अर्थमन्त्री डा. महत र भारतका अर्थमन्त्री सितारामणबीच भेटवार्ता
आर्थिक परिवेश

०२ साउन ,गुजरात ।   भारतको गुजरातमा भइरहेको G20 अर्थमन्त्रीहरुको बैठकको अवसरमा अर्थमन्त्री डा. प्रकाशशरण महत र भारतीय अर्थमन्त्री निर्मला सितारामण बीच द्विपक्षीय साईडलाइन बैठक सम्पन्न भयो । बैठकमा आपसी सहयोग र द्विपक्षीय सम्बन्धका बारेमा छलफल भएको छ । भेटमा नेपालमा सञ्चालित विकास परियोजना कार्यान्वयनमा देखिएका समस्या समाधान गरी समयमै सम्पन्न गर्न दुबै अर्थमन्त्रीले जोड दिनु भयो । अर्थमन्त्री महतले नेपालका प्रधानमन्त्रीको भारत भ्रणको क्रममा सम्पन्न विद्युत निर्यात सम्बन्धी समझदारी कार्यान्वयनबाट आगामी दस बर्षमा १० हजार मेघावाट जल विद्युत भारत निकासी भई व्यापार घाटा घटाउन मद्दत मिल्ने विषय उल्लेख गर्नु भयो । दुई देशवीचको ब्यापार तथा लगानी सहजीकरणको लागि मिलेर काम…

संरचनात्मक रूपान्तरणमा सहयोग गर्न विश्वव्यापी समुदायलाई आग्रह
आर्थिक परिवेश

२ साउन,काठमाडौं ।  राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मीनबहादुर श्रेष्ठले र नवप्रवर्तन र प्रविधि हस्तान्तरण मार्फत संरचनात्मक रूपान्तरणका लागि अल्पविकसित देशहरुलाई सहयोग गर्न विश्वव्यापी समुदाय समक्ष आग्रह गर्नु भएकाे  छ । न्युयोर्कमा जारी उच्चस्तरीय राजनीतिक फोरमलाई सम्वोधन गर्दै उपाध्यक्ष श्रेष्ठले  अल्पविकसित देश (एलडीसी) हरुको तर्फबाट सम्वोधन गर्दै त्यसताे आग्नह गर्नु भएकाे हाे । उपाध्यक्ष श्रेष्ठले अल्पविकसित राष्ट्रहरूमा उत्पन्न संकटका प्रभावहरूका वारेमा प्रकास पार्दै अल्पविकसित राष्ट्रहरूमा दिगार्रूेविकासका लक्षहरु कार्यान्वयनलाई तीव्रता दिनु पर्ने बताउनु भयाे । उहाँले एलडीसीहरूको लागि दोहा कार्ययोजनाको समयमै पूर्ण कार्यान्वयन सुनिश्चित गर्नु पर्नेमा जाेड दिदै बहुपक्षीयताको महत्व र विश्वव्यापी वित्तीय संरचनाको सुधारको आवश्यकता रहेकाेमा जाेड दिनु भयाे । ‘एलडिसीहरु विश्वव्यापी…

अर्थमन्त्री डा. महत र चिनियाँ अर्थमन्त्री लिउ बीच भेटवार्ता
आर्थिक परिवेश

०२ साउन,गुजरात ।  अर्थमन्त्री डा. प्रकाशशरण महत र चिनियाँ अर्थमन्त्री लिउ कुन बीच भेटवार्ता भएको छ । भारतको गुजरात राज्यको गान्धीनगरमा भइरहेको जी २० अर्थमन्त्री स्तरीय बैठकको क्रममा अर्थमन्त्री डा. महत र चिनियाँ अर्थमन्त्री लिउ बीच भेटवार्ता भएको हो । द्विपक्षीय वार्तामा दुई देशबीच ऐतिहासिक र सहयोगात्मक सम्बन्ध रहेको कुरा दुवै मन्त्रीहरूले व्यक्त गर्नु भयो । एक अर्काको चासो र सरोकार प्रति दुवै पक्ष सम्वेदनशील रहेको वारेमा पनि दुवै मन्त्रीको समान धारणा रह्यो । भेटमा मन्त्री महतले चीनले नेपालमा गरेको विकास सहयोगका लागि धन्यवाद व्यक्त गर्नुभयो । सन् २०१९ मा चीनका राष्ट्रपतिले गर्नु भएको नेपालको भ्रमणकाक्रममा उहाँले नेपालको आर्थिक विकासमा…

श्रोतमा कमी र बढ्दो ऋणका बीच दीगो विकास लक्ष्य हासिल गर्न चुनौती : अर्थमन्त्री
आर्थिक परिवेश

०१ साउन,गुजरात ,भारत ।  अर्थमन्त्री डा. प्रकाशशरण महतले अल्पविकसित मुलुकका राजस्व श्रोतमा कमी र बढ्दो ऋणका बीचमा दीगो विकास लक्ष्य हासिल गर्न चुनौती थपेको बताउनु भएकाे छ । भारतको गुजरातस्थित गान्धीनगरमा सोमबारबाट सुरु भएको जी–२० मुलुकका अर्थमन्त्री तथा केन्द्रीय बैंकका गभर्नरस्तरीय तेस्रो बैठकमा बोल्दै अर्थमन्त्री डा. महतले श्रोत अभावले गर्दा स्वास्थ्य क्षेत्रमा प्रतिव्यक्ति लगानीसमेत बढाउन नसकिएको बताउनु भयो । अन्तर्राष्ट्रिय समुदायले सहुलियत पूर्ण, सुविधाजनक, लचक खालका अनुदान र स्रोत उपलब्ध गराउन तथा थप श्रोत उपलब्ध गराउन बैठकमा उहाँले आह्वान गर्नुभयो । सम्मेलनमा भारत, अमेरिका, चीन, जापान, फ्रान्स र रसियालगायतका सदस्य राष्ट्र र विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ), एशियाली विकास…

६ देशका लागि राजदूत  सिफारिस,राष्ट्रसंघमा थापा र फ्रान्सका लागि भट्टराई
आर्थिक परिवेश

३० असार,काठमाडौं ।  सरकारले  ६ देशको लागि राजदूतकाे नाम  सिफारिस गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले राजदूतहरूकाे लािग नाम  सिफारिस गरेको हो । राजदूतको लागि यस पटककाे सिफारिसमा परेका सबै परराष्ट्र मन्त्रालयका सहसचिव रहनुभएकाे छ । जस अनुसार अमेरिकाको न्युयोर्कस्थित राष्ट्रसंघको लागि नेपाली स्थायी नियोगमा लोकबहादुर थापा, युनाइटेड अरब इमिरेट्सको लागि तेजबहादुर क्षेत्री, कुवेतको लागि घनश्याम लल्साल, थाइल्यान्डको लागि धनबहादुर ओली, फ्रान्सका लागि सुधिर भट्टराई र जेनेभास्थित स्थायी नियोगको लागि रामप्रसाद सुवेदीको नाम राजदूतमा सिफारिस गरिएको छ ।