बाढीमा ज्यान गुमाएकाहरूको सम्मानमा भदौ २२ गते राष्ट्रिय शोक मनाउने निर्णय
आर्थिक परिवेश१८ भदाै, काठमाडौँ । सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीमा ज्यान गुमाएकाहरूको सम्मानमा भदौ २२ गते राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले बाढीमा ज्यान गुमाएकाको सम्मानमा राष्ट्रिय शोक मनाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो । राष्ट्रिय शोकका दिन नेपालभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र नियोगमा राष्ट्रिय झन्डा आधा झुकाइने निर्णय भएको प्रवक्ता एवं मन्त्री पोखरेलले जानकारी दिनुभयो । त्यस्तै, सरकारले भदौ २३ गते ‘जेन्जी’ सहिद दिवसका अवसरमा देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको उहाँले बताउनुभयो । सरकारले भोटेकोशी बाढीबाट प्रभावित…
बाढीबाट करिब १६ लाख मानिस प्रभावित : प्राधिकरण
आर्थिक परिवेश१६ भदौ, काठमाडौं । नेपाल–चीन सीमा नजिकै भदौ १० गते गएको हिमपहिरो र त्यसपछिको बाढीका कारण करिब १६ लाख मानिस प्रभावित भएका छन् । सरकारले मंगलवार सार्वजनिक गरेको घटना सम्बन्धी पहिलो स्थिति प्रतिवेदनमा उल्लेख गरिएकाे छ। बाढीबाट भोटेकोशी–त्रिशूली नदी करिडोरमा ठूलो मानवीय तथा भौतिक क्षति भएको जनाउँदै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मंगलबार यो प्रतिवेदन सार्वजनिक गरेको हो। प्रतिवेदनले रसुवा र नुवाकोटलाई अति प्रभावित जिल्लाको सूचीमा राखेको छ भने धादिङ, गोर्खा र चितवनलाई मध्यम रूपमा प्रभावित जिल्लामा सूचीकृत गरेको छ। मृत्यु र बेपत्ताकाे संख्या बाढीपहिरोमा परी हालसम्म १ हजार ५० जनाको मृत्यु पुष्टि भएको प्राधिकरणले जनाएको छ।…
बाढीमा परी हालसम्म ५ सय ५३ जनाको शव फेला पर्याे
आर्थिक परिवेश१२ भदाै, काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी हालसम्म ५ सय ५३ जनाको शव फेला परेको छ । नेपाल प्रहरीले शुक्रबार साँझ ५ः०० बजेसम्म सार्वजनिक गरेको विवरणअनुसार विभिन्न आठ जिल्लाबाट ५ सय ५३ जनाको शव फेला परेका हुन्। प्रहरीका अनुसार रसुवामा १३, नुवाकोटमा ३८, धादिङमा ४०, चितवनमा २२२, गोरखामा ४७, तनहुँमा ३१, नवलपरासी पूर्वमा १३४ र नवलपरासी पश्चिममा २८ जनाको शव फेला परेको छ। बाढीबाट प्रभावित विभिन्न क्षेत्रमा उद्धार तथा खोजी कार्य जारी छ। प्रहरीले जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा सार्नुका साथै स्थानीयवासी र विभिन्न निकायको समन्वयमा बेपत्ता भएकाहरूको खोजी गरिरहेको जनाएको छ। बाढीका कारण अवरुद्ध भएका…
सरकारले भन्याे बाढीबाट हालसम्म ४ सय ७७ जनाकाे निधन
आर्थिक परिवेश१२ भदाै,काठमाडाैँ। सरकारले रसुवागढी तथा भोटेकोशी नदीमा आएको बाढीबाट हालसम्म ४ सय ७७ जना निधन भएको विवरण सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले बाढीमा परेर अहिले सम्म रसुवामा १२ नुवाकोटमा ३७, धादिङमा ३३, गोरखामा ४४, नवलपरासी पूर्वमा १ सय १० नवलपरासी पश्चिममा २७, तनहुँमा २८ र चितवनमा १ सय ८८ मानवीय क्षति भएको जानकारी दिनुभयो । आज बसेको मन्त्रिपरिषद् बैठकले प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई सरकारले प्राथमिकतामा राखेको र प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यको एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरिएको मन्त्री पोखरेलले जानकारी दिनुभयो…
इप्पानले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड सहयोग गर्ने
आर्थिक परिवेश१२ भदाै,काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड ५ लाख ५० हजार सहयोग गर्ने निर्णय गरेको छ । इप्पानको बिहीबारको बैठकले भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकप्रति श्रद्धाञ्जली तथा समवेदना व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । बैठकले बाढीका कारण सञ्चालनमा रहेका तथा निर्माणाधीन विद्युत् आयोजनामा भएको क्षतिप्रति दुःख व्यक्त गर्दै आयोजनाको पुनर्निर्माण तथा पुनःस्थापनामा सरकारसँग समन्वय गरी आवश्यक सहयोग गर्ने निर्णय गरेको छ । इप्पानका अध्यक्ष मोहनकुमार डाँगीले ऊर्जा क्षेत्र नेपालको समृद्धिसँगै नेपाली जनताको सुखदुःखसँग पनि जोडिएको बताउँदै विपद्को समयमा सदस्य कम्पनीहरू एकजुट भएर सहयोग गर्नुपर्नेमा जोड दिनुभयो…