अर्थमन्त्री स्वदेश फिर्ता, लगानी सम्मेलनमा सहभागी हुन अन्तर्राष्ट्रिय लगानीकर्तालाई आग्रह
आर्थिक परिवेश८ वैशाख,काठमाडौं । अर्थमन्त्री वर्षमान अमेरिका भ्रमण सकाएर शनिवार स्वदेश फर्किनु भएकाे छ। अमेरिकी भ्रमणकाे क्रममा अर्थमन्त्री पुनले विश्व बैंक र मुद्रा कोष बैठकमा सहभागी हुनुका साथै जलवायु परिवर्तनको प्रभावले खतरामा रहेका मुलुकहरूको समूह भी–२० को मन्त्रीस्तरीय बैठक, हाइलेभल क्लाइमेट नेक्सससम्बन्धी साइडलाइन बैठक तथा दक्षिण एसियामा स्वच्छ ऊर्जा संक्रमणसम्बन्धी सत्रका साथै विभिन्न द्विपक्षीय र बहुपक्षीय बैठकहरूमा सहभागीता जनाउनु भएकाे थियाे । भ्रमणकाे क्रममा अर्थमन्त्री पुनले पुनले विश्व बैंककी कार्यसञ्चालन प्रबन्ध निर्देशक आना वियर्दे, विश्व बैंकका दक्षिण एसिया हेर्ने उपाध्यक्ष मार्टिन रेजर, विश्व बैंकका विकास वित्त (डिएफआई) परिचालन हेर्ने उपाध्यक्ष आकिहिको निसिओ, विश्व बैंककै पूर्वाधार क्षेत्र हेर्ने उपाध्यक्ष ग्वाङ्झे चेन, अन्तर्राष्ट्रिय…
नेपाली चिया निकासीमा भारतीय अवराेध
आर्थिक परिवेश०८ बैशाख, झापा। भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर नेपाली चियाको निर्यात रोकेको छ । नेपाली चिया भारत लगेर दार्जलिड. तथा असाम चियाकाे नामबाट ठूलाे मात्रामा नेपाली चिया निकासी गर्दै आएका भारतीय व्यवसायीहरूले समय समयमा वा प्रतेक बर्ष यस्तै निहुँ निकालेर नेपाली चियामा अवराेध गर्दै आएका छन । नेपालमै चिया प्नशाेधन गरी ब्राण्डीड. गरेर चिया नबेची भारतीय व्यापारिमा निर्भर हुँदा भारतीय पक्षबाट बर्षेनी जस्ताे यस प्रकारकाे समस्या नेपालका चिया उद्यमीहरुले भाेग्दै आएका छन् । पूर्वीनाका काँकडभिट्टाबाट जाँचपास भएर भारतीय सीमावर्ती पानीटङ्की नाका पुगेको १७ ट्रक तयारी चिया शुक्रबार भारतले रोकेको हो । चिया निर्यातको अनुमति नपाएर रोकिएका…
१ हजार ६३ मेगावाटकाे माथिल्लो अरुण जलविद्युत् परियोजनाको वित्तीय व्यवस्थापनकाे सैद्धान्तिक सहमति
आर्थिक परिवेश०७ बैशाख, काठमाडौं। सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३ मेगावाट क्षमताको माथिल्लो अरुण अर्धजलाशययुक्त जलविद्युत् परियोजनाको वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुटेको छ । विश्व बैङ्क र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को संयुक्त बैठकमा सहभागी हुन अमेरिका भ्रमणमा रहनुभएका अर्थमन्त्री वर्षमान पुन र विश्व बैङ्क उच्च नेतृत्वबीच वासिङ्टन डिसीमा भएको वार्तामा त्यसबारे सैद्धान्तिक सहमति भएको अर्थ मन्त्रालयले जनाएको छ । अर्थमन्त्री पुन र विश्व बैङ्कका दक्षिण एसिया हेर्ने उपाध्यक्ष मार्टिन रेजरबीच माथिल्लो अरुणसहित विश्व बैङ्कको लगानीमा नेपालमा सञ्चालित आयोजनाबारे छलफल भएको थियो । माथिल्लो अरुण परियोजनामा वित्तीय व्यवस्थापनका लागि विश्व बैङ्कले नेतृत्व गर्ने गरी सैद्धान्तिक निष्कर्षमा पुगिएको मन्त्री पुनको…
दुई सहसचिव बने सचिव, कार्की बागमतीकाे कामु प्रमुख सचिव
आर्थिक परिवेश०६ बैशाख, काठमाडौँ । सरकारले केदारनाथ शर्मा र बैकुण्ठ बहादुर अधिकारीलाई सचिव पदमा बढुवा गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का कार्यालय सिंहदरबारमा बिहिवार बसेको मन्त्रिपरिषद् बैठकले दुई सहसचिवलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिनुभयो । यस्तै, बैठकले राष्ट्रिय मानव अधिकार आयोगको रिक्त सचिव पदमा मुरारीप्रसाद खरेललाई नियुक्त गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले सहसचिव गोविन्दबहादुर कार्कीलाई बागमती प्रदेश सरकारको कायममुकायम प्रमुख सचिवको जिम्मेवारी दिने लगायतका निर्णयहरू गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बैठकपछि सञ्चारकर्मीहरूलाई जानकारी दिनुभयो । मन्त्रिपरिषद् बैठकका निर्णयहरू १. सङ्घीय मामिला तथा…
देशको आर्थिक विकास र समृद्धिमा लेखा व्यवसायीको भूमिका महत्त्वपूर्ण : मन्त्री भण्डारी
आर्थिक परिवेश०६ बैशाख, काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले आर्थिक विकास र देशको समृद्धिमा लेखा व्यवसायीको महत्त्वपूर्ण भूमिका हुने बताउनुभएको छ । चार्टर्ड एकाउन्टेन्ट्सहरुको नियामक निकाय नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था(आइक्यान)को आयोजनामा आजदेखि काठमाडौँमा सुरु भएको लेखा व्यवसायीहरूको राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै मन्त्री भण्डारीले राम्रो रेखाङ्कन नहुँदा कतिपय क्षेत्र नै बन्द भएकाले यो पेसामा आचारसंहिताको परिपालना अनिवार्य हुने बताउनुभयो । “यस पेसामा रहनुहुने व्यक्तिले आचारसंहिताको अनुभूति र सिद्धान्तअनुसार अगाडि बढिरहनुभएको कुरामा म विश्वस्त छु”, मन्त्री भण्डारीले भन्नुभयो । अर्थतन्त्रमा पछिल्लो समय केही सुधार देखिएको र स्वदेशी उत्पादनमार्फत आर्थिक वृद्धि गर्न आवश्यक रहेको उहाँको भनाइ थियो । उद्योग मन्त्री भण्डारीले…