चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्र ४.३ प्रतिशतले वृद्धि हुने
आर्थिक परिवेश३ असाेज, काठमाडाैं । एसियाली विकास बैंक (एडीबी)ले चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्र ४.३ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ । यो वृद्धिदर गत आर्थिक वर्ष २०७९/८० को तुलनामा १.९ प्रतिशतभन्दा माथि हो । सरकारले चालु आर्थिक वर्षका लागि ६ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य लिएको छ । एडीबीले सार्वजनिक गरेको ‘एसियन डेभलपमेन्ट आउटलुक’ले सन् २०२३ यता एसिया प्रशान्तीय क्षेत्रको अर्थतन्त्रमा सुधार हुन थालेको जनाएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् नीतिगत दर ०.५० प्रतिशत बिन्दुले समायोजन गरी ६.५ प्रतिशत कायम गरेको छ । जसले व्यावसायिक ब्याजदर न्यूनीकरणमा मद्दत पुग्नुका साथै आर्थिक गतिविधिलाई बढावा दिने एडीबीको प्रतिवेदनमा उल्लेख छ ।…
दुई महिनामा एक खर्ब ३१ अर्ब बजेट खर्च, एक खर्ब ५४ अर्ब राजस्व सङ्कलन
आर्थिक परिवेश१ असोज,काठमाडौं। चालु आर्थिक वर्ष २०८०/८१ को सुरुआती दुई महिनामा सरकारी बजेट खर्च वार्षिक लक्ष्यको सात दशमलव ४९ प्रतिशत बराबर देखिएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार भदौ मसान्तसम्म सरकारले एक खर्ब ३१ अर्ब १४ करोड १३ लाख बराबर बजेट खर्च गरेको छ । सरकारले चालु आवका लागि कूल १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख बराबरको बजेट ल्याएको थियो । सोमध्ये चालु शीर्षकमा रू ११ खर्ब ४१ अर्ब ७८ करोड विनियोजन भएकोमा हालसम्म सात दशमलव ६८ प्रतिशत अर्थात् रू ८७ अर्ब ६६ करोड ३५ लाख बराबर रहेको छ । पूँजीगत शीर्षकमा दुई दशमलव सात प्रतिशत मात्रै बजेट खर्च…
प्रविधिको विकाससँगै पत्रकारितामा क्षेत्रमा अवसर र चुनौति थपियो : अर्थमन्त्री महत
आर्थिक परिवेश१६ भदाै,काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले पत्रकारितामा नयाँ प्रविधिले सजिलो बनाए पनि त्यसको सदुपयोग र दुरुपयोगको चुनौति थपिएको बताउनुभयो । शनिबार आर्थिक पत्रकार समाज (सेजन) को २५ औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै अथर्मन्त्री डा. महतले राजनीतिक क्षेत्र जस्तै पत्रकारिता जगत पनि परीक्षणको दौडबाट गुज्रिरहेको छ भन्नुभयो । राजनीतिक क्षेत्रबाट राज्य संरचनामा जिम्मेवारीमा पुगेका हामी किन नहौं, कर्मचारी र सुरक्षा निकाय किन नहोस् या निजी क्षेत्र वा पत्रकार जगत किन नहोस् सबै क्षेत्रमा प्रविधिले चुनौति थपेको मन्त्री डा. महतले बताउनुभयो । अर्थमन्त्री डा. महतले अाफू अर्थमन्त्रालयमा पुगे पछि इमान्दारिताका साथ कसरी देश र जनताका लागि काम गर्ने भन्ने मानसिकताबाट काम…
भ्रष्टाचारविरूद्धको अभियान प्रदेश र स्थानीय तहमा बिस्तार गरौँ : प्रधानमन्त्री
आर्थिक परिवेशभाद्र ११, काठमाडौँ। प्रधानमन्त्री तथा राष्ट्रिय विकास समस्या समाधान समितिका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”ले भ्रष्टाचार निवारण र सुशासन कायम गर्ने जिम्मेवारी केन्द्र सरकारको मात्र नभएर सिंगो देशको एजेण्डा भएकाे बताउनु भएकाे छ । सोमबार दिउँसो सिंहदरबारमा आयोजित राष्ट्रिय विकास समस्या समाधान समितिको ५१औँ बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले प्रदेश र स्थानीय तहले समेत सुशासन कायम गर्न अभियान चाल्नुपर्ने बताउनु भयाे । प्रधानमन्त्री दाहालले सुशासन कायम गर्ने कार्यभार सिंगो देशको भएको समेत बताउनु भएको हो। बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भन्नुभयो, “संघीय सरकारले प्रारम्भ गरेको भ्रष्टाचार निवारण र सुशासन स्थापित गर्न चालेको कदम प्रदेश र स्थानीय तहमा समेत बिस्तारित गर्दै दण्ड र पुरस्कारको…
निजी क्षेत्रको उत्साहजनक सहभागिता भए मात्र देशको आर्थिक विकास सम्भव हुन्छ : राष्ट्रपति
आर्थिक परिवेश०७ भदाैं, काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले अर्थतन्त्रमा निजी क्षेत्रको सहभागिता उत्साहजनक रूपमा भए मात्र देशको आर्थिक विकास सम्भव हुने धारणा व्यक्त गर्नुभएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घको कार्यकारिणी समितिसँगको भेटमा राष्ट्रपति पौडेलले विद्यमान आर्थिक अवस्थाका सुधारका लागि सरकार र निजी क्षेत्रको सहकार्य आवश्यक रहेको बताउनुभएको महासङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । विज्ञप्तिमा उहाँले यही तथ्यलाई ध्यानमा राखेर सरकार र निजी क्षेत्रबीच पारस्परिक सहअस्तित्व र समभावको दरिलो साझेदारी आवश्यक रहेको बताउनुभएको उल्लेख छ । नेपालको अर्थव्यवस्थामा निजी क्षेत्रको ८० प्रतिशतभन्दा बढी हिस्सा रहेको भन्दै उहाँले अर्थतन्त्रमा देखिएको समस्याले अहिले आर्थिक गतिविधिलाई सुस्त बनाएको धारणा राख्नुभयो । राष्ट्रपति पौडेल उद्योगी व्यवसायीहरूले…