सरकारी निकायलाई स्वदेशी उत्पादन र सेवाको उपयोगलाई प्राथमिकता दिन सरकारकाे आग्रह
आर्थिक परिवेश०४ भदाै, काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै सरकारी निकायलाई स्वदेशी उत्पादन र सेवाको उपयोगलाई प्राथमिकता दिन आग्रह गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाहको निर्देशनमा सबै सरकारी कार्यालयमा सार्वजनिक खरिदसम्बन्धी विद्यमान कानुनी व्यवस्थाकै अधीनमा रही उक्त प्रावधानको पूर्ण कार्यान्वयन सुनिश्चित गर्न आग्रह गरिएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बुधबार एक वक्तव्य जारी गर्दै सङ्घीय मन्त्रालय, आयोग, सचिवालय, प्रदेश सरकार, स्थानीय तह र विदेशस्थित नेपाली नियोगलगायतका सबै सार्वजनिक निकायलाई आफ्ना खरिद प्रक्रियामा नेपाली उत्पादनलाई नै प्राथमिकता दिन अनुरोध गरेको छ । राष्ट्रिय अर्थतन्त्रमा आन्तरिक उत्पादनको योगदान बढाउन, बढ्दो आयातलाई प्रतिस्थापन गरी स्वदेशी उत्पादनको प्रवद्र्धन गर्न, स्थानीय सीप तथा उद्यमको संरक्षण…
विपद्का घटनामा परेर देशभर २१५ जनाको मृत्यु
आर्थिक परिवेश२९ साउन, काठमाडौं । वैशाखयता देशभर भएका विपद्का घटनामा परेर २१५ जनाको मृत्यु भएको छ । वैशाख १ गतेदेखि २८ गतेसम्मको तथ्यांक अनुसार यो अवधिमा ४६०८ घटना भएका छन् । जसमा २१५ जनाको मृत्यु भएको छ भने १५ जना बेपत्ता भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार घटनामा १४२२ जना बेपत्ता भएका छन् भने ५६३८ परिवार प्रभावित भएका छन् । यो अवधिमा सबैभन्दा धेरै घटना आगलागीका भएका छन् । १०९० आगलागीका घटना हुँदा २० जनाको मृत्यु भएको छ भने १४६ जना घाइते भएका छन् । सर्पदंशका ८९२ घटनामा ६३ जनाको मृत्यु भएको छ भने ८३७…
बाढीका कारण फसेका तीन जनाकाे उद्दारकाे पहल
आर्थिक परिवेश२९ साउन, कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका–५ हाईजुङस्थित मोदी खोलामा आएको बाढीका कारण खोलाको बीचमा रहेको माता अन्नपूर्ण मन्दिरमा बस्दै आएका तीन जना जोखिममा परेका छन् । गए राति परेको अविरल वर्षाका कारण मोदी खोलामा पानीको बहाव बढेपछि खोलाको बीचमा ढिस्कोमा रहेको मन्दिरमा रहेका पुजारीसहित तीन जना खोलाको बीचमा फसेका हुन् । उनीहरूको नामथर र ठेगाना भने खुल्न नसकेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्ग बरालले बताउनुभयो । “मन्दिरको दुवैतर्फको मेटलको दुई वटा पुल बगाएपछि मन्दिरमा बसेका तीन जना फसेको खबरपछि उद्धारको तयारी भइरहेको छ, सशस्त्र प्रहरी उद्धार सामग्रीसहित अहिले घटनास्थलमा पुगिसकेको छ ।” सहायक प्रजिअ बरालले भन्नुभयो । उहाँका अनुसार…
सुनसरी र सिराहामा ज्यान गुमाएकालाई सहीद घोषणा
आर्थिक परिवेश२६ साउन, काठमाडौँ । सरकारले सुनसरी र सिराहा जिल्लामा भएको प्रदर्शन क्रममा ज्यान गुमाएका चार मृतकलाई सहिद घोषणा गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले प्रदर्शनका क्रममा मृत्यु भएका सुनसरी जिल्लाका ओम प्रकाश मेहता, जय प्रकाश मेहता, रविन्द्र कुमार मेहता र सिराहा जिल्लाका गणेश कुमार यादवलाई सहिद घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो । मन्त्रिपरिषद् बैठकले नेपालभित्र पैठारी वा उत्पादन हुने विद्युतबाट सञ्चालन हुने एम्बुलेन्स र शव वाहनमा लाग्ने स्वच्छ पूर्वाधार लगानी शुल्क र मूल्य अभिवृद्धि करमा पूर्ण रूपमा छुट प्रदान गर्ने पनि निर्णय गरेको प्रवक्ता पोखरेलले…
नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त
आर्थिक परिवेश२१ साउन, काठमाडौं । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशकमा नागेन्द्र साहलाई नियुक्त गरेको छ । मुख्यसचिव गोविन्दबहादुर कार्कीले साहलाई निगमको प्रमुख कार्यकारीका रूपमा नियुक्त गर्ने निर्णय भएको जानकारी दिनु भयाे । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले खुला प्रतिस्पर्धाबाट कार्यकारी निर्देशक छनोट गर्न दरखास्त आह्वान गरेको थियो । जसमा निगमका पूर्वनिमित्त कार्यकारी निर्देशक समेत रहेका साह उत्कृष्ट तीनभित्र पर्न सफल हुनु भएकाे थियाे । अन्तिम तीनको प्रतिस्पर्धामा साहका साथै कौशल केसी र सञ्जीवकुमार देव सिफारिस हुनु भएकाे थियाे । आयल निगममै काम गरेको लामो अनुभवका आधारमा साहलाई उक्त जिम्मेवारी दिने निर्णय भएको हो । अब कार्यकारी…