नेपालमा उत्पादित जुत्ता–चप्पलको निर्यात प्रवर्द्धनमा सरकारले सहजीकरण गर्छ : प्रधानमन्त्री
आर्थिक परिवेश०१ साउन काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले नेपालमा उत्पादित जुत्ता–चप्पलको निर्यात प्रवर्द्धनमा सरकारले आवश्यक सहजीकरण गर्नेमा प्रतिबद्धता जनाउनु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसन अफ नेपाल (एफएमएएन)का पदाधिकारी र सदस्यसँगकाे छलफलमा प्रधानमन्त्री शाहले जुत्ता चप्पलको आयात प्रतिस्थापन तथा रोजगारी सिर्जना लागि आवश्यक सहयोग पुर्याउने बताउनुभयो । उहाँले तीन वटै तहको सरकारको समन्वयमा जुत्ता चप्पल उत्पादनसम्बन्धी सीपमूलक तालिम सञ्चालन तथा नेपाली जुत्ता–चप्पलको प्रवर्द्धन तथा बजारीकरणमा निजी क्षेत्रलाई प्रोत्साहन गरिने बताउनुभयो । यस्तै, उद्योगको उत्पादन क्षमताअनुसार कच्चा पदार्थ आयातको सीमामा ट्रयाकिङ तथा अभिलेख व्यवस्थापन प्रभावकारी बनाइने उहाँको भनाइ थियो । छलफलमा सङ्घका पदाधिकारी तथा सदस्यले विभिन्न…
नेपालबाट भारतले १६५० मेगावाट विद्युत लैजाने
आर्थिक परिवेश३१ असार, काठमाण्डाै । ढल्केवर-मुजफ्फरपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनमार्फत हुने विद्युत् आदान-प्रदानको क्षमता उल्लेखनीयरूपमा बढ्ने भएको छ। नेपाल-भारत ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको १३औँ बैठकले अन्तरदेशीय विद्युत् प्रसारण पूर्वाधार विस्तार तथा विद्युत् व्यापार बढाउने निर्णय गरेको हो। नेपाल सरकारको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सरिता दवाडी र भारत सरकारको विद्युत् मन्त्रालयका सचिव पंकज अग्रवालको सहअध्यक्षतामा बुधबार पोखरामा सम्पन्न बैठकले अन्तरदेशीय प्रसारण लाइनमार्फत हुने विद्युत् आदान-प्रदानको क्षमता बढाउने निर्णय गरेको हो। उक्त निर्णयअनुसार संयुक्त प्राविधिक टोलीको अध्ययनका आधारमा ढल्केवर-मुजफ्फरपुर र प्रस्तावित ढल्केवर-सीतामढी ४०० केभी प्रसारण लाइनमार्फत हुने संयुक्त विद्युत् प्रवाहको क्षमता आयाततर्फ हालको एक हजार मेगावाटबाट १ हजार चार सय…
औद्योगिकरण र हरित विकासको महत्वपूर्ण आधार उर्जा प्रधानमन्त्री
आर्थिक परिवेश२६ असार, काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण, रोजगारी सिर्जना, औद्योगिकरण र हरित विकासको महत्वपूर्ण आधार भएको बताउनुभएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इपानका पदाधिकारीहरूसँग आज सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री शाहले नेपालको निर्यात व्यापारको प्रवर्द्धनमा पनि ऊर्जा क्षेत्रको उल्लेख्य भूमिका रहने बताउनुभयो । उहाँले नेपालमा ऊर्जा उत्पादन तथा प्रवर्द्धनका क्षेत्रमा आइपरेका समस्या, अवसर र चुनौती जस्ता क्षेत्रमा इपानले उठाएका विषयहरूलाई नेपाल सरकारले गम्भीरतापूर्वक लिइएको स्पष्ट गर्नुभयो । प्रधानमन्त्री शाहले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण तथा सम्बन्धित सरोकारवाला निकायहरूसँग समन्वय गरी आवश्यक सहजीकरण र समाधानका लागि अघि बढ्ने आश्वासन पनि इपानका पदाधिकारीहरूलाई दिनुभएको…
३०६ मेगावाटकाे माथिल्लो मुगु कर्णाली जलविद्युत् आयोजना बन्ने
आर्थिक परिवेशकाँक्रेविहार (सुर्खेत)। मुगुको कार्मारोङ र छायाँनाथ रारा नगरपालिकामा निर्माण हुने माथिल्लो मुगु कर्णाली जलविद्युत् आयोजनाको प्रारम्भिक काम सुरु भएको छ । अर्धजलाशय प्रकृतिको सो आयोजना ३०६ मेगावाट क्षमताको हो । एलिभेट इनर्जीले निर्माण गर्न लागेको सो आयोजनाको उत्पादन अनुमतिपत्रको प्रक्रिया अगाडि बढाइएको छ । कम्पनीले २०७७ सालमा आयोजनाको सर्वेक्षण अनुमतिपत्र प्राप्त गरेको थियो । आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तथा आयोजना सम्भाव्यता अध्ययन प्रतिवेदन तयारीका लागि सार्वजनिक सूचना प्रकाशित गरिएको छ । आयोजनाबाट वार्षिक सरदर एक हजार ६२९ गिगावाट घण्टा ऊर्जा उत्पादन हुनेछ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रविन अर्यालले सम्भाव्यता अध्ययनको पूर्ण प्रतिवेदन प्राप्त भएपछि वास्तविक उत्पादन क्षमता…
स्टार्टअफ व्यवसायलाई सहुलियतपूर्ण कर्जाका लागि ८१ कराेड बजेट
आर्थिक परिवेश१३ असार, काठमाडौं । सरकारले स्टार्टअफ व्यवसायलाई सहुलियतपूर्ण कर्जा दिन आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सरकारले ८१ करोड बजेट विनियोजन गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको वार्षिक विकास कार्यक्रम अनुसार सो कार्यक्रमका लागि कुल ८० करोड ८५ लाख रुपैयाँ बजेट राखिएको छ । सरकारले स्टार्टअप व्यवसायीलाई औद्योगिक व्यवसाय विकास प्रतिष्ठानमार्फत छनोट गरी सहुलियतपूर्ण कर्जा उपलब्ध गराउँदै आएको छ । सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को तुलनामा यस कार्यक्रमलाई बजेट वृद्धि गरेको देखिएको छ । चालु आवमा ३ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउन सरकारले ७३ करोड रुपैयाँ विनियोजन गरेको थियो । आगामी आवमा सरकारले उद्यमशीलता स्टार्टअप प्रवद्र्धन…