
डेडिकेटेड फिडर र ट्रंक लाइनको भुक्तानी सम्बन्धी विवाद वार्ताकाे माध्यमबाट समाधान गर्न सरकारसँग आग्रह
आर्थिक परिवेश९ कात्तिक, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले डेडिकेटेड फिडर र ट्रंक लाइनको भुक्तानी सम्बन्धी विवाद वार्तामाध्यमबाट समाधान गर्न सरकार तथा सम्वद्ध पक्षसग आग्रह गरेको छ । विवादका कारण बारम्बार उद्योगको बिजुलीको लाइन काटिँदा उत्पादन प्रभावित हुनुका साथै लगानीको वातावरणमा समेत प्रतिकूल असर परेर गलत सन्देश जाने महासंघको भनाइ छ । यो विवाद समाधानका लागि लाइन नकाट्ने र हाल काटिएको बिजुली तत्कालै जडान गरी वार्तामार्फत सबैपक्ष बसेर समाधान खोज्नु आवश्यक रहेको महासंघले को ठहर जनाएकाे छ । विभिन्न समयमा विभिन्न प्रक्रियाबाट बिजुली उपलब्ध गराइएको र उपभोग भए नभएको विषयमा उद्यमी व्यवसायी र नेपाल विद्युत् प्राधिकरणबीच मत भिन्नता रहेको महासंघको भनाइ…

नापी र मालपोतलाई पूर्ण रुपमा डिजिटाइलेशन गर्ने काम अन्तिम चरणमा
आर्थिक परिवेश०८ कार्तिक, काठमाडौँ । सरकारले देशभरका नापी तथा मालपाेत कार्यालयहरूलाई डिजिटाइलेशन गर्ने काम अन्तिम चरणमा पुगेको जनाएकाे छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले नापी र मालपोतलाई पूर्ण रुपमा डिजिटाइलेशन गर्ने काम अन्तिम चरणमा पुगेको बताउनु भएकाे हाे । मन्त्रालय सम्हालेको सय दिनमा भएका काम कारबाहीका बारेमा जानकारी दिन बिहीबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै मन्त्री अधिकारीले नापी र मालपोतमा डिजिटल सिस्टम जडान गर्ने र त्यसको प्रत्यक्ष निगरानी मन्त्रालयले गर्नसक्ने व्यवस्था अन्तिम चरणमा पुगेको बताउनु भयाे । उहाँले आफ्नो कार्यकालमा व्यक्तिले अनधिकृत रुपमा कब्जा गरेको चार सय भन्दा बढि रोपनी जग्गा नेपाल सरकारको नाममा कायम गरिएको जानकारी…

बहुउद्देश्यीय कालीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना निर्माण गर्न दुई खर्ब २४ अर्ब ६५ करोड लाग्ने
आर्थिक परिवेश०८ कार्तिक, बिहादी,पर्वत। प्रस्तावित छ सय ४० मेगावाट क्षमताको बहुउद्देश्यीय कालीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना निर्माणका लागि दुई खर्ब २४ अर्ब ६५ करोड लागत लाग्ने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको विद्युत् विकास विभागको प्रस्तावमा तायर पारिएको वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) प्रतिवेदनको मस्यौदामा परियोजना सम्पन्न गर्न अनुमानित सो रकम लाग्ने उल्लेख छ । विभागको प्रस्तावमा जेभि स्मिक इन्टरनेशनल प्रालि अस्ट्रेलिया र जेड कन्सल्ट प्रालि नेपाल काठमाडौँले इआइएको काम गरिरहेको छ । पर्वतको विहादी गाउँपालिकामा निर्माण हुने परियोजनाको वातावरणीय प्रभाव मूल्याङ्कनको काम अन्तिम चरणमा पुगेको छ । आयोजना निर्माणका बारेमा बुधवार पर्वत सदरमुकाम कुश्माबजारमा भएको सार्वजनिक सुनुवाइमा आयोजनाको कुल…

मुलुकको अर्थतन्त्रमा सुधारका संकेतहरु देखा परेका छन् प्रधानमन्त्री
आर्थिक परिवेश०७ कार्तिक, काठमाडौ । वर्तमान सरकार गठन भएको १०० दिनमा मुलुकको अर्थतन्त्रमा सुधारका संकेतहरु देखा परेको सरकारले उल्लेख गरेको छ । सरकार गठन भएको १०० दिनको अवसरमा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्रकै माग बमोजिम अर्थतन्त्र सुदृढीकरणका लागि आर्थिक सुझाव आयोगजस्ता महत्वपूर्ण आयोगहरूको गठनले व्यवसायीहरुमा आत्मविश्वास पलाउदै गएको बताउनु भएको छ । प्रधानमन्त्री ओलीले अर्थतन्त्रमा भएको सुधारको परिणामस्वरुप, एक सय दिनको अवधिमा २०० वटा उद्योगमा करिब ३४ अर्व रुपैयाँ लगानीको प्रतिबद्धता आएको बताउनु भयो । यस अवधीमा अन्तर्राष्ट्रिय स्वतन्त्र विज्ञ संस्थाबाट नेपालको सार्वभौम साख मूल्याङ्कन (क्रेडिट रेटिङ) को कार्य अन्तिम चरणमा पुगेको र लामो समयदेखि घटेको सेयरबजार…

व्यावसायिक र औद्योगिक वातावरण सिर्जनामा केन्द्रीत हुने गरी काम अघि बढाउनुस : अर्थमन्त्री
आर्थिक परिवेश४ कार्तिक, काठमाडौं । अर्थ मन्त्रालय अब व्यावसायिक र औद्योगिक वातावरण सिर्जनामा केन्द्रीत हुने गरी काम अघि बढाउने भएको छ । अर्थ मन्त्रालयमा बसेको उच्च व्यवस्थापन समूहको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले थप पूँजी परिचालन र लगानी वृद्धिका लागि अर्थ मन्त्रालय व्यावसायिक र औद्योगिक वातावरण सहज बनाउन केन्द्रीत हुने बताउनु भएको हो। अर्थमन्त्री पौडेलले राजस्व संकलन र पूँजीगत खर्चका लागि अझ बढी सामर्थ्य लगाउन निर्देशन दिनुभयो । राजस्व सचिव दिनेशकुमार घिमिरेले मुलुकमा थप व्यावसायिक र औद्योगिक वातावरण बने राजस्वमा समेत सकारात्मक प्रभाव पर्ने बताउनुभयो। बैठकमा बजेट महाशाखा प्रमुख श्रीकृष्ण नेपालले बाढी पहिरोबाट पुगेको क्षतिको पुनर्निर्माणका लागि स्रोत व्यवस्थापनमा समस्या…