वैशाख १२ मा बस्ने गरी बजेट अधिवेशन आह्वान
आर्थिक परिवेश

२ वैशाख, काठमाडौं । मन्त्रिपरिषद् बैठकले १२ वैशाखमा बस्ने गरी बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले वैशाख १२ शुक्रबार दिउँसो १ बजे बस्ने गरी बैठक आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिनु भयाे  । आफ्ना माग पूरा गराउन काठमाडौंकेन्द्रित आन्दोलनमा रहेका शिक्षकहरूले विशेष अधिवेशन वा बजेट अधिवेशन बोलाएर भए पनि शिक्षा ऐन जारी गर्न दबाब दिइरहेका छन् ।

स्वास्थ्य बिमा बोर्डमा जम्मा एक अर्ब रकम भुक्तानी दायित्व  १६ अर्ब ४५ करोड कसरी चल्ला कार्यक्रम
आर्थिक परिवेश

 २४ चैत्र, काठमाडौँ । सरकारको स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत भुक्तानी दिनुपर्ने दायित्व  १६ अर्ब ४५ करोड पुगेको छ । स्वास्थ्य बिमा बोर्डले अाइतवार पत्रकार सम्मेलनमार्फत स्थिति पत्र सार्वजनिक गर्दै आम्दानी कम तथा खर्च बढी हुँदा वित्तीय असन्तुलन, बोर्डको विश्वसनीयता तथा वित्तीय दिगोपना कायम राख कठिन देखिएको बताएको छ । बोर्डका कार्यकारी निर्देशक डा रघुराज काफ्लेले स्थिति पत्र सार्वजनिक गर्दै  कोषमा आम्दानीका सीमित स्रोत र घाटा बजेटले समस्या देखिएको बताउनुभयो । “स्वास्थ्य बिमा कोषमा बीमितबाट प्राप्त हुने रकम र नेपाल सरकारबाट प्राप्त हुने रकम मात्र जम्मा हुने गरेको छ । बोर्डले अन्य स्रोतबाट आम्दानी प्राप्त गर्न सकेको देखिँदैन”, उहाँले भन्नुभयो, “चालु…

राष्ट्रपतिबाट पाँच वटा विधेयक प्रमाणीकरण आर्थिक तथा व्यावसायिक वातावरण सुधार हुने
आर्थिक परिवेश

 १८ चैत्र,  काठमाडौँ ।    राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै सदनबाट पारित भई पेस भएका विभिन्न पाँच वटा विधेयक प्रमाणीकरण गर्नुभएको छ । देशमा सुशासन पारदशिर्ता, जवाफदेहिता तथा लगानी अभिवृधि राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले आज विज्ञप्ति जारी गरी प्रमाणीकरणका लागि पेस भएका विधेयकहरू संविधानको धारा ११३ को उपधारा २ बमोजिम राष्ट्रपतिले प्रमाणीकरण गर्नुभएको जानकारी दिनुभयो । प्रमाणीकरण भएका विधेयकहरूमा सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक रहेका छ्न् । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६लाई संशोधन गर्न बनेको विधेयक, आर्थिक तथा व्यावसायिक वातावरण…

काठमाडौँको बानेश्वर तीनकुने क्षेत्रमा कर्फ्यु आदेश जारी
आर्थिक परिवेश

१५ चैत्र  काठमाडौँ । राजावादीहरुकाे  आन्दाेलन तोडफोड तथा आगजनीमा परिणत भए पछि काठमाडौँको बानेश्वर तीनकुने क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले स्थानीय प्रशासन ऐन, २०२८ काे दफा ६ क बमाेजिम गाैशालादेखि काेटेश्वरसम्म, काेटेश्वरदेखि जडिबुटी पुलसम्म, काेटेश्वरदेखि बालकुमारी पुलसम्म, बानेश्वर चाेकदेखि शंखमूल पुलसम्म र गाैशाला चाेकदेखि नयाँ बानेश्वर चाेकसम्मका क्षेत्रमा कुनै प्रकारकाे जुलुस, भेला, प्रदर्शन र बैठक गर्न नपाउने गरि कर्फ्यु आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनाएकाे छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रवक्ता अशोक कुमार भण्डारीले आज अपरान्ह् ४ः२५ देखि राति १० बजेसम्म बजेसम्मका लागि सो क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको जानकारी दिनुभयो…

मुलुकमा आर्थिक विकास तथा लगानीकाे वातावरण बनाउने तीन विधेयकहरू
आर्थिक परिवेश

 ०८ चैत्र,  काठमाडौँ ।    मुलुककाे आर्थिक विकास तथा लगानी विस्तारसँग जोडिएका तीन विधेयकहरू प्रतिनिधिसभामा  पारित भएका छन् । यी तीन विधेयकहरू पारित  भए पछि सरकारले मुलुकमा लगानीकाे वातावरणा बनाउन गरेकाे प्रयासमा टेवा पुग्ने भएकाे छ  । यसबाट लगानीको थप वातावरण सृजना हुने, लगानीकर्तामा थप विश्वास विस्तार भई मुलुकलाई समृद्ध बनाउन बल पुग्ने सरकारको बुझाइ छ । बिहीबारकाे  प्रतिनिधिसभाकाे बैठकले  ‘निजीकरण (पहिलो संशोधन विधेयक), २०८१’, ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१’ तथा ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१’ पारित गरेको छ । यी तीनवटै विधेयकले मुलुकको अर्थतन्त्रलाई…