नयाँ चरणको आर्थिक सुधारको प्रयास आगामी बजेटमार्फत शुरू हुन्छ : अर्थमन्त्री पुन
आर्थिक परिवेश

१६ जेठ, काठमाडौँ ।  अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको सरकारले नयाँ चरणको आर्थिक सुधारको प्रयास थालेको बताउनुभएको छ । आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटका सन्दर्भमा अर्थ मन्त्रालयले आयोजना गरेको पत्रकार संगकाे छलफल कार्यक्रममा अर्थमन्त्री पुनले नेपालको वास्तविक अवस्था विश्लेषण गरेर सुधारको बाटो समात्ने गरी बजेट आएको दाबी गर्नुभयाे  । नागरिकलाई केन्द्रमा राखेर बजेट ल्याएको दाबी पनि अर्थमन्त्री पुनले गर्नुभयो । निजी क्षेत्र, प्रमुख प्रतिपक्षलेसमेत आशा जगाउने बजेट आएको भनेर प्रतिक्रिया दिएको उहाँको भनाइ छ । आम जनतामा आशा जगाउने गरी बजेट आएको छ । बजेटले उद्यमी व्यवसायी आशा जगाउने अपेक्षा गरेका छौँ । अर्थमन्त्री पुनले भन्नुभयो, “देशभित्र अवसर…

निकासी तथा पैठारीमा करका दरहहरूमा हेरफेर प्रस्ताव
आर्थिक परिवेश

१६ जेठ, काठमाडौँ ।  संसदमा प्रस्तुत भएको ‘नेपाल सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक (आर्थिक विधेयक) २०८१’ ले विभिन्न वस्तु तथा सेवामा करका दर हेरफेर गरेको छ । आर्थिक विधेयकमार्फत उद्योगले पैठारी गर्ने कच्चापदार्थमा लाग्ने महसुल भन्दा तयारी वस्तुको पैठारीमा लाग्ने महसुल कम्तीमा एक तह कम कायम गरेको छ । औषधि, इन्डक्सन चुल्हो, धागो, हेल्मेट, अगरबत्ती, सेनिटरी प्याड, काजु र बदाम प्रशोधन, स्प्रिङ पत्ता बनाउने उद्योगलगायतका कच्चापदार्थमा लागेको पैठारी महसुल र अन्तः शुल्क घटाइएको छ । आलु, प्याज, स्याउलगायतका तरकारी एवं फलफूलमा लागेको मूल्य अभिवृद्धि कर खारेज भएको छ । मदिरा, बियर, सूर्ति र चुरोटमा लगाइएको अन्तःशुल्क बढेको छ…

१८ खर्ब ६० अर्ब ३० करोड रुपैया बराबरको बजेट आयाे
आर्थिक परिवेश

१५ जेठ, काठमाडौ ।  संघीय सरकारले आगामी आर्थिक बर्ष २०८१।०८२ का लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैया बराबरको बार्षिक आयव्यवको विवरण बजेट ल्याएको छ । संसदको आजको संयुक्त बैठकमा आगामी आर्थिक बर्षको बजेट प्रस्ततु गर्दै अर्थमन्त्री बर्षमान पुनले प्रस्तुत बजेटका लागि चालुतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड , पूजीगततर्फ ३ खर्ब ५२ अर्ब ३५ करोड र वितीय व्यवस्थापनतर्फ ३ खर्ब ६७ अर्ब १८ करोड रकम निनियोजन गरेको बताउनु भयो । प्रस्ततु बजेटको कुल विनियोजीत रकम मध्ये चालुतर्फ ६१.३१ प्रतिशत, पुजीगततर्फ १८.९४ प्रतिशत र वितीय व्यवस्थापनतर्फ १९.७४ प्रतिशत रकम विनियोजन भएको छ ।

आगामी बजेट : ऊर्जामा ठूला आयोजनामा जोड, आगामी वर्ष ९ सय मेगावाट थपिने 
आर्थिक परिवेश

 १५ जेठ,काठमाडौँ ।   सरकारले आगामी आर्थिक वर्ष राष्ट्रिय प्रणालीमा चार हजार पाँच सय मेगावाट विद्युत थप हुने बताएको छ । अर्थमन्त्री वर्षमान पुन अनन्तले मंगलबार संघीय संसदका दुवै सदनको बैठकमा आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्दै आगामी आर्थिक वर्ष नौ सय मेगावाट बिजुली थप हुने बताउनु भयाे । ऊर्जा क्षेत्रलाई विशेष प्राथमिकतामा राख्दै कूल जडित क्षमता बढ्ने बजेटमा उल्लेख गरिएको छ । हाल प्रतिव्यक्ति विद्युत् खपत क्षमता तीन सय ८० किलोवाट रहेमामा आगमी वर्ष त्यसलाई बढाएर चार सय ५० किलोवाट पुरयाउने लक्ष्य छ । आगामी आर्थिक वर्षदेखि नेपालको बिजुली बङ्गलादेश पुर्याइने घोषणा पनि उहाँले गर्नु भयाे  । ।…

भरतपुर, पोखरा र बुटवललाई जोडेर गण्डकी आर्थिक त्रिभूज योजना
आर्थिक परिवेश

१५ जेठ, काठमाण्डौँ ।   सरकारले भरतपुर, पोखरा र बुटवललाई जोडेर गण्डकी आर्थिक त्रिभूज परियोजना सञ्चालन गर्ने घोषणा गरेको छ । अर्थमन्त्री वर्षमान पुन अनन्तले मंगलबार संघीय संसदका दुवै सदनको बैठकमा आगामी आर्थिक वर्ष २०८१÷०८२ को बजेट प्रस्तुत गर्दै उक्त घोषणा गर्नु भएकाे हाे । अर्थमन्त्रीले एकीकृत विकासको अवधारणाअनुसार नमुना विकास अभियान सञ्चालन गर्न भरतपुर, बुटवल र पोखरालाई तीनवटा कोणमा राखी गण्डकी आर्थिक त्रिभूज परियोजना सञ्चालन गरिने बताउनु भयाे  । उनका अनुसार परियोजनाअन्तर्गत निजी क्षेत्रसँगको साझेदारीमा औद्योगिक ‘इकोसिस्टम’ निर्माण गरी औद्योगिक पुनरुत्थान र गुणस्तरीय रोजगारी सिर्जना गरिने छ । गण्डकी त्रिभूजमा पर्ने निर्माणाधीन नारायणगढ–बुटवल र मुग्लिन–पोखरा सडकखण्डको विस्तार कार्य आगामी आर्थिक…