कुन–कुन क्षेत्रमा कस्तो नीतिगत अस्पष्टता र समस्या छ स्पष्ट पार्न निजी क्षेत्रलाई अर्थमन्त्रीकाे आग्रह
आर्थिक परिवेशमाघ ७,काठमाडाै । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्टार्टअप कार्यविधि र परियोजना कर्जासम्बन्धी व्यवस्था छिट्टै कार्यान्वयनमा आउने बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घले ललितपुरमा आज आयोजना गरेको साना तथा मझौला उद्यम सम्मेलनमा बोल्दै अर्थमन्त्री पौडेलले लामो समयदेखि बन्न नसकेको स्टार्टअप कार्यविधि तयार पार्न आफूले पहल गर्ने बताउनुभयो । “स्टार्टअप कार्यविधि अझैसम्म पनि बन्न नसक्नु सरकारको कमजोरी हो । कार्यविधि छिट्टै पारित हुनेछ”, उहाँले भन्नुभयो, “निजी क्षेत्रले माग गरिरहेको परियोजना कर्जा पनि छिट्टै कार्यान्वयनमा ल्याइनेछ ।” साना तथा मझौला उद्योगका समस्याबारे निजी क्षेत्रले सरकारलाई स्पष्ट सुझाव दिन आवश्यक भएको उहाँको भनाइ छ । लघु, घरेलु, साना तथा मझौला उद्योगका समस्या…
राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. मीनबहादुर श्रेष्ठ नियुक्त
आर्थिक परिवेशमाघ ९ ,काठमाडौं। सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. मीनबहादुर श्रेष्ठलाई नियुक्त गरेको छ। आज बसेको मन्त्रिपरिषद्को बैठकले डा श्रेष्ठलाई उपाध्यक्षमा नियुक्त गरेको हो । उपाध्यक्षमा नियुक्त डा.श्रेष्ठलाई आजै आयोगका अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । दोस्रो पटक योजना आयोगको नेतृत्व पाएका श्रेष्ठले सोमबार पद तथा गोपनीयताको सपथ लिनु भएकाे हाे । शपथसँगै सँगै साेमवार नै पदभार सम्हाल्दै हुनुहुन्छ । श्रेष्ठ यसअघि २०७३ भदौमा पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा आयोगको उपाध्यक्ष भइसक्नु भएकाे छ । उहाँ राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक समेत हुनुहुन्छ । राष्ट्र बैंकमा उहाँले २८ वर्ष काम गरेर सेवा निवृत हुनु भएकाे…
कृषि विकास बैंकलाई कृषि क्षेत्रको लिड बैंकका रुपमा हामी देख्न पाँउ : उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेल
आर्थिक परिवेशमाघ ७, काठमाडौं । कृषि विकास बैंक स्थापनाको ५६औँ वर्षमा प्रवेश गरेको छ । कृषि क्षेत्रको विकासलाई मुख्य उद्देश्य राखेर स्थापना भएको यो बैंकले २०६२ सालमा नेपाल राष्ट्र बैंकबाट वाणिज्य बैंकको रुपमा मान्यता पाएको हाे । बैंकको ५६औँ वार्षिकोत्सवका अवसरमा शनिवार काठमाडौँमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कृषि विकास बैंक कृषि क्षेत्रको मुख्य बैंक बन्न सक्नुपर्ने बताउनु भयाे । “पछिल्ला वर्षमा कृषि क्षेत्रमा लगानी घट्टै गएको र अरु व्यावसायिक क्षेत्रमा लगानी बढ्दै गएको छ । यो अवस्थामा क्रमशः सुधार हुँदै जाओस र कृषि विकास बैंकलाई कृषि क्षेत्रको लिड बैंकका रुपमा हामी देख्न पाऔंँ ”, उहाँकाे भनाइ थियाे ।…
भूकम्प र नाकाबन्दीमा समेत धेरै नखुम्चिएको अर्थतन्त्र धरमराएको कारण खोजी भइरहेको छ
आर्थिक परिवेश४ माघ, काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार अहिले अर्थतन्त्रका समस्या पहिचानकै क्रममा रहेको र चाँडै समाधानका ठोस योजना लिएर आउने बताउनुभएको छ । नेपाल चेम्बर अफ कमर्सले काठमाडौँमा आयोजना गरेको ‘अर्थतन्त्र: अबको बाटो’ विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले यसअघि समेत नेपालले ठूलाठूला समस्या भोगेको भए पनि अर्थतन्त्रमा अहिलेको जस्तो सङ्कुचन नदेखिएको बताउनुभयो । file-photo भूकम्प र नाकाबन्दीमा समेत धेरै नखुम्चिएको नेपालको अर्थतन्त्र अहिले के कारणले धरमराएको हो भनेर समस्या पहिचान भइरहेको उहाँको भनाइ छ । अर्थतन्त्रमा देखिएका समस्याका कारणको सूक्ष्म विश्लेषण गर्दै समाधानका लागि आफू लागिरहेको पनि पौडेलले बताउनुभयो । “अर्थतन्त्रलाई सूक्ष्म ढङ्गले हेरेर समस्या पहिचानकै क्रममा छु…
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सिफारिसमा राष्ट्रपति भण्डारीबाट २३ सदस्यीय मन्त्रिपरिषद् विस्तार
आर्थिक परिवेशमाघ ३,काठमाडौँ, । नवनियुक्त उपप्रधानमन्त्री, मन्त्री तथा राज्यमन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिनु भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा मंगलवार आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले उपप्रधानमन्त्री एवम् ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देनलगायतलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सिफारिसमा राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद् विस्तार गरी कार्य विभाजन गर्नुभएको हो । विशेष समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, संवैधानिक अङ्गका प्रमुखलगायतको उपस्थिति थियो । नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सिफारिसमा मन्त्री नियुक्त भएकाहरूले पद तथा गोपनीयताको शपथ लिनुभएको हो…