शोधनान्तर र विदेशी विनिमय सञ्चिति सकारात्मक अर्थतन्त्रमा सुधारकाे संकेत
आर्थिक परिवेश

काठमाडाै । नेपालकाे शोधनान्तर स्थितिमा सकारात्मक सुधार भै अर्थतन्त्रमा सुधारकाे संकेत देखिएकाे छ  । चालु आर्थिक वर्ष शुरु भएपछि लगातार तेस्रो महिना पनि शोधनान्तर स्थिति सकारात्मक बन्न पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० को पहिलो ५ महिना (मंसिर मसान्तसम्म)को तथ्यांकअनुसार विदेशी विनिमय सञ्चिति, शोधनान्तर स्थिति लगायतका परिसूचकहरुमा सुधार देखिएको छ । सरकारले गरेको आयात प्रतिबन्धको असर स्वरुप विगतका केहि महिनाहरूमा  नेपालकाे विदेशी मुद्रा सञ्चितिकाे अवस्थामा सुधार भै  शोधनान्तरको अवस्था सकारात्मक बन्न पुगेको हो । कोभिड महामारीको असर एवम् लगत्तै शुरु भएको रुस युक्रेन युद्धको असर स्वरुप गत आवमा नेपालको बाह्य अवस्था एकदमै खराब अवस्थामा…

उपत्यकाका ठेकेदारहरुले समयमा काम सक्ने भन्दै मन्त्री समक्ष गरे लिखित प्रतिवद्धता 
आर्थिक परिवेश

काठमाण्डौ । काठमाण्डौ उपत्यकाका विभिन्न सडक आयोजनाका निर्माण व्यवसायीद्वारा मन्त्री समक्ष आयोजना समयकम सम्पन्न गर्ने लिखित वाचा गरेका छन् । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा मन्त्रालयका सचिव, विभागका महानिर्देशक तथा बिभिन्न आयोजना प्रमुखसहितको सहभागितामा भएको छलफल तथा अन्तत्र्रियामा निर्माण व्यवसायीहरुले समय सीमामा सडक आयोजनाहरु निर्माण सम्पन्न गर्ने लिखित प्रतिवद्धता गर्नु भएको हो । अन्तत्र्रिmयामा विभिन्न सडक आयोजनाका निर्माण व्यवसायीले आ–आफ्नो ठेक्कामा भए गरेका सहजता र जटिलताबारे मौखिक रुपमा वस्तुपरक प्रतिवेदन प्रस्तुत गरे । उनीहरुले त्यहाँ आ–आफना ठेक्कामा रहेका आयोजनाहरु निर्धारित समय सीमाभित्र सम्पन्न गर्ने लिखित प्रतिवद्धता समेत व्यक्त गर्नु भएको छ । अन्तत्र्रिmयामा सहभागी आयोजनाका…

 लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) प्रदेश संसदीय दलका नेता लिला गिरी नियुक्त
आर्थिक परिवेश

रुपन्देही । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) प्रदेश संसदीय दलका नेता लिला गिरी नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानकाे धारा १६८ को उपधारा (२) बमोजिम एमाले संसदीय दलका नेता गिरीलाई लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । यसअघि, लुम्बिनी प्रदेशमा सरकारको नेतृत्वका लागि सत्तारुढ गठबन्धन दलको समर्थनमा नेता गिरीले मुख्यमन्त्रीमा दाबी पेस गर्नुभएको थियो  । गिरीलाई एमालेका २९, नेकपा (माओवादी केन्द्र) का १०, राप्रपाका चार, नागरिक उन्मुक्ति पार्टीका चार, जनता समाजवादी पार्टीका तीन, स्वतन्त्र दुई, जनमत पार्टीका तीन र लोकतान्त्रिक समाजवादी पार्टीका तीन गरी ५८ प्रदेशसभा सदस्यको समर्थन रहेको छ ।

वर्ष २०२२/२३ मा नेपालको आर्थिक वृद्धि दर ५.१ प्रतिशत रहन्छ : विश्व बैंक
आर्थिक परिवेश

काठमाडाै । काठमाडौं । नेपालको आर्थिक वृद्धिदर आर्थिक वर्ष सन् २०२२–०२३ मा पाँच दशमलव एक र २०२३–०२४ मा चार दशमलव नौ प्रतिशत रहने प्रक्षेपण सार्वजनिक भएको छ । विश्व बैंकले मङ्गलबार ‘ग्लोबल इकोनोमिक प्रस्पेक्ट’ प्रतिवेदन सार्वजनिक गर्दै यस्तो प्रक्षेपण गरेको हो । आव २०२१–०२२ मा नेपालले पाँच दशमलव आठ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने अनुमान रहेको पनि विश्व बैंकले जनाएको छ । विश्व बैंकको अघिल्लो प्रक्षेपणको तुलनामा नयाँ प्रक्षेपणले नेपालको मात्र नभई विश्व आर्थिक वृद्धिदरमा समेत सङ्कुचन आउने देखाएको छ । नयाँ प्रक्षेपणअनुसार सन् २०२३ मा विश्व आर्थिक वृद्धिदर एक दशमलव सात प्रतिशतमा खुम्चने छ । जुन अघिल्लो अनुमानभन्दा एक दशमलव…

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रतिनिधिसभाबाट प्रचण्ड बहुमतकाे विश्वास प्राप्त
आर्थिक परिवेश

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट दुई तिहाइ बढी विश्वासको मत प्राप्त गर्नुभएको छ । प्रतिनिधिसभामा आज भएको विश्वासको प्रस्तावको मतदानमा उहाँको पक्षमा २६८ र विपक्षमा दुई मत परेको थियो । बैठकमा पाँच जना सांसद अनुपस्थित हुनुहुन्थ्यो भने बैठकमा कूल २७० सांसद उपस्थित हुनुहुन्थ्यो । सभाका ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले उक्त मत विभाजनको मतपरिणात सार्वजनिक गर्दै सो जानकारी दिनुभयो । राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहाललाई यही पुस १० गते प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो । प्रतिनिधिसभा सदस्यको यही मङ्सिर ४ गते भएको निर्वाचनमा ३२ सिटसहित माओवादी केन्द्र तेस्रो ठूलो दलका रुपमा सदनमा छ । उहाँले नेपालको संविधानको…