भोटेकोशी बाढीको घटनाबारे कूटनीतिक समुदायलाई ब्रिफिङ
आर्थिक परिवेश

 १८ भदाै, काठमाडौँ ।   परराष्ट्रमन्त्री शिशिर खनालले काठमाडौँस्थित कूटनीतिक समुदायलाई नेपालमा विपत् निम्त्याएको भोटेकोशी बाढीको घटनाबारे ब्रिफिङ गर्नुभएको छ । परराष्ट्र मन्त्रालयमा आज आयोजित कूटनीतिक ब्रिफिङमा विभिन्न मुलुकका राजदूत, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, विश्व बैङ्क र एसियाली विकास बैङ्क एवं संयुक्त राष्ट्रसङ्घ लगायत अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधि उपस्थित रहनुभएको थियो । मन्त्री खनालले रसुवागढीस्थित भोटेकोशी नदीमा गत भदौ १० गते आएको विनाशकारी बाढीले निम्त्याएको विपद्को पछिल्लो अवस्था, सरकारको खोज तथा उद्धार प्रयास, विदेशी नागरिकको अवस्था तथा अन्तर्राष्ट्रिय सहयोगबारे पनि सो क्रममा अवगत गराउनुभयो । मन्त्री खनालले सरकारको प्राथमिकता प्रभावित नागरिकको जीवनरक्षा, खोज तथा उद्धार र विदेशी नागरिकको सुरक्षा रहेको बताउनुभयो।…

विश्व स्वास्थ्य सङ्गठनले १ लाख ५० हजार डलर बराबरको सामग्री प्रदान
आर्थिक परिवेश

१४ भदाै, काठमाडौँ ।   विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायका लागि स्वास्थ्य सेवा उपचारका लागि एक लाख ५० हजार अमेरिकी डलर बराबरको सामग्री प्रदान गरेको छ । डब्लुएचओले दक्षिणपूर्वी एसिया क्षेत्रीय स्वास्थ्य आपतकालीन कोषमार्फत एक लाख ५० हजार अमेरिकी डलर बराबरको आपकालीन सहायता उपलब्ध गराएको हो । “डब्लुएचओ नेपालमा आपतकालीन अवस्थाको प्रतिकार्य तथा पुनःस्थापनाका प्रयासहरूमा निरन्तर सहयोग गर्न प्रतिबद्ध छ”, विश्व स्वास्थ्य सङ्गठन दक्षिणपूर्वी एसिया क्षेत्रीय कार्यालयका कार्यवाहक प्रमुख डा निलेश बुद्धले भन्नुभयो । डब्लुएचओले भदौ १० गते बाढी आएको केही घण्टामै प्रभावित क्षेत्रका लागि अत्यावश्यक आपतकालीन स्वास्थ्य सामग्री पठाएको उहाँले जानकारी दिनुभयो । यसअन्तर्गत करिब…

एडीबीले ५० लाख अमेरिकी डलरको आपतकालीन सहायता अनुदान दिने
आर्थिक परिवेश

१३ भदौ, काठमाडौं ।   भदौ   १० गतेकाे  भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितको उद्धार र राहतका लागि एसियाली विकास बैंक (एडीबी) ले करिब ७६ करोड रुपैयाँ (५० लाख अमेरिकी डलर) को आपतकालीन सहायता अनुदान दिने घोषणा गरेको छ । अनुदान रकम तत्काल उद्धार र राहत कार्य सञ्चालन गर्न प्रयोग गरिने एडीबीले जनाएको छ । ‘यो ५० लाख डलरको अनुदान एडीबीले नेपाली जनतासँग गरेको वाचा पूरा गरेको हो,’ एडीबी अध्यक्ष मासातो कान्दाले बताउनु भयाे । बुधबार आएको विस्फोटक बाढीका कारण रसुवा, नुवाकोट र धादिङ जिल्लामा ठूलो जनधनको क्षति भएको छ । हालसम्म ५ सय ५३ जनाको शव भेटिएको छ भने हजारौं…

लगानीकर्ताकाे सम्पत्ति र आर्जन गरिएको नाफाको सुरक्षा गर्नु सरकारको दायित्व : अर्थमन्त्री
आर्थिक परिवेश

२५ साउन,काठमाडौँ ।  अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा लगानी गरेका बहुराष्ट्रिय ठूला करदाता कम्पनीहरूलाई थप लगानी भित्र्याउन आग्रह गर्नुभएको छ। सोमबार मन्त्रालयमा भएको छलफलमा अर्थमन्त्री वाग्लेले नेपालमा नयाँ लगानी भित्र्याउन, भइरहेको लगानी विस्तार गर्न र नयाँ रोजगारी सिर्जना गर्न २० वटा ठूला बहुराष्ट्रिय करदाता कम्पनीहरूलाई आग्रह गर्नुभएको हो। “नेपालमा अझ ठूलो लगानी गर्नुहोस्, भइरहेको उद्योग विस्तार गर्नुहोस्,” अर्थमन्त्री वाग्लेले भन्नुभयो, “नयाँ उत्पादन र प्रविधिमा प्रवेश गर्नुहोस्। सरकार तपाईंहरूको साथमा उभिनेछ।” अर्थमन्त्रीको आग्रहपछि पालैपालो छलफलमा आफ्नो धारणा राखेका कम्पनीका प्रतिनिधिहरूले छिट्टै नेपालमा २०० अर्ब रुपैयाँ लगानीको प्रक्रिया अघि बढिरहेको भन्दै थप नीतिगत स्थिरता भएको खण्डमा लगानी बढाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो।…

आर्थिक कूटनीतिमा सरकारले जाेड दिने
आर्थिक परिवेश

  १९ साउन काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले सरकार आर्थिक समृद्धि हासिल गर्ने लक्ष्यका साथ अघि बढिरहेको बताउनुभएको छ । परराष्ट्र मन्त्रालयमा आज आर्थिक कूटनीति महाशाखाको आयोजनामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आर्थिक समृद्धिका लागि अन्तर्राष्ट्रिय सहायता र व्यापार महत्त्वपूर्ण आधार रहेको औँल्याउनुभयो । मन्त्री खनालले अन्तर्राष्ट्रिय सहायता र व्यापारका क्षेत्रमा नेपालको सहभागिता र लाभलाई थप विस्तार गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “अन्तर्राष्ट्रिय सहायता र व्यापारको महत्त्वपूर्ण पाटोलाई थप कसरी वृद्धि गर्न सकिन्छ भन्ने हो ।” वर्तमान भूराजनीतिक परिस्थितिबाट सिर्जित चुनौती तथा सीमिततालाई मध्यनजर गर्दै नेपालले आफ्ना प्राथमिकता स्पष्ट पारेर अघि बढ्नुपर्ने विषयलाई सरकारले ध्यान दिएको उहाँको भनाइ…