सरकार फेरिए पनि नीतिगत स्थिरता हुनुपर्छः अर्थमन्त्री पुन
आर्थिक परिवेश२१ असार,काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले सत्ता परिवर्तन भए पनि मुलुकको अर्थ र विकास नीतिमा परिवर्तन गर्न नहुने बताउनु भएकाे छ । राजधानीमा शुक्रबार आयोजित एक कार्यक्रममा मन्त्री पुनले विकासका लागि नीतिगत स्थायित्व आश्वयक रहेकामा जोड दिनु भयाे । ‘राजनीतिक नेतृत्व फेरिन सक्छ । मन्त्रीहरु परिवर्तन हुन सक्छन्’, पुनले भन्नु भयाे ‘तर आर्थिक विकासका लागि नीतिगत स्थिरता चाहिन्छ ।’ वर्तमान प्रचण्ड नेतृत्वको सरकारले विगत सरकारका सकारात्मक नीतिलाई निरन्तरता दिएको स्मरण गर्दै उहाँले नयाँ बन्ने सरकारले पनि त्यसलाई ध्यान दिने विश्वास व्यक्त गर्नु भयाे । उहाँले लगानी वृद्धि र बजार व्यवस्थापनजस्ता विषयमा राजनीतिक र प्रशासनिक नेतृत्वको साथै नीति निर्माताहरुले ध्यान दिनुपर्नेमा…
परिसूचक दाेहाेराे अंकले बढ्दा करिव साढे ६ अर्बकाे काराेवार
आर्थिक परिवेश२० असार, काठमाडौँ । यो साताकाे कारोबारको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) काे परिसूचक दोहोरो अङ्कले बढ्दा कारोबार पनि उच्च रकमले बढेकाे छ । बिहीबार नेप्से परिसूचक १५.४६ अङ्कले बढेर दुई हजार एक सय १९.६९ अङ्कमा कायम भएको छ । बिहीबार तीन सय १३ कम्पनीहरूका दुई करोड २१ लाख ६७ हजार ६ सय ७९ कित्ता शेयरहरू ८४ हजार एक सय २६ पटक किनबेच हुँदा ६ अर्ब ४८ करोड २५ लाख ४७ हजार बराबरको कारोबार भएको छ । बिहीबार वित्त समूह ०.५९ र उत्पादन तथा प्रशोधन समूह ०.१५ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । यस…
तराइ मधेश द्रुतमार्ग अर्न्तगत एकै महिनामा ३ शुरूड.हरू छिचाेलिए
आर्थिक परिवेश२० असार, काठमाडौँ । निजगढबाट काठमाडौँतर्फ आउने सुरुङमार्ग असार २० गते छिचोलिएको छ । नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन राष्ट्रिय गौरवको काठमाडौँ-तराई/मधेस द्रुतमार्ग सडक आयोजना अन्तर्गत प्याकेज नं.२ मा रहेको मकवानपुरको बकैया र गढी गाउँपालिकामा निर्माणाधीन लेनडाँडा सुरुङमार्गको जोडी सुरुङमध्ये १,६१२ मिटर लम्बाइ रहेको थियाे । प्रधान सेनापति प्रभुराम शर्माले भर्चुअल माध्यम मार्फत सुरुङमार्ग छिचोल्ने कार्यक्रम अवलोकन गर्नु भएकाे थियाे । सो अवसरमा प्रधान सेनापतिले तोकिएको समयमा नै सुरुङमार्गहरू छिचोलिने क्रम रहेकोमा खुसी व्यक्त गर्दै नेपाल सरकारबाट नेपाली सेनालाई जिम्मेवारी प्राप्त यस राष्ट्रिय गौरवको आयोजना निर्माणमा खटिएका सम्पूर्ण निकाय तथा व्यक्तिहरूलाई धन्यवाद व्यक्त गर्नु भयाे । उहाँले आयोजनामा कार्यरत व्यक्तिहरूको लगनशीलता,…
राष्ट्रिय सहकारी बैंक तथा यमुना हाम्रो सहकारी संस्थाका अध्यक्ष केबी उप्रेती पक्राउ
आर्थिक परिवेश१९ असार, काठमाडौं । राष्ट्रिय सहकारी बैंकका अध्यक्ष समेत रहेका आइडियल यमुना हाम्रो सहकारी संस्थाका अध्यक्ष केबी उप्रेतीलाई प्रहरीले पक्राउ गरेको छ । बालाजुबाट बुधबार बिहान पक्राउ परेका उप्रेतीलाई बालाजु प्रहरीवृत हुँदै अहिले महाराजगञ्ज प्रहरीवृतमा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए । ३० हजारभन्दा बढी बचतकर्ताको ८ अर्ब रुपैयाँ बचत रहेको आइडियल यमुना हाम्रो सहकारी संस्था अध्यक्ष उप्रेती विरुद्ध बचत रकम हिनामिना जाहेरी परेपछि प्रहरीले पक्राउ गरेको हो । उप्रेतीसँगै सहकारीका अन्य सञ्चालकमाथि पनि बचतकर्ताहरूले उजुरी हालेका छन् । पक्राउ पुर्जी जारी रहेकाले उनीहरू पनि हाल फरार छन् । नेकपा एमालेको सहकारी तथा गरिबी निवारण विभाग…
एमाले सरकारबाट बाहिरियाे मन्त्रीहरूले दिए सामुहिक राजिनामा
आर्थिक परिवेश१९ असार, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारबाट बाहिरिएको छ । उक्त दलबाट नेतृत्व गर्नुभएका सबै आठजना मन्त्रीले प्रधानमन्त्री दाहालसमक्ष राजीनामा बुझाउनुभएको छ । त्यसअघि नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मन्त्रिपरिषद्मा रहनुभएका उहाँहरुलाई सामूहिक राजीनामा दिन निर्देशन दिनुभएको थियो । मङ्गलबार अध्यक्ष ओलीको अध्यक्षतामा बसेको सचिवालय बैठकले २४ घण्टाभित्र पदबाट राजीनामा दिएर नयाँ सरकार गठनका निम्ति प्रधानमन्त्री दाहाललाई आग्रह गरेको थियो । उक्त अवधिमा प्रधानमन्त्री दाहालले राजीनामा नगरेपछि एमालेका सबै मन्त्रीहरुले आज साँझ प्रधानमन्त्री प्रचण्डसमक्ष सामूहिक राजीनामा बुझाउनु भएको हो । यसअघि पार्टी अध्यक्ष ओलीले राष्ट्रिय सहमतिको सरकार गठन…