गर्ने बोर्डको कार्यकारी भूमिका हुने अध्यक्षको कार्यकाल सकिनुअगाडि नै नयाँ अध्यक्ष नियुक्ति गर्ने प्रक्रिया अगाडि बढाउनुपर्ने हो । राष्ट्रिय योजना आयोगको सम्बन्धित क्षेत्र हेर्ने…
बिप्रेषण आप्रवाह बढेर ५ महिनामा ६ खर्ब १३ अर्ब २५ करोड
आर्थिक परिवेश२६ पुस, काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो पाँच महिनामा बिप्रेषण आप्रवाह मासिकरूपमा एक खर्ब भन्दा माथि पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार साउनदेखि मंसिरसम्म ६ खर्ब १३ अर्ब २५ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ । यस अनुसार यस वर्ष हरेक महिना १ खर्ब रुपैयाँ भन्दा माथि रेमिट्यान्स आएको छ । मंसिर महिनामा मात्र १ खर्ब ३५ अर्ब २९ करोड रुपैयाँले रेमिट्यान्स नेपालमा भित्रिएको छ । कात्तिक मसान्तसम्म ४ खर्ब ७७ अर्ब ९६ करोड रुपैयाँ रहेको रेमिट्यान्स मंसिर मसान्तमा पुग्दा ६ खर्ब नाघेको हो । नेपाल राष्ट्र बैंकका अनुसार मंसिरसम्मको रेमिट्यान्स गत वर्षको यसै अवधिको तुलनामा…
नेपाल आयल निगमले आर्थिक बर्ष २०७९/८० मा करिब १६ अर्ब नाफामा सम्पूर्णरूपले ऋणमुक्त
आर्थिक परिवेश२६ पुष, काठमाडौँ । नेपाल आयल निगमले गत आर्थिक बर्ष २०७९/८० मा करिब १६ अर्ब अर्ब नाफा गरी ल सम्पूर्णरूपले ऋणमुक्त भएको छ । पेट्रोलियम पदार्थको मूल्यमा भएको अत्यधिक वृद्धिका कारण आव २०७८/७९ मा निगमले ४९ अर्ब घाटा व्यहोरेको थियो । आव २०७९/८० को अन्त्यमा निगमको सञ्चित नोक्सानी चार अर्ब ९४ करोड रहेको उहाँको भनाइ छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घट्नु तथा मितव्ययी कदमले वित्तीय अवस्थामा सुधार भई निगम दायित्वमुक्त भएको नेपाल आयल निगमका निमित्त कार्यकारी निर्देशक नागेन्द्र साहले बताउनुभयो । मुलुकमा पेट्रोलियम पदार्थको आयात, भण्डारण र वितरणको एकाधिकार पाएको नेपाल आयल निगमकाे ५४औँ वर्षमा प्रवेश कार्यक्रममा निमित्त…
राष्ट्रिय वाणिज्य बैंक बन्यो सबै भन्दा बढी डिजिटल कारोवार गर्ने बैक
आर्थिक परिवेश०९ पुष, काठमाडौंं । सरकारी लगानीको वाणिज्य बैंक राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले सबैभन्दा बढी डिजिल कारोबार (विद्युतीय कारोबार) गर्ने सफलता पाएको छ । नेपालको भुक्तानी प्रणाली सञ्चालक नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले आफ्नो १५औं वार्षिकोत्सवको अवसरमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडलाई नेपालका बैंकहरु मध्ये सबैभन्दा बढी डिजिटल कारोबार गर्ने बैंकको रुपमा आइतबार साँझ सम्मानीत गरेको छ । एक विशेष कार्यक्रमका बीच नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठलाई अवार्ड प्रदान गर्नुभएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकले प्रविधिमा पर्याप्त लगानी गरेकाले यो उपलब्धि हासिल गर्न सफल भएको बताउनुहुँदै अब राष्ट्रिय वाणिज्य बैंक परम्परागत प्रणालीबाट…
बैक तथा वित्तीय संस्थाहरुले दुई दिनमा करिव साढे १२ अर्ब कर तिरे
आर्थिक परिवेश३० मंसिर, काठमाडौ । ठूला करदाता कार्यालयले वार्गैन पर्चेज वापतको १२ अर्ब ४७ करोड रुपैयाँ कर बुझाएका छन् । सर्वोच्च अदालतबाट मुद्दा हारेका बैंक तथा वित्तीय संस्थाका लागि जरिवाना छल्नको लागि आन्तरिक राजस्व कार्यालयले मंसिर मसान्त सम्मको समय दिएको थियो । सर्वोच्च अदालको फैसला संगै करदाताले छूट सुविधा लिएर शुक्रबार र शनिबार दुई दिनमा उक्त रकम कर वुझाएका हुन । दुई दिनको समयमा मर्जर गरेका र एफपीओ जारी गरेका बैंक तथा वित्तीय संस्थाले यो कर तिरेको ठूला करदाता कार्यालयका प्रमुख कर प्रशासक जनकराज शर्माले जानकारीदिनु भयो । ठूला करदाता कार्यालयले मर्जरमा गएका र एफपीओ जारी गरेका बैंक तथा वित्तीय संस्थाले…