स्वाधीन, समुन्नत एवं आत्मनिर्भर अर्थतन्त्र निर्माणमा लाग्न उद्योगी व्यवसायीलाई राष्ट्रपति पौडेलकाे आग्रह
आर्थिक परिवेश०७ पुष,विराटनगर । राष्ट्रपति रामचन्द्र पौडेलले स्वाधीन, समुन्नत एवं आत्मनिर्भर अर्थतन्त्र निर्माणमा जोड दिनुभएको छ । नेपाल उद्योग परिसङ्घ कोसी प्रदेशले विराटनगरमा शनिवार आयोजना गरेको उद्योगीहरूको भेला तथा प्रजातन्त्र सेनानी सम्मान समारोहको उद्घाटन गर्नुहुँदै राष्ट्रपति पौडेलले समाजवाद उन्मुख अर्थव्यवस्थाको आधार निर्माण गर्न उद्योगी व्यवसायीको महत्त्वपूर्ण भूमिका हुने बताउनुभयो । कोभिड–१९ महामारीबाट शिथिल भएको अर्थतन्त्रलाई उन्नत बनाउन सरकारले गरेका प्रयासले केही सकारात्मक प्रभाव पारेको बताउँदै राष्ट्रपति पौडेलले भन्नुभयो, “अपेक्षाअनुसार देशको अर्थतन्त्र सबल भएको छैन, रोजगारी सृजनालगायत आन्तरिक उत्पादन बढ्न नसकेको छैन भने राजस्वका लक्ष्यप्राप्त गर्न कठिनाइ भएको छ । उद्योगधन्दा पूर्ण क्षमतामा सञ्चालन हुन सकेका छैनन् । उद्योग कलकारखाना सञ्चालनमा हाम्रो…
अर्थतन्त्र प्रगति उन्मुख रहेकाले जनतालाई निरास बनाउने अभिव्यक्ति दिन नहुनेमा प्रमकाे जोड
आर्थिक परिवेश०६ पुष, विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विराटनगरको विकासका लागि आफु प्रतिबद्ध रहेको बताउनु भएको छ । मोरङ व्यापार सङ्घको आयोजनामा विराटनगरमा शुक्रवार देखि शुरु भएको विराट ट्रेड एक्सपोको उद्घाटन गर्नुहुँदै उहाँले गिरिजा प्रसाद कोइरालाको गृह नगर विराटनगरको विकासलाई आफूले उच्च प्राथमिकतामा राखेको बताउनुभयो । प्रधानमन्त्री दाहालले कार्गो रेल्वे सेवालाई नियमित बनाउन तथा विराटनगरको चक्रपथ निमार्णमा आफूले पहल गर्ने बताउनुभयो । मुलुकको अर्थतन्त्र प्रगति उन्मुख रहेकाले नेपाली जनतालाई निरास बनाउने अभिव्यक्ति कसैले दिन नहुनेमा उहाँले जोड दिनुभयो । मुलुकको समृद्धि, सामाजिक न्यायका निम्ति आफूले उल्लेखनीय रुपमा काम गरेको र सरकार अब नयाँ ढङ्गबाट अघि बढ्न लागेको उहाँको भनाइ थियो…
राष्ट्रिय योजना आयोगले माघ मसान्तभित्र १६औँ योजनाकाे आधारपत्र सार्वजनिक गर्ने
आर्थिक परिवेश०५ पुष, काठमाडौँ । राष्ट्रिय योजना आयोगले माघ मसान्तभित्र १६औँ योजनाकाे आधारपत्र सार्वजनिक गर्ने भएको छ । आयोगको कार्यालय सिंहदरबारमा आज आयोजित पत्रकार भेटघाटमा आयोगका प्रवक्ता यमलाल भूसालले जाजरकोट भूकम्पका कारण कार्यतालिकामा फेरबदल भएपनि माघ मसान्तसम्म १६ औँ योजना सार्वजनिक गर्ने गरि काम भइरहेको जानकारी दिनुभयो । आयोगका उपाध्यक्ष डा.मीनबहादुर श्रेष्ठले १६औँ योजनाले उत्पादन वृद्धि सहितको रोजगारी सिर्जनालाई प्राथमिकतामा राखेको बताउनुभयो । डा. श्रेष्ठले कोभिड १९, रुस र युक्रेन युद्ध, प्रक्रियामुखी कार्यशैली,आवश्यक कानूनको निर्माणमा भएको ढिलासुस्तीले १५ औँ योजनाका अपेक्षित उपलब्धि हासिल हुन नसकेको बताउनुभयो । डा. श्रेष्ठले नेपालले दिगो विकास लक्ष्य प्राप्तिमा ४२ प्रतिशत प्रगति हासिल गरेको भन्दै संयुक्त…
भूमिको वैज्ञानिक व्यवस्थापन गर्न सकेनौँ भने समृद्धिको काम गर्न सक्दैनौं : प्रधानमन्त्री
आर्थिक परिवेश०४ पुष, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले आफूले एक वर्षे कार्यकालको गम्भीर समीक्षा गर्दै आगामी कार्ययोजना निर्माण गर्ने बताउनुभएको छ। बुधबार दिउँसो सिंहदरबार कृषि तथा पशुपन्छी मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी मन्त्रालयको संयुक्त वार्षिक समीक्षाका निम्ति बोलाइएको बैठकमा बोल्दै प्रधानमन्त्रीले सो कुरा बताउनुभएको हो। बैठकमा प्रधानमन्त्रीले भन्नुभयो, “आज २ वटा मन्त्रालयको मन्त्रालयगत अवस्था के छ, त्यसबारे समग्र स्थितिको जानकारी लिने काम भयो। यो आफैमा महत्वपूर्ण छ। मैले सरकारको नेतृत्व लिएको १ वर्ष पुग्दैछ। मैले क्यालेन्डर नै बनाएर सबै मन्त्रालयसँग छलफल गर्ने सोचेको छु। एक वर्षमा हामीले कति काम गर्यौँ, कहाँ के कति समस्या देखिए, त्यसको गम्भीर अध्ययन…
५ महिनामा सरकारकाे कमाइ भन्दा खर्च बढी,६९ अर्ब रूपैया भन्दा बढीको बजेट घाटा
आर्थिक परिवेश०१ पुष, काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ का लागि सरकारले ल्याएको वार्षिक बजेट कार्यान्वयनको अवस्था हेर्दा अपेक्षाकृत उपलब्धि हासिल हुन नसकेको देखिएको छ । महालेखा नियन्त्रक कार्यालयको दैनिक बजेटरी तुलनात्मक विश्लेषणअनुसार गत मङ्सिर मसान्तसम्ममा सरकारले गरेको आम्दानीभन्दा खर्च बढी देखिएको छ । यो अवधिसम्ममा वार्षिक लक्ष्यको २६ दशमलव ०७ प्रतिशत आम्दानी भएको छ भने २५ दशमलव ८७ प्रतिशत खर्च भएको छ । चालु आवका लागि सरकारले कूल १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख बराबरको बजेट ल्याएको थियो । मङ्सिर मसान्तसम्म आइपुग्दा सरकारको बजेट खर्च चार खर्ब ५२ अर्ब ९९ करोड ५७ लाख अर्थात् वार्षिक लक्ष्यको २५ दशमलव…