
प्रतिनिधिसभामा विश्वासकाे मत माग्दै प्रधानमन्त्री दाहालले पहुँचकाे होइन, विधिको शासन शुरू गर्ने प्रतिबद्धता
आर्थिक परिवेशकाठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाको आजको बैठकमा विश्वासको मत माग्नु भएको छ । सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आफु निषेध, अपमान र प्रतिशोध नभई सहकार्य र आपसी विश्वासको राजनीतिलाई अघि बढाउन प्रतिबद्ध रहेको बताउनु भयो । प्रधानमन्त्री प्रचण्डले देश अहिले पनि सङ्कटमा नै रहेको भन्दै आर्थिक सूचकाङ्कहरू सकारात्मक नरहेको र निरपेक्ष गरिबीमा रहेको पचास लाख नेपालीलाई त्यहाँबाट निकाल्न वामपन्थी र लोकतान्त्रिक शक्तिहरू मिल्नै पर्ने अवस्था रहेको बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले लाखौँ युवालाई विदेशबाट फर्काएर स्वदेशमै आत्मसम्मानको जीवन दिन पनि सबैबीच सहकार्य आवश्यक रहेको औँल्याउनु भयो । अब पहुँच होइन, विधिको शासन सुरु गर्नु पर्छ भन्दै प्रधानमन्त्री प्रचण्डले देशको…

सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक, ६० वर्षभन्दा माथिकालाई सामाजिक सुरक्षा प्रदान
आर्थिक परिवेशकाठमाडौँ । वर्तमान सरकारले सम्पादन गर्ने कार्यक्रम समेटिएको २१ बुँदे ‘न्यूनतम साझा कार्यक्रम’ सार्वजनिक गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा साेमवार आयोजित कार्यक्रममा न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उपस्थितिमा सत्ता साझेदार दलहरूका तर्फबाट नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम सार्वजनिक भएको हो । सत्ता साझेदार दलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा कार्यदल नै बनाएर न्यूनतम तयार पारेको थियो । न्यूनतम साझा कार्यक्रममा खर्च कटौती गर्दै जनताका न्यूनतम आवश्यकता पूरा गर्ने उल्लेख छ । ६० वर्षभन्दा माथिकालाई सामाजिक सुरक्षा प्रदान गर्ने, रोडमा बस्नुपर्ने बाध्यता हटाउने उल्लेख गरिएको छ। सामाजिक सुरक्षाअन्तर्गत ६० वर्षभन्दा माथिका…

नतिजामुखी कार्यसम्पादनका लागि कार्य तालिका बनाएर जुट्न सचिवहरूलाई प्रधानमन्त्रीकाे निर्देशन
आर्थिक परिवेशकाठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नतिजामुखी कार्यसम्पादनका लागि कार्य तालिका बनाएर जुट्न सचिवहरूलाई निर्देशन दिनु भएको छ प्रधानमन्त्री दाहालले सरकारका सचिवहरूलाई ३० बुँदे निर्देशन दिनु हुँदै सेवा प्रवाहलाई सुलभ र सरल बनाउन आवश्यक नीतिगत समस्या भए समाधानको जिम्मा लिन आफु तयार रहेको भन्दै कामलाइ तिब्रता दिन निदेर्शन दिनु भएको हाे । साेमवार र मंगलवार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा विभिन्न मन्त्रालयका सचिवहरुको मन्त्रालयगत रिपोर्टिङ सुनेपछि प्रधानमन्त्री प्रचण्डले सचिवहरूलाई ३० बुँदे निर्देशन दिनुभएको हो । उहाँले विकास खर्च कम हुनुको कारणबारे चासो राख्दै नीतिगत तहमा समस्या भए सुधारका प्रस्ताव ल्याउन सचिवहरूलाई आग्रह गर्नु भएको छ । प्रधानमन्त्री प्रचण्डले सेवा प्रवाहलाई…

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणकाे काम छिट्टै सुरु हुन्छ : प्रधानमन्त्री दाहाल
आर्थिक परिवेशपोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणकाे काम छिट्टै सुरु गर्ने बताउनुभएको छ । अ।इतवार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गर्दै प्नधानमन्त्री दाहालले नेपाल जस्तो भूपरिवेष्टित मुलुकको बाह्य नेक्टिभिटीका लागि हवाईमार्ग सबैभन्दा प्रभावकारी माध्यम भएको उल्लेख गर्दै निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आवश्यक रहेको बताउनुभयो । “मुलुकको तेस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा आजदेखि पोखरामा विमानस्थल सञ्चालनमा आएको छ”, उहाँले भन्नुभयो, “यो विमानस्थल सञ्चालनमा आएसँगै पोखरासँग अन्तर्राष्ट्रिय क्षेत्रसँगको सम्बन्ध स्थापित भएको छ ।” प्रधानमन्त्री दाहालले पोखरा विमानस्थल निर्माणका लागि चिनियाँ राजदूतावासमार्फत तथा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग प्रत्यक्ष भेटेर पनि छिटो निर्माणका लागि आफूले पहल गरेको बताउनुभयो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका परिकल्पनाकार…