१ हजार २सय मेघावाटको बुढीगण्डकी आयोजना निर्माणको काम छिट्टै शुरु हुन्छ : प्रधानमन्त्री
आर्थिक परिवेश

११ पुष, गाेरखा ।   प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बूढीगण्डकी जलाशययुक्त आयोजना निर्माणका लागि आर्थिक स्राेतकाे अभाव नहुने बताउनु भएको छ । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले बुधवार गाउँपालिका कार्यालयमा आयोजना गरेको ‘जनप्रतिनिधि र सरोकारवालासँग प्रधानमन्त्री’ विषयक कार्यक्रममा प्रधानमन्त्री दाहालले राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको बूढीगण्डकी आयोजनाका लागि आर्थिक स्रोतको सुनिश्चि गरिसकेको उल्लेख गर्नुभयो । प्रधानमन्त्री दाहालले केही समयअघि मन्त्रिपरिषद्बाट भौतिक पूर्वाधारका निम्ति उठाउने रकमको पाँच प्रतिशत बूढीगण्डकी आयोजना निर्माणका लागि छुट्याउने निर्णय गरेकाले अब आर्थिक अभाव नहुने वातावरण सिर्जना भएको बताउनु भयो । एक हजार दुई सय मेगावाट क्षमताको उक्त आयोजना निर्माण छिट्टै अघि बढ्ने उहाँले बताउनुभयो । गोरखा क्षेत्र नं…

हुन नसकेका काम र राज्य संयन्त्रलाई माथिल्लो तहबाटै जबाफदेही बनाउन दृढसङ्कल्पित छु प्रधानमन्त्री
आर्थिक परिवेश

१० पुष, काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  आगामी दिनमा कार्यशैली परिवर्तनसहित जनतामा आशा जगाउने र परिणाम दिने घोषणा गर्नुभएको छ । प्रधानमन्त्री नियुक्त भएको एक वर्ष पूरा भएको अवसरमा आज सिंहदरबारबाट देशवासीका नाममा सम्बोधन गर्दै उहाँले सुशासन, सामाजिक न्याय, समृद्धि, कूटनीति, विपद् व्यवस्थापन र लोकतन्त्रको संवर्द्धन लगायत क्षेत्रमा भएका मुख्य प्रगति सार्वजनिक गर्नुभयो । प्रधानमन्त्री दाहालले प्रयास गर्दागर्दै हुन नसकेका काम र राज्य संयन्त्रलाई माथिल्लो तहबाटै जबाफदेही बनाउन आफू दृढ सङ्कल्पित रहेको बताउनुभयो । प्रधानमन्त्री दाहालले गर्नुभएको सम्बोधनको पूर्णपाठः आदरणीय आमाबुवा, दिदीबहिनी र दाजुभाइहरू, आज म समस्त नागरिकसँग प्रत्यक्ष सम्बोधन गर्न उपस्थित भएको छु। सरकार गठन भएको एक वर्ष…

कृषिकाे विकासका लागि सरकारले कृषि क्षेत्रमा लगानी दशक घाेषणा गर्ने
आर्थिक परिवेश

१० पुष, काठमाडौं ।  कृषिकाे विकासका लागि सरकारले वि.स. २०८१–९१ साललाई कृषि क्षेत्रमा लगानी दशककाे रूपमा  घोषणा गर्ने भएको छ । वर्तमान सकारको १ वर्ष पुगेको अवसारमा प्रधानमन्त्री पुष्पकामल दाहाल प्रचण्डले मंगलवार राष्ट्रका नाममा सम्बोधन गर्दै आागमी याेजना मार्फत कृषिमा लगानी दशक घोषणण गर्ने तयारी भएको बताउनु भयाे  । ‘खाद्यान्न प्रणाली र कृषि क्षेत्रको रुपान्तरणका लागि कृषि क्षेत्रमा सरकारी, निजी, विकास साझेदार र सहकारी क्षेत्रको लगानी बढाउन कृषि क्षेत्रमा लगानी दशक २०८१–९१ घोषणा गर्ने सरकारको तयारी छ,’ प्रधानमन्त्रीले भन्रु भयाे । , ‘कृषिमा राज्यको लगानी घटेको छैन तर, उत्पादकत्व बढेको पनि छैन । यसमा सुधार गर्न जरुरी छ प्रधानमन्त्रीकाे भनाइ…

अर्थतन्त्र सुधार उन्मुख अवस्थाबाट अघि बढेकाे छ अर्थमन्त्री
आर्थिक परिवेश

१० पुष, चितवन । अर्थमन्त्री डा प्रकाशशरण महतले अर्थतन्त्र सुधारोन्मुख भएको बताउनुभएको छ । मंगलवार  भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै अर्थ मन्त्री महतले अर्थतन्त्रका सूचक सकारात्मक देखिएका बताउनुभएको हो । अर्थमन्त्रीले भन्नुभयो, “नेपालमा भविष्य छैन, यहाँ लगानी गर्नु हुँदैन भन्ने नकारात्मक प्रचार अन्त्य भएको छ, अब लगानीको वातावरण बनेको छ ।” उहाँले भन्नुभयो, “यहाँ अब केही गर्न हुँदैन भन्ने प्रचार भयो, तर वास्तवमा त्यस्तो होइन, तथ्याङ्कले देखाएको छ ।” लगानीको वातावरण बिथोल्न खोजिएको भए पनि यसलाई चिरेर सहज अवस्थामा अर्थतन्त्र आएको उहाँले बताउनुभयो । अर्थमन्त्रीले भन्नुभयो, “लगानी गर्नेहरूको आत्मविश्वास बढेको छ, नियोजित प्रचार गर्नेको नियत सबैले बुझेका छन्, लगानी गर्दा…

सङ्घीय समपूरक तथा विशेष अनुदानअन्तर्गत आयोजना र कार्यक्रमका लागि प्रस्ताव माग
आर्थिक परिवेश

०९ पुष, काठमाडौँ ।  आगामी आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेट निर्माण प्रक्रिया सुरु भएको छ । राष्ट्रिय योजना आयोगले प्रदेश र स्थानीय तहलाई परिपत्र गर्दै आगामी आवका लागि सङ्घीय समपूरक तथा विशेष अनुदानअन्तर्गत सञ्चालन गरिने आयोजना र कार्यक्रमका लागि प्रस्ताव माग गरेको हो । प्रदेश र स्थानीय तहलाई यस्तो अनुदान शीर्षकअन्तर्गत कार्यान्वयन हुने योजना तथा कार्यक्रमको प्रस्ताव आगामी माघ मसान्तभित्र पेस गरिसक्न भनिएको छ । राष्ट्रिय योजना आयोगका सहप्रवक्ता डा दिवाकर लुइँटेलका अनुसार सङ्घीय सरकारले प्रदेश र स्थानीय तहको मागका आधारमा वित्तीय हस्तान्तरणको उपकरणका रुपमा समपूरक र विशेष अनुदान उपलब्ध गराउँछ । आवश्यक प्रक्रिया र मापदण्ड पूरा गरेका योजना…