११ महिनामा सरकारकाे विकास खर्च ३४.८७ प्रतिशत मात्र
आर्थिक परिवेश१३ असार,काठमाण्डौ । चालु आर्थिक वर्ष सकिन १९ दिन बाँकी हुँदासम्म सरकारले लक्ष्यको ७५.१७ प्रतिशत राजश्व सङ्कलन गरेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार शुक्रबारसम्म ११ खर्ब १२ अर्ब ४८ करोड ४६ लाख राजस्व सङ्कलन भएको हो । सरकारले चालु आर्थिक वर्षका लागि १४ खर्ब ८० अर्ब बराबर राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको छ । बाँकी दिनमा तीन खर्ब ६७ अर्ब ५१ करोड राजश्व सङ्कलन गर्नका लागि दैनिक करिब १९ अर्ब ३४ करोड बराबर सङ्कलन गर्नुपर्ने हुन्छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार, कर राजस्वतर्फ लक्ष्यको ७६.२० प्रतिशत १० खर्ब १० अर्ब १६ करोड तीन लाख सङ्कलन भएको छ ।…
रास्वपाको शासकीय स्वरूप र आर्थिक मोडेलको प्रस्ताव : पालिका संख्या घटाउने र प्रदेशसभा खारेजीसम्म
आर्थिक परिवेश१० असार भरतपुर,चितवन । रास्वपाकाे महाधिवेशनमा नेपालको शासकीय स्वरूप र आर्थिक मोडेलमा व्यापक रूपान्तरणको प्रस्तावसहितको खाका प्रस्तुत गरिएको छ । चितवनमा जारी प्रथम राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा अर्थमन्त्रीसमेत रहेका उपसभापति डा. स्वर्णिम वाग्लेले पेश गर्नु भएकाे अर्थ-राजनीतिक प्रस्तावनामा ‘सामाजिक न्यायसहितको उदार अर्थतन्त्र’ र ‘बहुदलीय लोकतान्त्रिक गणतन्त्र’ लाई आफ्नो मूल वैचारिक आधार मानिएको छ । वाग्लेको प्रतिवेदनमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, संसद् बाहिरबाट मन्त्री बन्ने प्रणाली र दलविहीन स्थानीय तहको अवधारणा अघि सारिएको छ । यस्तै, खर्चिलो प्रशासनिक संरचनालाई घटाउन प्रदेश सभाको खारेजी र ७५३ स्थानीय तहको संख्यामा एक तिहाइ कटौती गर्ने प्रस्ताव पनि पेश भएको छ । संविधानको धारा २७४ र…
आर्थिक गणना अन्तर्गत तथ्यांक संकलन सम्पन्न १३ लाख ५१ हजारले फारम भरे
आर्थिक परिवेश८ असार, काठमाडौं । दोस्रो आर्थिक गणना अन्तर्गत देशव्यापीरूपमा तथ्यांक संकलन गर्ने काम सम्पन्न भएको छ । राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार ७ असारसम्म कुल १३ लाख ५१ हजार १६७ प्रतिष्ठानले फारम भरेका छन् । यस वर्ष ‘ईसेन्सस’बाट कुल ८ हजार ३८८ प्रतिष्ठानले टोकन लिएका थिए । तीमध्ये ६ हजार ६७० प्रतिष्ठानले पूर्ण फारम भरेको कार्यालयका प्रवक्ता तथा उपप्रमुख तथ्यांक अधिकारी ढुण्डीराज लामिछानेले जानकारी दिनु भयाे । त्यसै गरी अनलाइन वा कागजी प्रक्रियाबाट आंशिक विवरण भरेका र पूर्ण विवरण भर्न बाँकी प्रतिष्ठान, गणनामा छुट भएका र छुटेको जानकारी गराएका प्रतिष्ठानले सम्बन्धित जिल्ला गणना कार्यालयमार्फत सहभागी हुन सक्नेछन् । जिल्ला आर्थिक…
पूर्व अर्थमन्त्री तथा एमालेका उपाध्यक्ष बिष्णु पाैडेल पक्राउ
आर्थिक परिवेश०८ असार, सुर्खेत । पूर्व र्अर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ पर्नुभएको छ । पौडेललाई सम्पत्ति शुद्धीकरण विभागले साेमवार दिउँसो सुर्खेतको वीरेन्द्रनगरबाट पक्राउ गरेको हो । एमाले पुनर्गठन सम्बन्धी सुझाव सङ्कलन कार्यक्रमका लागि सुर्खेत आइपुग्नुभएका पौडेललाई पक्राउ गरेर हवाई वा स्थल मार्गमध्ये कुनै उपयुक्त विकल्पबाट काठमाडौँ लैजाने तयारी भइरहेको सुरक्षा स्रोतले जनाएको छ । उहाँलाई वीरेन्द्रनगरस्थित होटलमा भइरहेको कार्यक्रम स्थलबाटै पक्राउ गरेर अहिले जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखिएको छ । सुरक्षा स्रोतका अनुसार पौडेलले गरेको सेयर कारोबार र सम्पत्तिको शङ्कास्पद स्रोतको अनुसन्धानको सिलसिलामा पक्राउ गरिएको हो । यसअघि पौडेल ललिता निवास जग्गा प्रकरणमा समेत मुछिनुभएको थियो ।
पोखरा महानगरले ७ अर्ब १५ करोडकाे बजेट सार्वजिनक
आर्थिक परिवेश०६ असार, पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ७ अर्ब १५ करोड २५ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले १९ औँ नगरसभामा बजेट प्रस्तुत गर्दै उक्त बजेट सार्वजनिक गर्नुभएको हो । प्रस्तावित बजेटमध्ये चालु खर्चतर्फ ५५।१ प्रतिशत र पूँजीगत खर्चतर्फ ४४.९ प्रतिशत विनियोजन गरिएको छ। बजेट कार्यान्वयनका लागि संघीय सरकारबाट सशर्त अनुदानबाट २ अर्ब ६१ करोड ९१ लाख, सङ्घीय सरकार विशेष अनुदान ५ करोड ५० लाख, सङ्घीय सरकार समपूरक अनुदान १ करोड ८२ लाख प्रस्ताव गरेकाे छ । संघीय सरकार समानीकरण अनुदान रु ४९ करोड ३७ लाख गरी संघीय सरकार…