सेबोन अध्यक्ष नियुक्तिको प्रक्रियाका सम्बन्धमा अल्पकालीन अन्तरिम आदेश जारी
आर्थिक परिवेश१८ साउन , काठमाडौँ । सर्वोच्च अदालतले नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्ष नियुक्तिको प्रक्रियाका सम्बन्धमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । सरकारले अध्यक्ष नियुक्तिका सम्बन्धमा हालसम्म सम्पन्न गरेका छनोटसम्बन्धी सम्पूर्ण प्रक्रियाहरू यही असार १४ गते रद्द गर्ने निर्णय गरेको थियो । उक्त निर्णयका विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको थियो । न्यायाधीश अब्दुल अजीज मुसलमानको आजको एकल इजलासले उक्त रिटमाथि सुनुवाई गर्दै सरकारका नाममा कारण देखाऊ आदेश जारी गर्दै यही असार २१ गते दुवै पक्षलाई छलफलका लागि समेत बोलाएको अदालतका प्रवक्ता गोविन्द घिमिरेले जानकारी दिनुभयो । अध्यक्ष नियुक्तिका लागि सर्टलिस्टमा परेका पाँच जनामध्ये तीन जना अन्तर्वार्तामा अनुपस्थित भएको भन्दै…
विदेशी लगानीका लागि उपयुक्त आधार बनेको छ अर्थमन्त्री
आर्थिक परिवेश१७ असार,काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले गत वैशाखमा सम्पन्न तेश्रो लगानी सम्मेलनले नेपालमा विदेशी लगानीका लागि उपयुक्त आधार रहेको सन्देश दिएको बताएका छन् । प्रतिनिधिसभामा सोमबार नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री पुनले लगानी सम्मेलन सफल भएको बताउनु भयाे । उहाँले लगानी सहजीकरणका लागि कानून संशोधन भएको, इनभेष्टमेन्ट गाइड तथा सेक्टोरल प्रोफाइलहरु तयार भएका, सार्वजनिक निजी साझेदारीमा निर्माण गर्न विभिन्न क्षेत्रका १ सय ५० भन्दा बढी आयोजनाहरु प्रस्तुत गरिएको, १९ वटा परियोजनाको इओआई आव्हान गरिएको तथा परियोजना बैंकलाई अध्यावधिक गरिएको जानकारी दिए । निजी क्षेत्रका छाता संगठनहरुको समेत सहआयोजनामा सम्पन्न सम्मेलनले निजी क्षेत्रको…
लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ पारित
आर्थिक परिवेश१७ असार, काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले ‘लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ पारित गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले प्रस्तुत गर्नुभएको उक्त विधेयक बहुमतले पारित गरिएको हो । सरकारले गत वैशाख १६ र १७ गते तेस्रो लगानी सम्मेलन आयोजना गरेको थियो । सरकारले लगानीसम्बन्धी नीतिगत सुधार गरेको तथा कानुन परिमार्जन गरेको प्रत्याभूति दिलाउन सम्मेलनलाई लक्षित गर्दै अध्यादेशमार्फत विधेयक ल्याएको थियो । विधेयकमार्फत स्टार्टअप उद्योगको दर्ता, विदेशी लगानी तथा प्रविधि हस्तान्तरणमा स्पष्टता, उद्योग सञ्चालनको म्याद थपसम्बन्धी व्यवस्था, करारमा वस्तु उत्पादन गर्ने विषयलगायत व्यवस्थालाई संशोधन र परिमार्जन गर्न खोजिएको छ । यस्तै विशेष आर्थिक क्षेत्रका…
आगामी आर्थिक बर्षकाे बजेटकाे अंगकाे रूपमा रहेकाे आर्थिक विधेयक पारित
आर्थिक परिवेश१६ असार, काठमाडौँ । आगामी आर्थिक बर्षकाे बजेटकाे अंगकाे रूपमा रहेकाे आर्थिक विधेयक, २०८१ प्रतिनिधिसभाकाे अाइतवारकाे बैठकबाट पारित भएको छ । सभाको आइतवारको बैठकमा अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गर्नुभएको ‘आर्थिक विधेयक, २०८१ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव बहुमतबाट पारित भएको हो । उक्त विधेयक माथिको छलफलमा सांसदहरु प्रेम सुवाल, डा प्रकाशशरण महत, दीलेन्द्रप्रसाद बडू र किरणकुमार साहले भाग लिनुभएको थियो । छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पुनले करका कानुनलाई वैज्ञानिक एवं लगानीमैत्री र पारदर्शी बनाउन आर्थिक विधेयकमा सामान्य हेरफेरको प्रस्ताव गरिएको बताउनुभयो । त्यसअघि उक्त विधेयकमाथि सांसद सुवाल र महतले राख्नुभएको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत गरेको थियो ।
नेपालमै पहिलोपटक रोबोटिककाे प्रयाेग गरी सफल अपरेसन सम्पन्न (भिडियो संगै)
आर्थिक परिवेश१६ असार, काठमाडौं । ललितपुरको बिएण्डबी अस्पतालमा नेपालमै पहिलोपटक सफल रोबोटिक सर्जरी सम्पन्न भएको छ । त्यस अस्पतालमा एकै दिनमा तीनवटा रोबोटिक सर्जरी भएको बिएण्डबी अस्पतालले जनाएकाे छ । वरिष्ठ प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर नुतन शर्माले नेपालमा पहिलोपटक रोबोटबाट ३ जना महिलाहरूको एकैदिन शल्यक्रिया सर्जरी सम्पन्न भएको हाे । ल्याप्रोस्कोपिक सर्जन तथा आइभिएफ विशेषज्ञसमेत रहेकी शर्माले रोबोटक प्रक्रियाबाट एकजना ५२ वर्षकी महिलाको पाठेघर, ३१ वर्षीया महिलाको ओभरीको सिष्ट र अर्की ३४ वर्षकी एक महिलाको पाठेघरको ट्युमर निकाल्नु भएकाे हाे । नेपालमा पहिलोपटक रोबोटिक सर्जरी भइरहँदा भारतको मोरदावादस्थित एपेक्स अस्पतालकी निर्देशक डाक्टर लीना मेहरोटाले स्क्रिन सेयर गरेर अनुगमन गरिरहनु…