
असोजको बाढीकाे क्षति वापत करिब १३ अर्ब बीमा दावी
आर्थिक परिवेश२० पुष काठमाडौँ । गत असोजको १० गते पछिको अविरल बर्षापछिको बाढी र पहिरोबाट भएको क्षतिबाट १२ अर्ब ८६ करोड ६६ लाख ८८ हजार तीन सय ३१ रुपैया बराबरको बीमा दावी परेकाे छ । नेपाल बीमा प्राधिकरणका अनुसार, कूल तीन हजार छ सय ८६ वटा दावीको आवेदन परेको छ । सोमध्ये हालसम्म एक हजार आठ सय नौ वटा दावीको एक अर्ब ७८ करोड ८१ लाख ३८ हजार एक सय ५४ रुपैया बराबर भुक्तानी भएको छ । प्राधिकरणका अनुसार सम्पत्ति बीमामा एक हजार सात सय ७४ वटा दावी परेको छ । नौ अर्ब २२ करोड २५ लाख ५६ हजार दुई सय…

त्रिभुवन विश्वविद्यालयबाट १४ हजार ३०८ विद्यार्थी दीक्षित
आर्थिक परिवेश१३ पुष, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेपाली शान्तिपूर्ण, सम्मानित, समृद्ध र सुखीरुपमा बाँच्न पाउने अवस्था सृजनाका लागि प्राप्त गरेको ज्ञानको प्रयोग गर्न दीक्षित विद्यार्थीलाई आग्रह गर्नुभएको छ । त्रिभुवन विश्वविद्यालयद्वारा आज दशरथ रङ्गशालामा आयोजित ५० औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै विश्वविद्यालयका कुलपति ओलीले समाजलाई लोकतान्त्रिक, सुसंस्कृत र इमानदार पूर्ण बनाउन र विद्वान हुँ भन्ने कुनै घमण्ड नगरी विनयशील हुन पनि आग्रह गर्नुभयो । प्रधानमन्त्री ओलीले उपाधि पूरा भएपछि पनि अध्ययन पूरा नहुने भएकाले प्राप्त ज्ञानलाई व्यवहारिक जीवनमा उतारेर परिष्कृत गर्न पनि आग्रह गर्नुभयो । “आफैसँग भएको विद्या व्यवहारमा उतार्न सकिएन भने त्यो विद्याको काम लाग्दैन । ज्ञानलाई व्यवहारिक…

राजेन्द्र संग्रौलाको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित
आर्थिक परिवेश१३ पुष, काठमाडौं । नेपाल फ्रेट फरवार्डस एशोसिएसन (नेफा) ले राजेन्द्र संग्रौलाको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको छ । नेफाको राजधानीमा सम्पन्न २४औं वार्षिक सधारणसभा पश्चात भएको निर्वाचनबाट वरिष्ठ उपाध्यक्षमा नरेश कुमार अग्रवाल, उपाध्यक्षमा अशोक मान कपाली, महासचिवमा हरि प्रसाद ढकाल, कोषाध्यक्षमा इश्वर बहादुर गुरुङ, सचिवमा सुजन कुमार न्यौपाने, सहकोषाध्यक्षमा सञ्जिव अर्याल निर्वाचित हुनु भएको छ । त्यसैगरी कार्यकारिणी समिति सदस्यहरुमा सहदेव बञ्जारा, मनिष मान श्रेष्ठ, गंगाराम पुडासैनी, गंगा बहादुर राया, सजिव शाक्य, राजेश चन्द्र प्रधानाङ्ग र प्रनुषा कार्की निर्वाचित हुनु भएको छ । नवनिर्वाचित कार्यकारिणी समितिको पहिलो बैठकबाट निर्मल पौडेललाई कार्यकारिणी समिति सदस्यमा मनोनीत गरेको एशोसिएसनले जनाएको छ…

प्रदेशस्तरीय व्यावसायजन्य सुरक्षा र स्वास्थ्य सम्मेलन शुरु
आर्थिक परिवेश१२ पुष, विराटनगर । उद्योग व्यावसायमा कार्यरत जनशक्तिको सुरक्षा पक्ष्ँको सुधार, सुरक्षित कार्यस्थल निर्माणमा सहयोगका साथै व्यावसायजन्य सुरक्षा र स्वास्थ्यको सन्दर्भमा दीर्घकालिन क्षमता अभिवृद्धि गर्ने उद्देश्यले उद्योग संगठन मोरङको आयोनजामा प्रदेश स्तरीय व्यावसायजन्य सुरक्षा र स्वास्थ्य सम्मेलन भएको छ । इन्स्योर परियोजना, नेपाली युवा उद्यमी मंच विराटनगर, ईटहरी र झापा च्याप्टरको सहकार्यमा भएको कार्यक्रममा उद्घाटन गर्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले उद्योग व्यावसाय क्ष्ँेत्रमा कार्यरत जनशक्तिको सुरक्षा र उत्पादकत्व अभिवृद्धिमा सम्मेलन कोशेढुंगा सावित हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले सम्मेलनमा प्रस्तुत हुने कार्यपत्र र अन्तरक्रियाबाट निष्कने निष्कर्षले प्रदेश सरकारलाई नीति निर्माण तहमा आगामी दिनमा सहयोग पुग्ने धारणा राख्नु भयो…

कर्णाली डेभलपमेन्ट बैंक समस्याग्रस्त घोषणा
आर्थिक परिवेश१० पुष,काठमाडौं । नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजतपत्रप्राप्त वित्तीय संस्था कर्णाली डेभलपमेन्ट बैंक लिमिटेड, नेपालगञ्ज, बाँकेलाई ‘समस्याग्रस्त संस्था’ घोषणा गरेको छ । नेपाल राष्ट्र बैंक सञ्चालक समितिको बुधवार बसेको बैठकले उक्त संस्थालाई ‘समस्याग्रस्त संस्था’ घोषणा गर्दै कर्णाली विकास बैंक लिमिटेडको व्यवस्थापन नियन्त्रणमा लिइएको छ । उक्त संस्था सञ्चालनका निम्ति बैंक तथा वित्तीय संस्था नियमन विभागका उप–निर्देशक टीकाराम खतिवडाको संयोजकत्वमा तीन सदस्यीय व्यवस्थापन समूह गठन गरिएको छ । व्यवस्थापन समूहलाई सर्वसाधारणको हित संरक्षणलाई केन्द्रित गर्दै बचतकर्ताको बचत भुक्तानी र संस्थाको ऋण असुलीलाई प्राथमिकता दिई कार्य गर्ने, संस्थाको Due Deligent Audit सम्पन्न गराउन आवश्यक कार्य गर्ने, संस्थामा भएका वित्तीय अपचलनउपर आवश्यक…