नेपालमा आजबाट विश्व लगानीकर्ता सप्ताह शुरु बजारलाई स्वस्थकर बनाउन जरुरी अर्थमन्त्री
आर्थिक परिवेश

१५ असोज, काठमाडौं ।  नेपाल धितोपत्र बोर्डको आयोजनामा नेपालमा आजबाट विश्व लगानीकर्ता सप्ताह शुरु भएको भएको छ । धितोपत्र बोर्डहरुको अन्तराष्ट्रिय संगठन आइएसकोको आव्हानमा नेपाल धितोपत्र बोर्डको नेतृत्वमा त्यस क्षेत्रका सम्वद्ध निकायहरुको समेत संलग्नतामा आयोजित विश्व लगानीकर्ता सप्ताहको अर्थमन्त्री डा प्रकाशशरण महतले शुभारम्भ गर्नु भयो । कार्यक्रममा अर्थमन्त्री डा महतले शेयर बजारबाट केही सिमित व्यक्तिहरुले चलखेल गरी फाइदा लिने र सर्वसाधारण आम लगानीकर्ताहरुलाई बिलखबन्धनमा पार्ने काम भैरहेको भन्दै त्यसतर्फ लगानीकर्ता र नियामक सचेत हुनुपर्ने बताउनु भयो । उहाँले बजारलाई स्वच्छ बनाउदै लगानीकर्ताहरुको लगानीलाई सुरक्षित गर्नु आवश्यक भएकोमा पनि जोड दिनु भयो । अर्थमन्त्री महतले धितोपत्र बजारबाट गोप्य सूचनाहरु चुहिने र…

नौ महिनामा करिब आठ लाख विदेशी पर्यटक नेपाल भित्रिए
आर्थिक परिवेश

१४असोज, काठमाडौं ।  अङ्ग्रेजी वर्ष सन् २०२३ को नौ महिनामा करिब आठ लाख विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार वर्षको जनवरीदेखि सेप्टेम्बर महिनासम्म हवाई मार्ग भएर सात लाख ८२ हजार तीन सय ७२ पर्यटक भित्रिएका हुन् । पछिल्लो सेप्टेम्बर महिनामा मात्रै ९१ हजार १२ पर्यटकले नेपाल भ्रमण गरेका छन् । अघिल्लो वर्ष सन् २०२२ को सोही अवधिमा ५८ हजार तीन सय १४ पर्यटक नेपाल भित्रिएका थिए । सन् २०१९ मा ९२ हजार छ सय चार पर्यटक नेपाल आएका थिए । नेपालमा पर्यटकीय सिजन सुरु भएकाले अबका दिनमा विदेशी पर्यटक आगमन बढ्ने बोर्डको विश्वास छ । बोर्डका…

स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्न सक्नुपर्नेमा विज्ञकाे जाेड
आर्थिक परिवेश

१२,असोज, काठमाडौं ।  मुलुकको राजनीतिक, आर्थिक तथा कूटनीतिक क्षेत्रमा विशिष्ट योगदान पुर्याउनुभएका व्यक्तित्वहरूले राजनीतिक स्थायित्व, चलायमान आर्थिक गतिविधि र सुरक्षाको प्रत्याभूतिका लागि देश आत्मनिर्भर हुनुपर्ने धारणा व्यक्त गर्नुभएको छ । एकीकृत विकास प्रणालीका पक्षमा अध्ययन, अनुसन्धान गर्ने आइआइडीएस नामक संस्थाद्वारा शुक्रवार काठमाण्डौमा आयोजित ‘नेपालको विगत र भविष्यको आर्थिक कूटनीति’ विषयक प्रवचन कार्यक्रममा उहाँहरूले राजनीतिक स्थायित्व, दिगो आर्थिक विकास, सांस्कृतिक पहिचान एवं संरक्षण र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सुरक्षा व्यवस्थाका आर्थिक कूटनीतिमा जोड दिँदै मुलुकलाई समृद्धिको बाटोमा अघि बढाउनुपर्ने बताउनु भएकाे हाे  । वक्ताहरूले देशभित्र लगानीको वातावरण सिर्जना गरी रोजगारीको समस्या हल गर्नुपर्ने, युवा शक्तिलाई विदेश पलायन हुनबाट रोक्नुपर्ने र आर्थिक कूटनीतिलाई…

वर्तमान अर्थतन्त्रको सुधारका लागि गम्भीर पहल आवश्यक : ओली
आर्थिक परिवेश

९ असोज, काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको आर्थिक अवस्था नाजुक हुँदै गएको भन्दै चिन्ता व्यक्त गर्नु भएको छ । नेकपा एमाले निकट उद्योगी व्यवसायीहरुको संगठन नेपाल उद्योग तथा व्यवसायी महासंघले मंगलबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा अध्यक्ष ओलीले उत्पादन बढन नसकेको तथा गरिवीको रेखाबाट माथि उठनु पर्नेमा जनताको अवस्था झन दयनीय हुदै गएको भन्दै चिन्ता व्यक्त गर्नु भयो । उहाँले उद्योग व्यवसायहरु लिलामीमा तथा कालोसूचिमा परेको भन्दै त्यसको सुधारको लागि गम्भीर  कदम उठाउनु आवश्यक भएको बताउनु भयो । सरकारमा रहेकाे बेला सम्मृद्ध नेपाल शुखि नेपाली  भन्ने कार्यक्रम अघि सारेका  अध्यक्ष ओलीले एमाले सरकारमा जानका लागि नहतारिएको…

नेपालमा लगानी गर्न चिनिया लगानीकर्ताहरूलाई प्रधानमन्त्री पुष्पकमलकाे आह्वान
आर्थिक परिवेश

८,असाेज,बेइजिङ, चीन ।  “नेपालमा लगानीका सम्भावना अधिक छन् । हामी यहाँहरुको लगानीलाई पूर्णतः सुरक्षा प्रदान गर्दछौँ र यहाँहरुले गर्ने लगानीको उचित वातावरण निर्माणका लागि के गर्नुपर्छ, त्यो गर्छौं । हामीसँग प्राप्त लगानीको सम्भावनाबाट यहाँहरुलाई लाभ लिन म हार्दिक अपिल गर्दछु ।” प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतबार चीनको राजधानी बेइजिङमा आयोजित नेपाल चीन लगानी सम्मेलनलाई सम्बोधन गर्दै चिनियाँ उद्योगी व्यवसायीलाई अपिल गर्दै हुनुहुन्थ्यो । उहाँले भन्नुभयो, “मैले पहिले पनि भन्दै आएको हुँ कि सरकार एक्लैले नेपालको समग्र विकास सम्भव छैन । यसका लागि निजी क्षेत्रसँगको सहकार्य आवश्यक छ । निजी क्षेत्र नेपालको समृद्धिका लागि एउटा इन्जिन हो, त्यसैले उनीहरुसँगको सहकार्य र…