नेपाली डायस्पोराको दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन तथा बार्षिक साधारण सभा काठमाडौमा सम्पन्न
आर्थिक परिवेश

१५ पुष,काठमाडौं ।    आफूले सिकेको ज्ञान र पुँजीलाई नेपालको आर्थिक विकासमा लगाउने र नयाँ पुस्ताका नेपाली डायस्पोरालाई नेपालसंग जोड्ने ५ बर्षे कार्ययोजना निर्माण लगायतका विभिन्न निर्णय गर्दै युनाइटेड नेपाली डायस्पोराको दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन तथा बार्षिक साधारण सभा काठमाडौमा सम्पन्न भएको छ । सम्मेलनमा सहभागी विभिन्न देशबाट आएका प्रतिनिधिहरूले समानता, सहकार्य र समावेशीताका सिद्धान्तहरूमा आधारित रहेर विश्वव्यापी डायस्पोरालाई एकजुट गर्दै नेपाल र नेपालीहरूको हितका लागि काम गर्नु पर्नेमा जोड दिनु भएको थियो । साधारण सभाले अमेरिकाका सोनाम लामाको अध्यक्षतामा १४ सदस्यीय अन्तराष्ट्रिय कार्यसमिति समेत चयन गरेको छ । मध्यपूर्व र अफ्रिकाको उपाध्यक्षमा पासाड. रिन्जी शेर्पा युएई,एशियाको उपाध्यक्षमा त्रिलोक गुरुड….

परराष्ट्रमन्त्री राणा युरोपका केही देश र भारतको दुई हप्ता लामो भ्रमण सकेर स्वदेश फिर्ता
आर्थिक परिवेश

  ०८ पुष , काठमाडाैं ।   परराष्ट्रमन्त्री डा आरजु राणा देउवा युरोपका केही देश र भारतको करिब दुई हप्ता लामो भ्रमण सकेर आज स्वदेश फर्कनुभएको छ । स्वदेश फर्किएपछि आज साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै आफूले युरोपमा महत्वपूर्ण भेटघाट तथा वार्ता गरेको र नेदरल्याण्डको हेगमा अवस्थित अन्तर्राष्ट्रिय अदालतमा नेपालका तर्फबाट जलवायु न्याय मागका लागि आधारहरु प्रस्तुत गरेको जानकारी दिनुभयो । मन्त्री डा राणा गत मङ्सिर २२ मा युरोपतर्फ लाग्नुभएको थियो । उहाँको यो भ्रमणको मुख्य उद्देश्य जलवायु परिवर्तनका कारण नेपाललाई परेको असर र पाउनुपर्ने क्षतिपूर्तिबारे नेपालका तर्फबाट प्रस्तुती दिने रहेको थियो । मन्त्री डा राणाले आफू र आफ्नो…

वैदेशिक सहायता प्राप्‍तिमा उल्लेख्य वृद्धि : अर्थ मन्त्रालय
आर्थिक परिवेश

०७ पुष, काठमाडौं ।    नेपाल सरकारलाई विकास साझेदारबाट प्राप्‍त हुने वैदेशिक सहायतामा उल्लेख्य परिमाणमा वृद्धि भएको छ । चालू आर्थिक वर्ष २०८१/८२ को पुष पहिलो हप्‍तासम्ममा २ खर्ब २ अर्ब ४० करोड रुपैयाँ बराबरको वैदेशिक सहायताको नयाँ प्रतिवद्धता प्राप्‍त भएको हो । गत आर्थिक वर्ष २०८०/८१ को सोही अवधिमा प्राप्‍त प्रतिवद्धता ५९ अर्ब ९८ करोड रुपैयाँको तुलनामा चालु आर्थिक वर्षमा प्राप्‍त प्रतिवद्धता २३७.५ प्रतिशतले बढेको अर्थ मन्त्रालयका प्रवक्ता महेश भट्टराईले जानकारी दिनुभयो । प्रवक्ता भट्टराई अनुसार यस अवधिमा वैदेशिक अनुदानको प्रतिवद्धता १५३.१ प्रतिशतले र वैदेशिक ऋणको प्रतिवद्धता २८०.६ प्रतिशतले बढेको छ । त्यसैगरी चालू आर्थिक वर्षको हालसम्मको अवधिमा प्राप्‍त वैदेशिक…

क्षेत्रीय सहकार्यलाई बलियो बनाउन दुवै देशले समान रूपले योगदान दिनुपर्छ : विज्ञहरु
आर्थिक परिवेश

  ०५ पुष नयाँदिल्ली (भारत) ।   दिगो विकासका लक्ष्य हासिल गर्न जलविद्युत्, पर्यटन, सूचना प्रविधिका क्षेत्रमा सहकार्य थप बलियो बनाउन नयाँ पहलको आवश्यकता औँल्याइएको छ । आजदेखि यहाँ सुरु नेपाल–भारत आर्थिक सम्मेलनमा वक्ताहरूले दक्षिण एसियाली क्षेत्रीय सहकार्यलाई थप सक्रिय तुल्याउँदै द्विपक्षीय साझेदारीलाई व्यवहारमा लागू गर्न ठोस कदम चाल्नुपर्नेमा जोड दिनुभएको हो । सम्मेलनको ‘क्षेत्रीय सहकार्य’ विषयक सत्रका वक्ताले दक्षिण एसियाली सहकार्य, लगानी, व्यापार, र पूर्वाधार विकासका अवसर तथा चुनौतीका विषयमा महत्वपूर्ण धारणा राख्नुभयो । भारतका लागि नेपालका पूर्वराजदूत डा लोकराज बरालले दक्षिण एसियाली क्षेत्रीय सहकार्यमा कमी आएको र क्षेत्रीय सङ्गठन कमजोर बनेको धारणा व्यक्त गर्नुभयो । “सार्कले कुनै ठोस उपलब्धी…

महासंघ र काेइमा बीच नेपाली उत्पादनको बजार र लगानी विस्तार गर्न समझदारी
आर्थिक परिवेश

०४ पुष काठमाडौं ।    नेपाल उद्योग वाणिज्य महासंघ र कोरिया इम्पोटर्स एसोसिएसन (कोइमा) बीच नेपाली उत्पादनको बजार प्रवद्र्धन एवं लगानी विस्तार गर्न समझदारीपत्रमा हस्ताक्षर भएको छ । विहीबार दक्षिण कोरियाको राजधानी सोलमा आयोजित एक कार्यक्रममा महासंघ अध्यक्ष चन्द्र प्रसाद ढकाल र कोइमा अध्यक्ष वुवागं कुवान किमबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।   कोइमा दक्षिण कोरियामा औद्योगिक कच्चा पदार्थ र विशेषगरि त्यहाँ उत्पादन नहुने सामान आयात गरि औद्योगिक वातावरण प्रवद्र्धन र सर्वसाधारणलाई सुलभ रुपमा सामान उपलब्ध गराउन स्थापना भएको संस्था हो ।   आयातलाई नै केन्द्रित गरि स्थापना भएको संस्थासंगको सहकार्यबाट नेपाली उत्पादन कोरियामा विस्तार गर्न सहज हुने महासंघको विश्वास…