डेडिकेटेड फिडर र ट्रङ्कलाइनको बाँकी बक्यौता रकम यकीन गरेर तत्काल उठाउन निर्देशन
आर्थिक परिवेश

 २७ चैत्र, काठमाडौँ ।   ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले उद्योगहरूसँग रहेकाे ‘डेडिकेटेड फिडर र ट्रङ्कलाइन’को बाँकी बक्यौता रकम यकीन गरेर तत्काल उठाउन निर्देशन दिनुभएको छ । ऊर्जा मन्त्रालयमा आज मन्त्रालयका सचिव सुरेश आचार्य, विद्युत् नियमन आयोगका अध्यक्ष डा रामप्रसाद धिताल र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई बोलाएर बक्यौता उठाउन निर्देशन दिनुभएको हो । विसं २०७३ माघदेखि २०७५ वैशाखसम्म विभिन्न उद्योगलाई ट्रङ्कलाइन र डेडिकेटेड लाइनमार्फत विद्युत् उपलब्ध गराएको र सोको महसुलसम्बन्धी विवाद रहँदै आएको छ ऊर्जा मन्त्री खड्काले विद्युत् महसुल विवाद समाधान गर्न सरकारले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको संयोजकत्वमा गठित समितिले दिएको प्रतिवेदनका आधारमा बाँकी बक्यौता…

पूर्वगृहमन्त्री रवि लामिछानेलाई प्रहरीले नियन्त्रणमा लियाे
आर्थिक परिवेश

२२ चैत्र,  काठमाडौँ।   राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शुक्वार  उच्च अदालत तुलसीपुरको बुटवल इजलासले उहाँलाई सहकारीको रकम ठगी गरेको कसुरमा पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेसँगै प्रहरीले नियन्त्रणमा लिएकाे हाे । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक रमेशकुमार बस्नेत नेतृत्वको टोलीले नियन्त्रणमा लिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक अङ्गुर जिसीले जानकारी दिनुभयो । उहाँका अनुसार लामिछानेलाई काठमाडौँको बूढानीलकण्ठस्थित हेपाली हाइटबाट नियन्त्रणमा लिइएको हो । सङ्गठित रूपमा सहकारी ठगी गरेको आरोप खेपिरहेका लामिछानेलाई उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीले पुर्पक्षका लागी थुनामा पठाउन आदेश…

रुपन्देहीको तिलोत्तमामा हुलास स्टील इण्डष्ट्रिज सञ्चालनमा
आर्थिक परिवेश

२१ चैत्र, रुपन्देही ।  पछिल्लो समयमा नेपालमा औद्योगिक वातावरण नभएको गुनासो बढिरहेकै समयमा नेपालको औद्योगिक घराना हुलास स्टील इण्डष्ट्रिज लि.ले रुपन्देहीको तिलोत्तमामा नेपालकै पहिलो सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । जस्तापाता लगायत स्टिलजन्य वस्तुहरू उत्पादन गर्दै आएको हुलास उद्योगले तिलोत्तमा नगरपालिका–७ मंगलापुरमा तीन करोड लगानीमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको हो । सर्भिस सेन्टरमा हुलास स्टिलका एच स्पान र हुलास हेरिटेज सीट उत्पादन र विक्री वितरण हुने कम्पनीका चिफ फाइनान्स अफिसर सुनिल मनोत जैनले बताउनुभयो । सर्भिस सेन्टरबाट उपभोक्ताले चाहेको साइज र परिमाण ६ घण्टाभित्र डेलिभरी पाउने उहाँले दाबी गर्नुभयो । रुपन्देहीमा उत्पादन हुने एच स्पान र हुलास हेरिटेज सिटको मूल्य…

भारतीय लगानीकर्ताहरुलाई नेपालका जलविद्युत आयोजनाहरुमा लगानी गर्न आग्रह
आर्थिक परिवेश

१३, चैत्र, काठमाडौं ।    नेपालका उर्जा उद्यमीहरुले नेपालमा २० हजार मेगावाट क्षमताका जलविद्युत आयोजनाहरु अध्ययनको विभिन्न चरणमा रहेकोले आकर्षक आयोजना छानेर लगानी गर्न भारतीय लगानीकर्ताहरुलाई आग्रह गर्नु भएको छ । भारतको राजधानी नयाँ दिल्लीमा बुधबार भएको नेपाल भारत ऊर्जा सम्मेलनमा बोल्दै स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था इप्पान नेपालका अध्यक्ष गणेश कार्कीले भारतीय लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्न आग्रह गर्नु भयो । नेपाल सरकारले हालै मात्र सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन पुयाउने महत्त्वाकांक्षी लक्ष्य लिएको र त्यसका लागि ४६.५ अर्ब डलर लगानी आवश्यक रहेकोले नेपालमा लगानीको सुनौलो अवसर रहेको अध्यक्ष कार्कीले भारतीय लगानीकर्ताहरुलाई जानकारी गराउनु भयो । नेपाल…

कुलेखानी जलविद्युत् केन्द्रका तीनवटै युनिट पूर्ण क्षमतामा सञ्चालनमा
आर्थिक परिवेश

  १२ चैत्र, हेटौँडा ।   हिँउदकाे विद्युत्काे  माग धान्र  मकवानपुरस्थित कुलेखानी जलविद्युत् केन्द्रको तीनवटै युनिट पूर्ण क्षमतामा सञ्चालनमा आएका छन् । कुलेखानी जलविद्युत् आयोजनाका अनुसार सुक्खा याम सुरु भएकाले कुलेखानी जलविद्युत् केन्द्रको प्रथम, दोस्रो र तेस्रो युनिट पूर्ण क्षमतामा सञ्चालनमा आएका हुन् । कुलेखानी प्रथमका प्रमुख तारादत्त भट्टले कुलेखानी जलविद्युत् प्रथमले ६० मेगावाट, दोस्रोले ३२ मेगावाट र तेस्रोले १४ मेगावाट विद्युत् उत्पादन गरिरहेको जानकारी दिनुभयो । उहाँका अनुसार आवश्यकताका आधारमा अहिले दैनिक १४ देखि १८ घण्टा कुलेखानी जलविद्युत् केन्द्र पूर्ण क्षमतामा सञ्चालन भइरहेको छ । ‘रनअफ रिभर’ मा आधारित आयोजनाको सुक्खायाममा उत्पादन घटेकाले विद्युत् भार व्यवस्थापन गर्न कुलेखानी जलविद्युत् केन्द्रका…