बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत
आर्थिक परिवेश

१४ जेठ, मकवानपुर ।   बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ। प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेशसभा आजको बैठकमा प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो । नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, पर्यटन, उद्योग, खेलकुद, कृषि तथा भौतिक निर्माणलाई प्राथमिकतामा राखिएको छ। बागमती प्रदेशमा प्रदेश बैङ्क स्थापना गर्ने र ‘एक विद्यालय एक नर्स’ कार्यक्रम घोषणा गरिएको छ। त्यस्तै, स्वास्थ्य क्षेत्रमा मानसिक स्वास्थ्य प्रवर्द्धन र आत्महत्या न्यूनीकरण कार्यक्रम अघि सार्ने, विषादीमुक्त भान्छा अभियानलाई प्रवर्द्धन गर्ने र विपन्न नागरिकलाई निःशुल्क रगत उपलब्ध गराउने नीति तथा कार्यक्रममा समावेश छ। प्रमुख शर्माले खेलकुद क्षेत्रमा चितवनस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण सम्पन्न गर्ने…

मुलुककाे बेरूजु १२ खर्ब नजिक, अघिल्लाे भन्दा १४.०५ प्रतिशतले बेरूजु बढयाे
आर्थिक परिवेश

१३ जेठ, काठमाडौँ ।  नेपालका  सरकारी कार्यालय, सङ्गठित संस्था तथा अन्य संस्था, समिति प्रदेश निकाय र स्थानीय तहहरूसमेतको कुल बेरुजु   ११ खर्ब ८३ अर्बभन्दा बढी पुगेको छ । आइतवार सार्वजनिक भएको महालेखापरीक्षकको ६१औँ वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७९/८० मा मात्रै दुई खर्ब ३६ अर्ब ५५ करोड ५१ लाख बराबर बेरुजु थपिएको छ । प्रतिवेदनअनुसार सङ्घीय सरकारी कार्यालय, प्रदेश सरकारी कार्यालय, स्थानीय तह र संस्थातर्फ लेखापरीक्षणबाट औँल्याइएको अद्यावधिक बेरुजु  छ खर्ब ६९ अर्ब ८६ करोड रहेको छ । त्यस्तै, अतिरिक्त लेखापरीक्षण बक्यौता, राजस्व बक्यौता, शोधभर्ना लिनुपर्ने वैदेशिक अनुदान तथा ऋणको कारबाही गरी टुङ्गो लगाउनुपर्ने रकम  पाँच खर्ब १३ अर्ब ४० करोड…

उद्योग बन्द हुने अवस्थामा पुगेकोप्रति ग्रील तथा स्टील व्यवसायी महासंघको गम्भिर ध्यानाकर्षण
आर्थिक परिवेश

११ जेठ, काठमाडौं । ग्रिलजन्य फलाम र निर्माण सामाग्रीको अनियन्त्रित रुपमा भएको उच्च मूल्य बृद्धिले सम्पूर्ण ग्रिल उद्योग बन्द हुने अवस्थामा पुगेको भन्दै ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । अन्तराष्ट्रिय बजारमा फलामको कच्चा पदार्थ ब्लेडको मूल्यमा बृद्धि नभएको अवस्थामा पनि नेपाली बजारमा केही सीमित उद्योगी र सरकारमा रहेका मानिसहरुको आपसी मिलेमतोमा ग्रिलजन्य फलामको मूल्य बढाइएको भन्दै महासंघले आपत्ति जनाएको छ । देशभर सञ्चालित ११ हजार भन्दा बढी ग्रिल उद्योग त्यसमा कार्यरत करिब एक लाख ६० हजार श्रमिक र तिनमा आश्रित १५ लाख व्यक्तिको रोजगारी गुम्ने अवस्था आएकोले अस्वभाविक मूल्य बृद्धिको अनुगमन गरी उचित कारबाही…

चालु आर्थिक वर्षकाे जिडिपिमा प्रदेशगत योगदानमा बागमती अग्रस्थानमा
आर्थिक परिवेश

१० जेठ, काठमाडौं।   मुलुकको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) मा प्रदेशको योगदान हेर्दा बागमती प्रदेशको सबैभन्दा बढी र कर्णालीको सबैभन्दा कम देखिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले आज सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को प्रादेशिक कूल गार्हस्थ्य उत्पादन अनुमानसम्बन्धी तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको मुलुकको कूल अर्थतन्त्रमा बागमती प्रदेशले सबैभन्दा बढी ३६ दशमलव ४ प्रतिशत योगदान गर्ने अनुमान गरिएको छ । त्यस्तै, कोशीको १५ दशमलव आठ, लुम्बिनीको १४ दशमलव तीन, मधेसको १३ दशमलव एक, गण्डकीको नौ दशमलव एक र सुदूरपश्चिम प्रदेशको सात दशमलव एक प्रतिशत योगदान रहने अनुमान गरिएको छ । जिडिपीमा सबैभन्दा कम योगदान कर्णाली प्रदेशको करिब चार दशमलव तीन प्रतिशत…

प्रधानमन्त्री दाहालले प्रतिनिधिसभाबाट आज विश्वासको मत लिदै
आर्थिक परिवेश

०७ जेठ , काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट आज विश्वासको मत लिनुहुने भएको छ । नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम उहाँले प्रतिनिधिसभाबाट विश्वासको मत लिन लाग्नु भएको हो । प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजन भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र विश्वासको मतका लागि प्रतिनिधिसभा समक्ष प्रस्ताव राख्नुपर्ने संवैधानिक व्यवस्था छ । वर्तमान सरकारमा सहभागी तत्कालीन उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवको नेतृत्वमा रहेको जनता समाजवादी पार्टी सरकारबाट बाहिरिएसँगै प्रधानमन्त्री दाहालले विश्वासको मत लिन लाग्नुभएको हो । उक्त विश्वासको मतसम्बन्धी पेश भएको प्रस्ताव प्रतिनिधिसभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य सङ्ख्याको बहुमतबाट पारित…