महासंघकाे कोषाध्यक्षमा भरतराज आचार्य मनोनीत
आर्थिक परिवेश

२८ फागुन, काठमाडौं ।   नेपाल उद्योग वाणिज्य महासंघ कोषाध्यक्षमा भरतराज आचार्य मनोनीत हुनु भएकाे छ । महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले बुधबार आचार्यलाई कोषाध्यक्षमा मनोनयन गर्नु भएकाे हाे  । उनले महासंघ उद्योग समिति सभापति तथा रोजगारदाता परिषद् सहसभापति तथा स्थायी समिति सदस्य भई काम गरिसक्नु भएकाे छ । एक दशकभन्दा बढी समयदेखि महासंघमा योगदान दिएका आचार्य विभिन्न उत्पादनमूलक तथा प्रविधिजन्य औद्योगिक प्रतिष्ठानमा आबद्ध रहेर व्यवसाय सञ्चालन गदै अाउनु भएकाे छ  । महासंघ कोषाध्यक्ष निरक केसी काे  १८ महिने कार्यकाल सकिएपछि महासंघमा कोषाध्यक्ष पद रिक्त थियो । आचार्यले अब महासंघमा कोषाध्यक्षको बाँकी कार्यकाल सम्हाल्नु हुनेछ  ।

स्थानीय तह र प्रदेशले गर्ने काम सङ्घले गर्नु संविधान र सङ्घीयताको मर्म र भावना विपरीत हुने
आर्थिक परिवेश

२८ फागुन, काठमाडौँ ।   उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्थानीय तह र प्रदेशले गर्ने काम सङ्घले गर्नु संविधान र सङ्घीयताको मर्म र भावना विपरीत हुने बताउनु भएको छ । आर्थिक वर्ष २०८२/०८३ वर्षको बजेट सम्बन्धी अर्थ मन्त्रालयले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयसँग गरेको छलफलमा अर्थमन्त्री पौडेलले स्थानीय तह र प्रदेशले गर्ने काम अब सङ्घले गर्न नहुने बताउनुभयो । २०७२ सालामा संविधानसभाबाट जारी संविधानमा सङ्घको एकल अधिकार अनुसूची ५ मा, प्रदेशको एकल अधिकार अनुसूची ६ मा, स्थानीय तहको एकल अधिकार अनुसूची ८ रहेकाे छ ।  संविधानको अनुसूची ७ मा संघ र प्रदेशको साझा अधिकार उल्लेख छ । त्यसैगरी अनुसूची…

तीन करोड रुपैयाँ भन्दा साना योजना तथा कार्यक्रम प्रस्ताव नगर्न विभिन्र मन्त्रालयलाई आग्रह
आर्थिक परिवेश

२५ फागुन, काठमाडौँ  ।  अर्थ मन्त्रालयले आगामी आर्थिक बर्षकाे  बजेटका लागि ३ करोड रुपैयाँ भन्दा साना योजना तथा कार्यक्रम प्रस्ताव नगर्न विभिन्र मन्त्रालयहरूलाई  आग्रह गरेकाे छ । आर्थिक वर्ष २०८२/०८३ को बजेट निर्माण सम्बन्धमा विभिन्र मन्त्रालयहरू संगकाे  छलफलमा  उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले  त्यसताे  आग्रह गर्नु भएकाे हाे  । आर्थिक वर्ष २०८२/०८३ को बजेट निर्माण सम्बन्धी खानेपानी मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँगको छुट्टा छुट्टै छलफल कार्यक्रममा अर्थमन्त्री पौडेलले पूर्वतयारी सम्पन्न  ठूला रूपान्तरणकारी एवम् राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना तथा कार्यक्रम प्रस्ताव गर्न जोड दिनु भएको छ । अर्थमन्त्री पौडेलले प्रदेश र स्थानीय तहले गर्न सक्ने कार्यक्रममा उनीहरूको भूमिका…

प्रतिवेदनमा औँल्याइएका सुझाव कार्यान्वयन गर्न सबै निकाय सजग हुनुपर्छ : महालेखापरीक्षक
आर्थिक परिवेश

  २२ फागुन, काठमाडौँ ।   महालेखापरीक्षकको कार्यालयले लेखापरीक्षणका सम्बन्धमा औँल्याइएको विषय तथा दिइएका सुझावको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिएको छ । महालेखापरीक्षकको कार्यालयमा बिहिवार आयोजित पत्रकार सम्मेलनमा महालेखापरीक्षक तोयम रायाले वार्षिक प्रतिवेदनमा औँल्याइएका सुझाव कार्यान्वयन गर्न सबै पक्ष सजग हुनुपर्ने बताउनुभयो । महालेखापरीक्षक रायाले भन्नुभयो, “लेखापरीक्षण सशक्त हुनै पर्छ, कानुनअनुसार चल्नै पर्छ, कार्यालयले दिएको सुझाव कार्यान्वयन हुनै पर्छ ।” उहाँले पछिल्लो छ वर्षको तथ्याङ्क हेर्दा स्थानीय तहमा बेरुजु घट्दो क्रममा रहेको बताउनुभयो । “तर प्रतिशतमा हेर्दा सङ्घको तुलनामा बेरुजु बढेको छ”, उहाँले भन्नुभयो ।   सुरुका वर्षहरुमा ऐन, कार्यविधि, कार्यालय नभएको तथा नयाँ लेखापरीक्षकलाई आर्थिक विषयमा पर्याप्त ज्ञान नहुँदा बेरुजु…

बजेटकाे छलफल शुरु अर्थमन्त्रीकाे १६ वुँदे निर्देशन
आर्थिक परिवेश

२१ फाल्गुन,काठमाडौँ  ।    अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८२/०८३ को बजेट निर्माणका लागि विभिन्न विषयगत  मन्त्रालयहरु स‍ँग छलफल सुरु गरेको छ। यसै क्रममा बुधवार अर्थ मन्त्रालयले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र त्यस मातहतका विभाग तथा  निकायहरुसँग परामर्श गरेको छ । सो अवसरमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/०८३ मा अनुशासित र यथार्थपरक बजेट ल्याउने बताउनुभएको छ । यथार्थपरक बजेट आउँदा बीच बीचमा रकमान्तर र संशोधन गर्न नपर्ने र कार्यान्वयनमा समस्या नआउने अर्थमन्त्रीको भनाइ छ । अर्थमन्त्री पौडेले बजेटको सिद्धान्त, मूल्य मान्यतालाई आत्मसात् गरी बजेट बनाउने र विगतको अनुभवबाट शिक्षा लिएर अघि बढ्ने धारणा व्यक्त गर्नु भएको छ ।…