सहकारी ठगी प्रकरणमा संसदीय समिति बनाउन शीर्ष नेताहरुबीच सहमति
आर्थिक परिवेश

०५ जेठ, काठमाडौँ । सहकारी ठगी प्रकरणमा संसदीय समिति बनाउन शीर्ष नेताहरुबीच सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिवार  साँझ बसेकाे शीर्ष नेताहरूको बैठकमा सहकारी ठगी प्रकरणमा संसदीय समिति बनाउन सहमति भएको हो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा, उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने लगायतका शीर्ष नेताहरूको सहभागिता रहेको थियो । बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्नुहुँदै नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले मुख्य दलको शीर्ष नेताहरूको बैठकबाट संसदीय छानबिन समिति बनाएर जाने सहमति भएको जानकारी दिनुभयो। उहाँले संसदीय समितिको कार्यादेश बनाउन कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले…

मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा : सवारी कर्जाको जोखिमभार घट्याे
आर्थिक परिवेश

०४ जेठ, काठमाढौ ।    नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०÷८१ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै सवारी कर्जाको जोखिमभार घटाएको छ भने घरजग्गा कर्जा केही सहज बनाएको छ । मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने विद्यमान एक सय २५ प्रतिशत जोखिमभार रहेका हायर पर्चेज प्रकृतिका कर्जाको जोखिमभार घटाई एक सय प्रतिशत कायम गरिएको छ । त्यसैगरी घर जग्गा खरिद प्रयोजनका लागि ऋण भुक्तानी आम्दानी अनुपात (डेब्ट सर्भिस टु ग्रस इनकम रेसियो) लाई सहजीकरण गरी कर चुक्त प्रमाण पेस गरेका आधारमा विद्यमान ५० प्रतिशतबाट ७० प्रतिशत कायम गरिने व्यवस्था ल्याइएको राष्ट्र बैंकले जनाएको…

सुन र चाँदीकाे मुल्यकाे नयाँ रेकर्ड सुन १ लाख ४० हजार
आर्थिक परिवेश

३ जेठ, काठमाडौं । बिहिवार नेपाली बजारमा  सुन र चाँदीकाे मुल्यले उच्च रेकर्ड बनेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि सुनको भाउ प्रतितोला १ लाख ४० हजार रुपैयाँ तय गरेको र साेही अनुसार काराेवार भएकाे छ  । यो मूल्य अघिल्लो दिनको तुलनामा १ हजार ६ सय रूपैयाले बढी हो भने हालसम्मकै उच्च मुल्य  हो । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै नेपाली बजारमा पनि प्रभाव परेको नेपाल सुन चाँदी व्यवसायी महासंङले जनाएकाे  छ । वैशाख ९ गते त्यसअघिका सबै रेकर्ड तोडेर प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको सुन क्रमिक रुपमा घट्दै १९ गते १ लाख ३४ हजार…

राष्ट्रपतिबाट नेपाल सरकारको नीति तथा कार्यक्रम संसद्को संयुक्त बैठकमा प्रस्तुत
आर्थिक परिवेश

०१ जेठ, काठमाडौँ ।   राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१/०८२का लागि नेपाल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको छ । संघीय संसद् भवन नयाँबानेश्वरमा आज बसेको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै राष्ट्रपति पौडेलले उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्ने र रोजगारी सिर्जना गर्ने गरी कृषि र ऊर्जा क्षेत्रको विकासमा जोड दिइएको बताउनुभयो । यस्तै नीति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रमा नागरिकको सहज पहुँच बढाउने, सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउँदै सहजरुपमा उपलब्ध गराउने, भ्रष्टाचार नियन्त्रणलाई प्रभावकारी बनाउँदै सुशासन कायम  गर्ने कार्यलाई जोड दिइएको छ । बजेट प्रस्तुत हुनुभन्दा अघि संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपतिले सरकारको…

१० महिनामा ६० प्रतिशत हाराहारी  बजेट खर्च
आर्थिक परिवेश

०१ जेठ, काठमाडौं  ।  चालु  आर्थिक वर्षको १० महिना बैशाख मसान्तसम्ममा  सरकारको बजेट  ६० प्रतिशत हाराहारी  मात्र खर्च भएकाे देखिएको छ । महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार वैशाख मसान्तसम्ममा वार्षिक विनियोजनको ६० दशमलव ३५ प्रतिशत अर्थात्  १० खर्ब ५६ अर्ब ८९ लाख २४ हजार बराबर खर्च भएको जनाएको छ । सरकारले चालु आर्थिक वर्षका लागि १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख बराबरको बजेट ल्याएको थियो । वैशाख मसान्तसम्ममा चालुगततर्फ वार्षिक विनियोजनको ६५ दशमलव ९१ प्रतिशत खर्च भएको छ । चालु शीर्षकमा  ११ खर्ब ४१ अर्ब ७८ करोड ४१ लाख बराबर वार्षिक विनियोजन भएकोमा हालसम्म रु सात खर्ब…