लगानी सम्मेलनमा सहभागिता जनाउन अमेरिकी लगानीकर्तालाई अर्थमन्त्रीकाे आग्रह
आर्थिक परिवेश२७ फागुन, काठमाडौ । अर्थमन्त्री वर्षमान पुनले आगामी वैशाखमा आयोजना हुन लागेको तेस्रो लगानी सम्मेलनमा सहभागिता जनाउन अमेरिकी लगानीकर्तालाई आग्रह गर्नुभएको छ । नेपालका लागि अमेरिकी राजदूत डिन थम्प्सनसँग आज अर्थ मन्त्रालयमा भेटवार्ता गर्नुहुँदै अर्थमन्त्री पुनले अमेरिकाबाट बढीभन्दा बढी लगानीकर्ता आउने वातावरण बनाइदिन आग्रह गर्नुभएको हो । नेपालमा वैदेशिक लगानीका लागि उपयुक्त वातावरण रहेको उल्लेख गर्नुहुँदै अर्थमन्त्री पुनले लगानीकर्ताका लागि आवश्यक कानुनी तथा व्यावहारिक सहजीकरणका लागि सरकार तत्पर रहेको बताउनुभयो । “अन्तर्राष्ट्रिय लगानीकर्ताका लागि नेपाल ‘भर्जिनल्याण्ड’ हो”, पुनले भन्नुभयो, “तपाईंमार्फत लगानी सम्मेलनमा अमेरिकी लगानीकर्ताको सहभागिता बढीभन्दा बढी होओस् भन्ने आग्रह गर्न चाहन्छु ।” पुनले नेपालमा लगानीका लागि कृषि, उद्योग तथा…
नेपालकाे विदेशी विनिमय सञ्चिति २० प्रतिशतले बढ्याे
आर्थिक परिवेश२७ फागुन, काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को सात महिनाकाे अवधीमा नेपालकाे विदेशी विनिमय सञ्चिति २० प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले आइतवार प्रकाशित गरेकाे मुलुककाे आर्थिक समीक्षा प्रतिवेेदन अनुसार २०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति माघ मसान्तमा आउँदा १९.९ प्रतिशतले बढेर १८ खर्ब ४४ अर्ब ९४ करोड पुगेको जनाइएको छ । गत असारमा अमेरिकी डलरमा ११ अर्ब ७१ करोड रहेकोमा माघ मसान्तमा १८.६ प्रतिशतले वृद्धि भई १३ अर्ब ८९ करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८० असार मसान्तमा १३ खर्ब ४५…
काठमाडौंको भृकुटीमण्डपमा चेम्बर एक्स्पो शुरु
आर्थिक परिवेश२४ फागुन,काठमाडौं । स्थानीय उत्पादन प्रर्वद्धन एवं बजारीकरणमा सहयाेग गर्ने गरी सातौँ चरणको “चेम्बर एक्स्पो २०२४” काठमाडौंको भृकुटीमण्डपमा बिहिवारबाट शुरु भएको छ । नेपाल चेम्बर अफ कमर्सको आयोजनामा स्थानीय उत्पादन प्रर्वद्धन एवं बजारीकरण तथा व्यापार अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको एक्स्पो व्यापार मेलाकाे नवनियुक्त श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले उद्घाटन गर्नुभयो । एक्स्पोमा कृषि सामाग्री, साना तथा घरेलु उद्योगका उत्पादन, हस्तकलाका बस्तुहरु प्रर्दशनीमा राखिएको छ । मेलामा घर–जग्गा, खाद्य एवं पेय पदार्थ, पहिरन, पाठ्य पुस्तक, सवारी साधन, निमार्ण सामग्री, विद्युतीय उपकरण तथा अन्य उपभोग्य सामग्रीहरु समेत प्रर्दशनीमा रहेका छन । एक्स्पोलाई सम्वोधन गर्दै चेम्बर अध्यक्ष राजेन्द्र मल्लले…
अर्थतन्त्रमा आश जगाउने गरी काम गर्छु : नव नियुक्त अर्थमन्त्री
आर्थिक परिवेश२३ फागुन, काठमाडाैं । नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले आफूले अर्थतन्त्रमा आशा जगाउने गरी काम गर्ने बताउनु भएकाे छ। अर्थ मन्त्रालयमा पद बहाली पछि बाेल्दै अर्थमन्त्री पुनले अहिले अर्थतन्त्रमा मनोबल बढाउनुपर्ने आवश्यकता रहेकोले आफनाे ध्यान त्यसैमा केन्द्रित गर्ने बताउनु भयाे । ‘म पहिलोपटक आउँदा पनि अर्थतन्त्रमा समस्या थियो त्यसलाइ सुधार गरेको थिएँ । अहिले अर्थतन्त्र त्यति बिग्रेको छैन । तर मनोबल बढाउनु पर्नेछ, मेरो प्रयास त्यसैमा रहन्छ,’ अर्थमन्त्रीले भन्नु भयाे । बिगतको अनुभवका आधारमा सक्दो राम्रो गर्ने प्रयास गर्ने उहाँको भनाइ थियो । ‘असल कामलाई निरन्तरता दिन्छु, ‘ खर्च गर्ने क्षमता बढाउदैअर्थतन्त्रका कमजोरी सुधारमा लाग्छु ’ अर्थमन्त्रीले भन्नु भयाे । नवनियुक्त…
३ दलबाट ३ जना मन्त्री नियुक्त राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ
आर्थिक परिवेश२१ फागुन,काठमाडौं । नयाँ सत्ता समीकरण संगै राष्ट्रपति कार्यालय शीतल निवासमा तीन जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा एमालेका पदम गिरी, नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टीका डोरप्रसाद अर्याललाई पद तथा गोपनीयताको शपथ गराउनु भएको हो । आजै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सिफारिसमा राष्ट्रपति पौडेलले तीन मन्त्री नियुक्त गर्नुभएको थियो । हिजो बसेको नयाँ गठबन्धनले नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीबिच नयाँ सत्ता समीकरण बनाउने सहमति गरेपछि आजै तीन मन्त्रीलाई शपथ गराइएको हो । प्रधानमन्त्रीले नयाँ समीकरणमा रहेका दलमध्ये जसपाबाहेक अरू दलको एक एक…