सरकारले बनाएको मापदण्ड विपरित ५५ अर्ब टुक्रे आयोजनामा विनियोजन गरियाे : पूर्वअर्थमन्त्री
आर्थिक परिवेश०४असार, काठमाडाै । पूर्वअर्थमन्त्री एवं प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमा मापदण्डविपरीत टुक्रे आयोजनामा समेत बजेट विनियोजन गरेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा डा महतले सरकारले बलमिच्याइँ गरेर जथाभावी बजेट बाँडेको तर अत्यावश्यक प्रकृतिका आयोजना भने प्राथमिकतामा पर्न नसकेको बताउनु भयाे । बजेटमा टुक्रे आयोजना र प्राथमिकता पहिचानविना बजेट बाँडिएको बताउँदै डा महतले जथाभावी बजेट बाँड्ने प्रवृत्तिले स्रोत न्यून हुने अवस्थालाई थप मद्दत पुर्याएको बताउनु भयाे । डा महतले तीन करोडभन्दा कम लागतका आयोजनामा संघीय सरकारबाट बजेट विनियोजन नगर्नेगरी सरकारले मापदण्ड बनाएको भए पनि त्यसको पालना नभएको आरोप लगाउनु…
विकासमा चुनौती खेपिरहेका देशहरूलाई सहुलियतपूर्ण वित्तीय सहयोग गरेर विकासको गतिमा अघि बढाउन आग्रह
आर्थिक परिवेश०४ असार,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वव्यापी शान्ति र साझा समृद्धि सुनिश्चित गर्नका लागि औद्योगिक क्रान्तिका समयमा पछाडि परेका देशहरूको विकासमा देखिएका चुनौतीलाई सम्बोधन गर्न आग्रह गर्नुभएको छ । काठमाडौँमा मंगलवारदेखि सुरु भएको ‘आइडिए (अन्तर्राष्ट्रिय विकास सङ्घ) काे अाैं २१ पुनःपूर्ति (रिप्लेनिसमेन्ट)’ बैठकको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले विकासमा चुनौती खेपिरहेका देशहरूलाई सहुलियतपूर्ण वित्तीय सहयोग गरेर विकासको गतिमा अघि बढाउन आग्रह गर्नुभएको हो । “स्रोत, प्रविधि र लगानीको न्यायसंगत पहुँच प्रदान गरेर विकासको गतिमा चुनौतीहरू सामना गरिरहेका देशहरूलाई सहयोग गर्नुपर्छ, विद्यमान असमानताहरू सम्बोधन गर्नुपर्छ, अनिमात्र समावेशी आर्थिक अवस्थाको प्रवर्द्धन गर्न सकिन्छ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “ती राष्ट्रहरूलाई माथि उठाउने मात्र नभइ…
विश्व बैङ्क समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आईडीए)को तेस्रो बैठक मंगलवारबाट हुने
आर्थिक परिवेश०३ असार,काठमाडौँ । विश्व बैङ्क समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आईडीए)–२१ को तेस्रो रिप्लेनिसमेन्ट बैठक भाेलिदेखि काठमाडाैमा शुरू हुनु भएकाे छ । बैठकमा सहभािग हुन विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक एक्सेल भान ट्रोटसनबर्गले अर्थमन्त्री वर्षमान पुनसँग सोमवार शिष्टाचार भेट गर्नु भएको छ । ट्रोटसनबर्ग मङ्गलवारदेखि काठमाडौँमा सुरु भई ४ दिनसम्म चल्ने विश्व बैङ्क समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आईडीए)–२१ को तेस्रो रिप्लेनिसमेन्ट बैठकमा सहभागी हुन नेपाल आउनु भएको हो । भेटमा ट्रोटसनबर्गसँगै विश्व बैंकका उपाध्यक्षद्वय आकिहिको निसिओ र मार्टिन रेजर तथा तथा नवनियुक्त नेपाल निर्देशक डेभिड सिस्लेनलगायत सहभागी हुनुहुन्थ्यो । भेटमा अर्थमन्त्री पुनले आइडीए–२१ बैठकको आयोजना नेपालमा गर्न पाउँदा खुसी लागेको बताउनु…
अत्यावश्यक पेट्रोलियम ढुवानीमा हडताल: छलफलका लागि मन्त्रालयले बोलायो
आर्थिक परिवेश०३ असार, काठमाडाै । नेपाल पेट्रोलियम ट्याङ्कर चालक सङ्घले विभिन्न सात बुँदे माग राख्दै अत्यावश्यक पेट्रोलियम पदार्थको ढुवानीमा हडताल गरेपछि उपत्यकाका पेट्रोल पम्पहरूमा सवारी साधनको चर्को लाइन देखिएको छ । पेट्रोलियम पदार्थको ढुवानी रोकिएपछि अभाव सिर्जना भएको हो । आवश्यक सेवा सञ्चालन ऐन, २०१४ तथा आवश्यक पदार्थ नियन्त्रण अधिकारण ऐन, २०१७ ले पेट्रोलियम पदार्थलाई अत्यावश्यक सेवाभित्र राखेको छ भने यी सेवामा बन्द तथा हडताल गर्न बर्जित छ । ट्याङ्कर चालक सङ्घमा आबद्ध चालकहरूले भने विद्यमान कानुनी व्यवस्थाको उल्लङ्घन गर्दै आन्दोलनमा उत्रिएका हुन् । नेपाल पेट्रोलियम ट्याङ्कर चालक सङ्घको आह्वानमा पेट्रोलियम पदार्थ ढुवानी गर्ने चालक तथा सहचालक आन्दोलन भएपछि आज उद्योग,…
११ महिनामा सरकारको विकास खर्च ४४ दशमलव ६८ प्रतिशत मात्रै
आर्थिक परिवेश०२ असार,काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा सरकारको विकास खर्च ४४ दशमलव ६८ प्रतिशत मात्रै भएको छ । यस अवधिमा सरकारले चालुतर्फ वार्षिक लक्ष्यको ७२ दशमलव छ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ७२ दशमलव सात प्रतिशत बजेट खर्च हुदाँ विकास खर्च भने ४४ दशमलव ६८ प्रतिशत मात्रै भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । चालु आवका लागि सरकारले १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख बराबरको बजेट ल्याएको थियो । उक्त बजेटमा चालु शीर्षकमा ११ खर्ब ४१ अर्ब ७८ करोड ४१ लाख बराबर विनियोजन भएकोमा जेठ मसान्तसम्ममा आठ खर्ब २२ अर्ब ८० करोड ९३ लाख बराबर मात्रै…