राष्ट्रिय योजना आयोगले पूर्णता पायाे
आर्थिक परिवेश

२१ जेठ,काठमाण्डौं ।  राष्ट्रिय योजना आयोगले पूर्णता पाएको छ । आयोगकी नवनियुक्त सदस्य अनिता शाह ढुंगानाले आइतवार पद तथा गोपनियताको सपथ लिए सँगै आयोगले पूर्णता पाएको हो । नवनियुक्त सदस्य ढुंगानाले आइतबार आयोगका उपाध्यक्ष डा.मिनहादुर श्रेष्ठ समक्ष पद तथा गोपनियताको सपथ लिनुभयो । महिला सदस्यको रुपमा ढुंगानालाई जेठ १४ गते बसेको मन्त्रिपरिषद बैठकले रिक्त सदस्य पदमा नियुक्त गरेको हो । २०७९ जेठ ९ गते आयोगको उपाध्यक्षको रुपमा डा. श्रेष्ठले पदबहाली गर्नु भएको थियो । यसअघि आयोगको सदस्यहरु डा.रामकुमार फुयाँल, डा.जयकान्त राउत, डा.प्रभु बुढाथोकी, डा. आरपी विच्छा, र डा. रमेश पौडेल नियुक्त भइसक्नु भएको छ ।  

पुँजीगत खर्च बढाउने बजेटकाे मुख्य उद्देश्य : अर्थमन्त्री महत
आर्थिक परिवेश

१६ जेठ, काठमाडौँ । अर्थमन्त्री डा प्रकाशशरण महतले  पुँजीगत खर्च बढाउने मुख्य उद्देश्य र प्राथमिकताका साथ बजेट ल्याइएको बताउनुभएको छ । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटका सम्बन्धमा मंगलवार अर्थ मन्त्रालयमा आयोजित पत्रकार भेटघाटमा अर्थमन्त्री डा महतले पुँजीगत खर्च बढाउने र सार्वजनिक खर्च नियन्त्रण गर्ने स्पष्ट मार्गचित्र सहित वार्षिक बजेट ल्याइएको दाबी गर्नुभयो । “यो बजेटको मुख्य पक्ष भनेको पुँजीगत खर्चमा देखिएको समस्या हटाएर बजेट प्रणालीमा सुधार र कार्यान्वयन प्रक्रियालाई प्रभावकारी बनाउनु हो । यसलाई हामी गम्भीरताका साथ कार्यान्वयन गर्छौ”, अर्थमन्त्री डा महतले भन्नुभयो । अनिवार्य दायित्वका साधारण खर्च र सामाजिक सुरक्षाको दायित्वलाई कम गर्न नसकिने उहाँको भनाइ छ ।…

केहि सयम भित्र भ्रष्टाचार विरुद्ध ठुला ठुला एक्सन हुन्छन् : प्रधानमन्त्री
आर्थिक परिवेश

१३ जेठ, काठमाडौं ।   प्रधानमन्त्री एवम नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले केहि सयम भित्र भ्रष्टाचार विरुद्ध ठुला ठुला एक्सन हुन लागेको बताउनुभएको छ । प्रेस सेन्टर नेपालको १९ औँ साधारण सभा एवम २१ औ कृष्णसेन इच्छुक स्मृति दिवसका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै यस्तो बताउनुभएको हो । उहाँले भन्नुभयो, १० वर्षे जनयुद्धको को कति बेला मारिने हो अत्तो पत्तो नहुनेगरी जसरी हाम फालेका थियौ, त्यसैगरी अहिले पनि हामी भ्रष्टाचार र वेथिति विरुद्ध १० वर्षे जनयुद्धमा जस्तै हाम फालिसकेका छौ । हामीलाई बिरोधीले कतिबेला एम्बुसमा पार्ने हो थाहा छैन । जसरी बिचार र वर्गको निम्ति समर्पित भएर जनयुद्धमा लागेका थियौ,…

प्राध्यापकहरुलाई लिट्रेचर रिभ्यु र आर्टिकल राइटिड. सम्बन्धी अनुसन्धानात्मक तालिम
आर्थिक परिवेश

११जेठ,काठमाडौं ।  प्राध्यापकहरुलाई लिट्रेचर रिभ्यु र आर्टिकल राइटिड. सम्बन्धी विषयमा सहयाेग पुरयाउने उद्देश्यले अनुसन्धानात्मक तालिम कार्यक्रमको आयोजना गरिएकाे छ । विश्व विद्यालयहरुमा अध्ययन अनुसन्धानको अभावमा उच्च शिक्षा क्षेत्रमा पठनपाठन प्रभावकारी हुन नसकेको गुनासो विभिन्न पक्षबाट आइरहेको अवस्थामा काठमाडौको चावहिलमा अवस्थित पशुपति बहुमुखी क्याम्पसले प्राध्यापकहरुलाई लिट्रेचर रिभ्यु र आर्टिकल राइटिड. सम्बन्धी अनुसन्धानात्मक तालिम कार्यक्रमको आयोजना गरेको हाे। विश्व विद्यालय अनुदान आयोगको सहयोगमा पशुपति बहुमुखी क्याम्पसले आयोजना गरेको ५ दिने तालिममा पशुपति बहुमुखी क्याम्पस तथा त्यस वरपरका विभिन्न १० सामुदायिक क्याम्पसहरुका प्राध्यापकहरु गरी ५० जनाको सहभागिता रहेको छ । अनुसन्धानात्मक तालिमको शुभारम्भ गर्दै त्रिभुवन विश्व विद्यालय शिक्षाशास्त्र संकायका डिन प्रा.डा चित्रबहादुर बुढाथोकीले…

नक्कली भूटानी शरणार्थी प्रकरणमा ३० जनाविरुद्ध मुद्दा दायर
आर्थिक परिवेश

१० जेठ, काठमाडाैं ।  सरकारी वकिल कार्यालयले नक्कली भूटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता गरेको छ । उक्त प्रकरणमा सरकारी वकिल कार्यालयले ३० जनाविरुद्ध मुद्दा दायर गरेको छ । तीमध्ये १६ पक्राउ परेका छन् भने १४ जना फरार रहेका छन् । मुद्दा दर्ता गरेपछि जिल्ला न्यायाधिवक्ता महेशप्रसाद खत्रीले भन्नुभयो, “३० जनाविरुद्ध मुद्दा दर्ता भएको र १६ जना पक्राउ परिसकेका छन्, फरार रहेका १४ जनाको हकमा अदालतबाट म्यादपूर्जी जारी गरेर खोजिन्छ र उनीहरुको सम्पत्ति रोक्का हुन्छ ।” अदालतमा अब प्रारम्भिक चरणमा बयान हुन्छ । त्यसपछि थुनछेक बहस हुन्छ । दर्ता गरिएको मुद्दामा निजहरूविरुद्ध राज्यविरुद्धको कसुर, सङ्गठित अपराध र एकीकृत…